कथा : बुख्याँचा, दुखनियाँ र लाटोकोसेरो

~छविलाल कोपिला~chhabilal-kopila

साउन–भदौको महिना । कतै धान पसाउँदै थियो, कतै बाला झुल्दै थियो । यता मकैबारीमा मकै दाना लाग्दैथ्यो । जब मकै खान लायक भयो । बगालका बगाल चराहरु आउन थाले र मकै खाएर सताउन थाले ।

चराहरुको रखवारी गर्नका लागि जीउबुझ्ना बारीको एक कुनामा एउटा अँटवा बनाएको छ । अँटवा माथि बसेर हल्लाउन मिल्ने झुप्पेदार डोरी पनि लगाएको छ र डोरीमा एउटा भैंसी–घण्टा पनि झुण्ड्याएको छ । डोरी तान्दा डोरीमा लगाएका झुप्पाहरु फुरफुर–फुरफुर हल्लिन्छ भने घण्टा पनि ड्वङ–ड्वङ, ड्वङ–ड्वङ बज्छ ।

जीउबुझ्नाको एउटी जवान छोरी दुखनियाँ पनि छे । ऊ अँटवामाथि बसेर दिनभरि गोंरी बुन्ने र मकैको रखवारी गर्ने गर्छ । जब चराहरु मकैमा बस्छन् तब ऊ जोर–जोरले ‘ह्वाह्–ह्वाह्’ भनेर चिच्याउँछ । चिच्याउँदा पनि नभागेपछि ऊ हत्तपत्त डोरी तान्छ । डोरीको झुप्पा फुरफराउने र घण्टा ‘ड्वङ–ड्वङ’ आवाजले चराहरु तर्सिएर पुच्छर हल्लाउँदै उड्छन् ।

बारीमा मकै मात्र होेइन, झाङमा काँक्राहरु पनि लतरम्मै फलेका छन् । यसरी दुखनियाँ दिनभरि रखवारी गरेर मकै बचाएकी छे । तर, रातिको रखवारी कोही थिएन । राति गाउँका छाडा सुंगुरहरु मकैबारीमा पस्थे र मकै सोत्तर पारेर जान्थे । यता चोर पनि काँक्रा चोरेर लैजान्थे ।

जिउबुझ्ना कैयौं दिन त सुंगुरका लागि पासो पनि थाप्यो । चोर समात्न राति बारीमै लुकेर–ढुकेर बस्योे । तर, न पासोमा सुंगुर फँसे, न उसले चोर भेट्टाउन सक्यो । ऊ सुंगुरहरुले खाएको मकै देखेर मन दुखाउँथ्यो र नोक्सानी हेरेर चिन्ता मुद्रामा घर फर्किन्थ्यो ।
एक दिन एउटा उपाय निकाल्यो । बुख्याँचा बनायो र बारीको एक कुनामा लगेर ठड्यायो । बुख्याँचा पराल बेरेर मान्छे जस्तै बनाएको थियो । एउटा लठ्ठी हालेर उसको दुबै हात बनायो । सानो काठ हालेर घाँटी बनायो । खुट्टा भने उही परालकै बनिहाल्यो । उसलाई अड्याउने एउटा बाँसको किलो खोजेर पनि ठड्यायो ।

एक छिनपछि घाँटी बनाएको काठको किलामा फुटेको करुवा राख्यो । ठ्याक्कै मान्छेको टाउको जत्रो । करुवाको टँुटी लाम्चो नाक, तेलमा फिटेको कालो खरानीको आँखा र खरानीकै लामो–लामो जुँगा पनि बनायो । बुख्याँचाको टक्लु टाउकोमा टुटेको छोपा (छत्री) लगाइदियो । एक हातमा काठको चम्किने कागज बेरेको खुकुरी र अर्को हातमा बाँसको लौरो समाइदियो ।

त्यसैगरि, उसले फाटेको कमिज, खैरो रंगको सुरुवाल र लामपुच्छे भेगवा (लगौटी) पनि लगाइदियो । भेगवा हावा चल्दा जोर–जोरसंग हल्लिन्थ्यो ।

बुख्याँचा टाढाबाट हेर्दा ठ्याक्कै मान्छे जस्तै देखिन्थ्यो, नजिकबाट जोकर जस्तै । बुख्याँचा बनेपछि जिउबुझ्ना एकफेर गहिरिर हे¥योे । हाँसो लाग्यो र हल्का मुस्कुरायो एक्लै । सायद आफूले बनाएको बुख्याँचा सन्तोष लाग्यो उसलाई ।

बुख्याँचाभन्दा अलिकति टाढा एउटा सीमलको रुख थियो । सीमलमा सुगा, गिद्ध, फेचुहा लगायतका अरु चराहरु पनि थिए । सीमलको पश्चिमपट्टिको हाँगोमा एउटा लाटोकोसेरोे पनि बस्थ्यो । ऊ साँझ परेपछि आफ्नो गुँडबाट निस्केर अँध्यारोमा नजरले तल हेथ्र्यो । तल मुसा, किरा, फट्याङ्ग्रा जे देख्थ्यो त्यही आफ्नो आहार बनाउँथ्यो र पेट भरेर आफ्नो गुँडमा गएर सुत्थ्यो ।

सदाझैं आज पनि लाटोकोसेरोे टाउको निकालेर तल हे¥योे । ऊ एकाएक झस्कियो । देख्यो चम्किरहेको खुकुरी र बाँसको लौरो लिएर उभिएको अजंगको मान्छे । अजंगको मान्छे देखेर उसको साटो उड्यो । ऊ थरथर काप्दै धेरै बेरसम्म उसलाई हे¥योे । तर, बुख्याँचा त्यहाँबाट टस्किने (जाने) कुरै थिएन । लाटोकोसेरोे निराश भएर चुपचाप आफ्नै गुँडमा गएर बस्योे । आजको रात यसैगरी बित्यो । ऊ भोकै सुत्यो ।

बुख्याँचा देखेर अर्को दिन पनि गुँडबाट बाहिर आउन सकेन लाटोकोसेरोे । दिउँसो अरु चराहरुले लखेट्ने, थुङ्ने डरले बाहिर निस्किन सक्दैनथ्यो । राति बुख्याँचा देखेर ।

जब तेस्रो दिन भयो, भोकले खपिनसक्नु भएपछि ऊ हिम्मत गरेर बाहिर निस्क्यो । भोकले आजीत भएको थियो तर पनि डराउँदै–डराउँदै मान्छे भनिएको बुख्याँचालाई नजिकबाट हेर्न खोज्यो । बुख्याँचा उभिएको देख्यो । उसलाई लाज लाग्यो र खुशी पनि । खुशीले आफ्नो तीन दिनको भोक पनि बिस्र्योे । ऊ फट्फाउँदै बुख्याँचाको कुम माथि बस्योे र सुनायो आफ्नो सबै वृतान्त । बुख्याँचा उसको कहानी सुनेर मन–मनै हाँस्योे, तर कुनैै प्रतिक्रिया दिएन । आज लाटोकोसेरोे धीतमरुन्जेल पेट पनि भ¥यो र आफ्नै गुँडमा गएर बस्योे ।

केहीबेरमा, सँधै पल्केका सुंगुरहरु मकैका डाँठ भाँच्दै आउन थाले । बुख्याँचा झस्कियो, के आयो भनेर । ऊ नियालेर हे¥योे । एक बगाल सुंगुरहरु आएको देख्यो । ऊ तिरै आइरहेका सुंगुरहरु उसलाई देखेपछि टक्क रोकिए । हातमा खुकुरी र बाँसको लौरो लिएर कुनैै मान्छे उभिएको देखेर उनीहरुको पनि हिम्मत आएन । केहीबेरसम्म उसलाई हेरे र आ–आफ्नो बाटो लागे । मकै खान पाएनन् ।

त्यसो त आज साँझ स्यालहरु पनि उसकै छेउमा आएर कराए । एकाएक स्याल कराएपछि ऊ साटो जाला झैं झस्कियो । धेरैबेरसम्म उसको मुटु ढुकढुक गरिरह्यो । जब उसंग ठोक्किदै कतै दौडिए तब उसको ख्याल आयो र बरबरायो । ‘थुक्क ! साला स्यालहरु, साटो खाउलान् झैं गर्छन् ।’

उसलाई रात रमाइलो लाग्दैन । झ्याउँकिरीहरु रातभरि गीत गाउँछन् । उसलाई झ्याउँकिरीको गीत मन पर्दैन । दक्षिणपट्टीको कदमको रुखमा चमेराहरु ‘चेंचे–मेंमे’ गर्दन् । ‘चेंचे–मेंमे’ले उसको रातभरि निद्र पनि पर्दैन । जुनकिरीहरु ‘प्लिक–प्लिक’ दीयो बालेको भने उसलाई खूब मन पर्छ ।

रात नरमाइलो भएपनि दिन भने उसलाई बितेको पत्तै हुँदैन । जब बिहान हुन्छ । भँगेराहरु मकैको धानामा बसेर नाच्छन्, उसको कुममा बसेर गीत गाउँछन् । गीत खूब सुन्छ ऊ । पुतलीहरु फूल–फूलमाथि, पात–पातमाथि फुर–फुर, फुर–फुर नाच्छन् । उनीहरुको नाच देखेर ऊ बहुत रमाउँछ । ढुक्कुर र परेवा घुटुर–घुटुर घुर्केको पनि उसलाई खुब मनपर्छ । टाउको हल्लाई, हल्लाई नाचेको अझ मनपर्छ ।

तर, बुखँचालाई यी कुरा भन्दा बढी दुखनियाँ मनपर्छ । ठिक्कको गोरी, ठिक्कको उचाई, जीउडाल मिलेको पूर्णिमाको रात झल्किने दुखनियाँलाई ऊ खूब हेर्छ । अँट्वा चढ्नेबेला अनि झर्नेबेला ऊ अझ बढी ख्याल गर्छ । किनकि चढ्ने–झर्नेबेला उसले लगाएको नेँह्गाका आगा फर्किएर गोरो साप्रा देखिन्छ । ऊ त्यही साप्रा देखेर बहुत रोमान्टिक हुन्छ ।

दुखनियाँ दिनभरि आफ्नै धुनमा गोंरी बुनिराख्छे, बुख्याँचा उसको दिनभरिको काम हेरेर चित्त बुझाउँछ । एक दिन दुखनियाँको सखी–संगीहरु हाँस्दै अँट्वा माथि चढे । सबै जना बसेर ज्यामूर, निबुवा, काँक्रा खान थाले । ज्यामूरको बास्न बुख्याँचासम्म आइपुग्यो । अमिलो ज्यामूरको बास्नले उसको मुखमा पानी आयो । मागूँ–मागूँ लाग्यो । ऊ घुटु–घुटु थूक निल्यो तर माग्न भने सकेन ।

केटीहरु अरुबेला मनभित्र उम्सिएको कुरा बताउन चाहँदैनन् । तर, आफ्ना साथी–संगीहरुसंग भने खुलेरै कुरा गर्छन । आज त्यहाँ जम्मा भएकाहरुले पनि खुलेरै गफ गरे । प्रायः आ–आफ्ना प्रेमकहानी सुनाए उनीहरु । यता बुख्याँचा निकै ध्यान पूर्वक सुनिरह्यो । निकै रोमान्टिक कहानीहरु । तर, दुखनियाँले आफ्नो कहानी सुनाउन भ्याइन । बुख्याँचा मन–मनै सोँच्यो ‘सायद उनको आफ्नो प्रेमी कोही छैन होेला, म बाहेक ।’

एकछिन पछि केटीहरु, एकार्कालाई काउकुटी लगाएर छिल्लिन थाले । काउकुटी मात्रै होेइन एकार्काको समाता–समात पनि गर्न थाले । जसले गर्दा उनीहरु बीच हाँसो फोहरा उठ्यो । अँटवा डगमगायो । यता बुख्याँचा उनीहरुको सबै क्रियाकलाप हेर्दै थियो । निकै रोमान्टिक थियो । त्यो सबै देखेर बेस्गरी हाँस्योे तर उसको हाँसो कसैले सुनेन् ।

यता मकैमा एक हूल सुगाहरु आएर बसे । दुखनियाँ चिच्याउँदै डोरी तानी । डोरीमा लगाइको झुप्पा फुरफर ग¥योे र घण्टा ‘ड्वङ–ड्वङ, ड्वङ–ड्वङ’ बोल्यो । सुगाहरु ‘तैं–तैंं, तैं–तैं’ गर्दै त्यहाँबाट भागे । सबैको ध्यान उतै तानियो र सबै चुप लागे । एकपछिन पछि सबै आ–आफ्नो घरतिर लागे ।

लाटोकोसेरोे आफ्नो आहार खोज्न हरेक दिन बाहिर निस्कन्थ्यो । पेट भरेपछि बुख्याँचाको कुम माथि बसेर देश–परदेश घुमेको कथा सुनाउँथ्यो । कथा सुनाउँदा धेरैजसो जलपरी, राजा–रानीको कथा सुनाउँथ्यो । यसैगरि कहिले हँस्यौली–चुट्किला, कहिले गाउँखाने कथा, कहिले त गाउँघरमा भएको गतिविधिहरु पनि सुनाउँथ्यो । देश दुनियाँको कुरा सुनेर बुख्याँचा सम्झिन्थ्यो । ‘आफूलाई यता–उता जान नपाएर के भो ? सबै यही सुन्न पाइहालिन्छ ।’ ऊ मन सन्तोषको साँस फेर्छ ।

कहिले लाटोकोसेरोले आफ्नो बुढेशकालको दुखिया कहानी पनि सुनाउँथ्यो । ऊ ध्यान दिएर सुन्थ्यो र आफै गुनगुनाउँथ्यो । ‘मेरो पनि दुःख छ, म आफ्नो दुःख कसलाई सुनाउँ, म बोल्नै सेक्दैन । मेरो दुःख कसले बुझ्ने ?’

कहिलेकाहीं बुख्याँचामाथि एउटा फेचुहा बस्न आउँथ्यो । ऊ बहुत फोहोेरी थियो । कहिले उसको टाउकोमा दिसा गरिदिन्थ्यो । कहिले हातमा त कहिले उसको कपडामा । आज पनि उसको टाउको माथि बसेर आहारा खोजिरहेको छ । उता बारको एउटा किलोमा बसेर कुक्लेंरवा चरो ‘कुक्लेंर–कुक्लेंर’ बोल्यो । ऊ बोलेको सुनेर बुख्याँचा मन–मनै ‘छिः यस्तो फोहोेर बोलिरा’छ ।’ भनेर बरबरायो ।

ठीक यसै समय फेचुहा चरा उसको टाउकोमा दिसा गरिदियो । दिसा बगर उसको मुखसम्म आइपुग्यो । ‘उःहु’ भन्दै मुख बटा¥योे र बरबरायो । ‘योे बेबकुफ काले, जहाँ पाउँछ, त्यहीं दिसा गरेर हैरान बनाउँछ ।’

सायद, योे सबै देखेर मकैमा फुद्रुक–फुद्रुक उफ्रिदै फिस्टे चरा ‘ठीक–ठीक’ भनेर उसलाई खिसी गरिरहेको थियो । बुख्याँचालाई झन रीस उठ्यो । ‘साला यही लठ्ठोले हान्छु, अनि त्यही मर्छस् ।’ बरबरायो आफै । तर, ऊ संग लठ्ठी उठाउन सक्ने सामथ्र्य थिएन । मन–मनै गुनगुनायो मात्रै ।

आज दुखनियाँ अखोरी गर्न आइन । उसलाई नदेखेर बुख्याँचालाई सुनसान लाग्यो । ऊ धेरै बेरसम्म प्रतीक्षा ग¥योे । तर आइन । केहीबेरमा एक हूल सुगाहरु आएर मकैमा बसे र मकै खाना थाले । बुख्याँचा उनीहरुलाई देखेर आत्तियो । मन–मनै खूब चिच्यायो तर, ऊ चिच्याएको सुगाहरु सुने या सुनेनन् पत्तै पाएन ।

एकछिन पछि मकै बारीमा दुई जना केटाहरु आए । उनीहरु पनि उसकै अगाडि फलेको काँक्रो टिप्न थाले । काँक्रो चोरेको देखेर आत्तिदै बोल्यो । ‘ओई ! फटाहाहरु, किन अरुको काँक्रो चोरेको ? । तिमीहरुको बाउको कमाई होे ? आफू खुशी काँक्रा टिपेका छौं ?’ उनीहरुले उसको आवाजै सुनेनन् । उल्टै एउटाले उसलाई लात लगायो र अर्कोले मुक्का हान्यो । ऊ हारेको गिद्ध जस्तै हेरी मात्र रह्यो । केही गर्न सकेन ।

अर्को दिन दुखनियाँ अलि बढी सिंगार पतार गरेर आई । बुख्याँचा उसलाई जिन्दगीमा पहिलो पटक यसरी श्रृंगार गरेको देखेको थियो । त्यसो त ऊ बिना श्रृंगार पनि राम्री थिई । सबै श्रृंगारमा सजिएपछि त झन ऊ ठ्याक्कै अप्सरा जस्तै देखिएकी थिई ।

ऊ आउने बित्तिकै सदा जस्तै फटाफट अँट्वामा चढी । उनको पछि–पछि अर्को एक जवान ठिटो पनि चढ्यो । यसभन्दा पहिले बुख्याँचाले उसलाई कहिले पनि देखेको थिएन । उसलाई भ्रममा परेजस्तो लाग्यो । टाउको झत्कारेर गहिरिएर हे¥योे । साँच्चिकै जस्तो लाग्यो । दुखनियाँ उसको हात समातेर माथि तान्दै थिई । त्यो सब दृष्य देखेर बुख्याँचाको मन चिसो भयो ।

एकछिन पछि दुबै खाजा खाना थाले, उनी एकार्काका जुठो खाना र खुवाउन थाले कहिलेकाहीं त मोइ पनि खान्थे दुबै । योे सब ऊ आफ्नो आँखा अगाडि देख्यो । यस्तो ऊ जिन्दगीमा कहिले देखेको थिएन । जब ठिटो आफ्नो हात दुखनियाँको बक्षस्थलसम्म पु¥योे । उसको आंग सिरिङ ग¥योे । उसलाई आफै लाज लागेर आयो । ठिटो मसोरा–मसोर गर्न थाल्यो, अरु के के पनि …..।

ऊ सम्झियो, अस्ति सुनेका प्रेमकहानीहरु । आज आफ्नै आँखा अगाडि दुखनियाँको असली कहानी देख्यो । जसलाई ऊ आफ्नो सम्झेको थियो, उसैलाई आफ्नो आँखा अगाडि यस्तो देखेपछि उसको आँखाबाट टप्प आँशु झ¥योे । भित्र–भित्रै रोयोे पनि ।
साँझ परेपछि झ्याउँकिरीहरु कराउन थाले । उनीहरुको आवाज सुनेर उसको टाउको फुट्ला झै लाग्यो, जुनकिरीको प्लिक–प्लिक पनि मन परेन ।

निराश भएर बसिरहेको थियो । एक हूल सुंगुर ‘घुई–घुई’ गर्दै मकैबारीमा आउन थाले । सुंगुर आज बुख्याँचाको कुनैै वास्ता गरेनन् । बारीमा मकै ‘च¥याक–म¥याक’ खान थाले । बुख्याँचा कुनैै प्रतिक्रिया दिएन । मन–मनै बरबरायो ‘खाऊ, जत्ति सक्छौ खाऊ, योे मकै तिमीहरुको पनि होे ।’

सायद, आजको दिन बुख्याँचाको बेखुसमा बित्यो । ऊ बहुत निराश थियो ।

अँध्यारो भयो । लाटोकोसेरो तल झ¥योे । बुख्याँचालाई निराश देख्यो । आफ्नै साथी निराश देखेपछि जिज्ञासा राख्यो । बुख्याँचा सबै आफ्नो वृतान्त सुनायो ।

आखिर बुख्याँचाको कुरा सुनिदिने को थियो र ? उही लाटोकोसेरोे मात्रै त होे । कुनैै समय बुख्याँचालाई देखेर तीन दिनसम्म भोकै विताएपनि आजकल सबैभन्दा नजिकको साथी बुख्याँचा भएको छ लाटोकोसेरोको ।

लाटोकोसेरो कुनैै दिन बेखुस हुँदा आफ्नो बितेका दिनहरुका कहानी सुनाउँथ्यो । आज आफ्नो साथीको दुःखमा साथ दिन भनौ या उसलाई खुशी देख्न आफ्नो प्रेमकहानी सुनाउन थाल्यो । उसको आफ्नो वास्तविक कहानी, बहुत रोमान्टिक कहानी । उसको कहानी सुनेर बुख्याँचा सबै दुःख बिर्सिएर खुशी देखियो । बुख्याँचा खुशी देखेर लाटोकोसेरो पनि खुशी भयो । ऊ केहीबेर बुख्याँचाको कुममाथि फट्फटायो र बिदा लिएर आफ्नो गुँडमा गएर बस्योे ।

बिहान भयो । दुखनियाँ पनि आफ्नो गोंरी बुन्ने, पूँजा, कसुङ्गा र अधुरो गोंरी बोकर आई र अँटवामाथि चढी । देख्दै मन लोभ्याउने दुखनियाँ, बुख्याँचा आज उसलाई खासै राम्री देखेन । सोझो नजरले हेर्न पनि हेरेन । न त कुनैै वास्ता ग¥योे ।

समय बित्दै गयो । मकै पाक्यो । जिउबुझ्ना बारीको मकै पनि घरभित्र भित्रायो । मकै भित्राएपछि दुखनियाँ पनि आउन छोडिन् । मकै बारी पुरै उजाड भयो । हूलका हूल आउने चराहरु पनि आउन छाडे । भँगेरा, फेचुहा, कुक्लेंरवा, फिस्टे पनि आउन छाडे । उसलाई अझ सुनसान लाग्यो । राति लाटोकोसेरो कथा सुनाएर साथ दिन्थ्यो र रात मजाले बित्थ्यो । तर, बिहान हुँदा उराठ लाग्थ्यो ।

एक दिन ठूलै हुरी–बतास चल्यो । बुख्याँचा लग–लग, थर–थर ग¥योे । एकछिनमा उसले लगाएको छोपा (छत्री) उडायो । हेर्दा–हेर्दै उसको टाउको उखेलेर भुईमा ठ्याच्च फुटाली दियो । ऊ बिना टाउकोको भयो । तैपनि हुरीसंग प्रतिकार गर्न कैयौं पटक खुकुरी नचायो र लौरोमा पनि फन्नायो तर केही गर्न सकेन । केहीबेरमा हातको खुकुरी र लौरो पनि खोस्योे हावाले र उसलाई त्यही लडायो । बुख्याँचाको अवशान भयो । अवशान पछि लाटोकोसेरो पनि एक्लो भयो । केही दिन पछि ऊ पनि बसाई सारेर अर्को दुनियाँमा पुग्यो ।

(स्रोत : हिरगर साहित्यिक बगाल)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *