कथा : छापामारसंग एक रात

~भूमि भण्डारी~

‘ऊ त्यो डाँडाको टुप्पामा म सात दिन बसेको छु ।’ उत्तरपट्टी आङ नै सिरिङ्ग हुने अजङ्गको डााडो ठडिएको छ । ऊ त्यो डााडो तिर लक्षित गरेर बोल्दैछ । पूणिर्माको चन्द्रमाले हरियो डााडो कालो देखिएको छ र छ्याङ्ग खुलेको आकाश । ‘अनि लेक लागेन त त्यहाँ बस्दा ?’ –
मेरो जिज्ञासा छ । ‘अरे सर, हामी कि मर्न कि मार्न भनेर हिडेको मान्छे, हामीलाई लेकको के डर’ -उसको सहज उत्तर छ ।

६६ सालको बैशाख पूणिर्माको रात पश्चिमी सुर्खेतको राकममा म थिएं । भेरी नदि किनारको एक घरमा मेरो बास थियो र भेटिएको थियो, आफूलाई पूर्व छापामार दावा गरिरहेको एक यूवक । राती हावाहुरी चल्यो । जाजरकोट पुग्नु पर्ने तर त्यसरात त्यसै घर बाहिर सुतेका ट्याक्टरका डूाइभर र सहयोगीहरु हुरुरु भित्र पसे । त्यो युवक म सुतेको खाटमा छेऊ लाग्न आइपुग्यो र सम्बाद सुरु भयो । उसले ‘कुमटाकुरा’ तिर देखाउदैं सम्बादको सुरुवात नै यसरी गर्‍यो ।

काठमाण्डौंमा राजनैतिक परिवर्तन भएको थियो । प्रचण्डले भर्खरै प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । पार्टी रणनीति बताउंदै गरेको उनको एक भिडियो पनि त्यसताका सार्वजनिक भएको थियो । जसले राजनीतिक माहौलमा अनौठो तरङ्ग ल्याएको थियो । ‘ए, त्यो ? त्यो त सामान्य हो । कस्ता कस्ता योजना बन्थे । प्रचण्डले भनेको ठीक हो ।’ – मैले प्रसंग निकाल्ने बित्तिकै ऊ प्रचण्डको पक्ष लिन्छ -‘मेन -सायद मुख्य भनेको होला) छापामार त्यत्ति त हो नि । एउटैले भ्याउनुपथ्र्यो पूर्व पश्चिम सबै ।’  मेरो जिज्ञासा थपिन्छ – ‘अनि हतियार ? प्रचण्डले त खोलाले बगायो भन्थे एकताका ।’  मैले चलाएको हतियार प्रमाणीकरण भएकै छैन, त्यस्तो हतियार त सबै ‘डम्प’ भएको छ ।’ उसले त्यसताका चलाएका हतियार नेपाली सेनाको भन्दा राम्रा भएको पनि दावा गर्‍यो । तर किन डम्प गरियो तहतियार? के फेरी युद्ध हुदैंछ र यो देशमा । मेरो मन भन्छ – हे भगवान् अव यस्तो नहोस् ।

‘मान्छे पनि मार्नु भयो ?’ – प्रश्न ।  ‘दुश्मनको सफाया गर्न हिडेको छापामार अगाडी बढेपछि कि मार्छ कि मर्छ ।’ – उत्तर । ‘एकोहोरो बनाउने ड्रग्स युज हुन्थ्यो । एकदिन लडाई लडे बम र गोलीको आवाजले सात दिन कान सुनिन्नथ्यो । हामी त कानमा रुवा राख्थ्यौ । अनि इशाराले कुरा हुन्थ्यो ।’ ऊ युद्धका कहानी सगर्व सुनाउंदै जान्छ – ‘भित्रबाटै लिक हुने डरले आक्रमणको ‘मिशन’ बेलुका मात्रै ‘एक्सपोज’ हुन्थ्यो । बिजय पछि भोज र समिक्षा हुन्थ्यो, त्यहाँ गोली र लासको हिसाब बुझाउनु पथ्र्यो ।’

मान्छेले मान्छेलाई मार्न कसरी सकेको होला ? बिपक्षी घाइते, असैनिक, युद्धमा भाग नलिएकाहरुको मैले युद्धताका निर्मम हत्याका घटना पनि सुनेको थिएं । ‘किन त्यसो गरेको ?’ – उसले कहिल्यै यस्तो हत्यामा सहभागी नभएको बतायो । ‘हामी त यु आकारमा आक्रमण गथ्र्यौ । लडाईमा भाग लिन नचाहने दुश्मनहरुलाई भाग्ने बाटो पनि छोडिदिन्थ्यौ ।’ – ऊ प्रष्टीकरण दिन्छ ।   सुरक्षाफौजको क्याम्पमा त काँडेतार लगाइएको हुन्छ । त्यहाँ धराप हुन्छ । माइन बिच्छ्याइएको हुन्छ । घाँस काट्न, दाउरा खोज्न गएका गाऊतिरका मान्छे धरापमा परेको समाचार अझै सुनिन्छन् । छापामारहरु राती कसरी आक्रमण गर्थे त ? ‘नक्सा हुन्थ्यो नि । नक्सामा सबै हुथ्यो ?’ अनि बिपक्षीको त्यो नक्सा कहाँबाट हातमा पथ्र्यो ? – ‘भित्रैबाट । हाम्रा मान्छे भित्र पनि हुन्थे । नक्शा मात्रै होइन सुचना पनि आउथ्यो । हाम्रो पनि सुचना लिक हुन्थ्यो । उता पनि त दाजुभाई हुन्थे, आफन्तलाई त कहाँ मार्नु त ?’ त्यसो भए मारिएका झण्डै १५ हजार नेपाली कसैका पनि आफन्त थिएनन् ? जवाफ छैन ।

ऊ भन्छ – ‘सबै छापामारलाई ग्याष्ट्रिक छ । खान पाए पो । एक दिन खाएर सात दिन खान नपाइने अवस्था पनि थियो । खानेकुरा सकिएपछि अछामको एक लेकमा एकपल्ट हामीले पनि सात दिन सातु चाटेर बितायौं ।’  म सोध्छु – नखाई नखाई किन यत्रो लगानी ?  ‘जनताको मुक्तिको लागि ।’  अनि भए त जनता मुक्त ? प्रचण्डले त राजिनामा दिए सरकारबाट । ‘जनता अझै पूरै मुक्त भएका छैनन् । सरकारलाई त असफल पार्न घेराबन्दी गरियो नि ।’ – अहिले उसको भनाई मलाई प्रचण्डको जस्तै लाग्छ । सायद सरकार चलाउन भन्दा क्रान्ती गर्दा कै दिनहरु मजाको मानेका थिए कि उनीहरुले ।

‘मलाई त क्रान्ति नै मन पर्छ । घरको एक्लो छोरो । हरेक पल मृत्यु अगाडी नाचिरहन्थ्यो । आमाबाबुलाई दिनदिनै रुवाएर के युद्ध लड्नु भनेर छोडेको ।’ – उसका कुरा सुनेर मेरो मनले मेसो पाउँछ – ‘ए यो त भूतपूर्व पो भै सकेछ ।’ ऊ कम्पनी कमाण्डर थियो रे छोड्नु अगाडी । तर बिचमै छोडेकाले युद्ध पछि गर्व गर्नुको तुक म देख्दिन । भित्रको सहमतिमै ऊ नेपाली सेनामा भर्ना हुन गयो । तर पेलान बढि भयो रे, अनि ज्यान पनि जोखिममा । ‘म छापममार भएको थाहा पाएको भए त मलाई मारिहाल्थे नि’ – ऊ त्यहाँ पनि भागेछ ।

उसले रातभरी आफूले युद्ध लड्दाका घटनाहरु बेलिबिस्तार लगाई रह्यो – प्रहरी चौकीहरु, सदरमुकामहरु आक्रमण, जुङ्गा थापाचौरमा सेनाको बमबारी, साथीको मृत्यु अनि यस्तै यस्तै । म भने केही समय अघि मैले गर्ने जागिरको क्रममा भेटेका एकल महिलाहरु, अनाथ बालबालिकाहरु, छोराछोरी गुमाएका आमाबाबुको अनुहार, भत्केका संरचना एक एक गर्दै सम्भिmरहेको थिएं । मलाई महसुस भै रहेको थियो -बास्तवमा युद्धमा कसैले नजित्ने रहेछ ।  म कतिखेर निदांएछु थाहा भएन ।

बिहान उठ्दा म सुतेको खाटको छेउमा ऊ थिएन ।

भूमि भण्डारी पोहार साल बैशाखताका सुर्खेतको राकम गएका बेला भेटिएको एक माओवादी पूर्व छापामारसँगको सम्बादलाई यस कथामा भण्डारी यसरी प्रस्तुत गर्दछन्

अप्रील 26, 2010

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *