गजल : सत्कार हजुरको

~पवन लामिछाने~

कसरी गरौँ म, सत्कार हजुरको
के गराउँ त, जिउनार हजुरको

क्रान्तिले शान्ती कहिल्यै आएन
ब्यर्थ गरिएछ, पत्यार हजुरको

गरीबको मर्ने पनि उपाय छ
कुन देशमा हुन्छ,उपचार हजुरको

न नदीले बोल्यो,न देशले छेक्यो
कति शालीन छ यो, व्यापार हजुरको

अख्तियार नै अगस्ति भएपछि
कसले गरिदिन्छ, चिरफार हजुरको

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.