कविता : चमत्कार कस्को

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

न धुलो मैलो न कालो घनघटा बादल जस्तो ।
न ईर्ष्या राग द्वेष न बिद्वेषको अंकुर विज ।

शिष्ट ल्किष्ट अति सुन्दर मन भुवा कपास जस्तो ।
बादलको रुप कहिले घनघटा कहिले स्फटीक जस्तो ।

दिल मानवको सुन्दर धोई पखालेको नैनसुत जस्तो
हुँदैन कालो मैलो बस्दैन मनमा ध्वासो अंगार जस्तो ।

सकारात्मक सोंच घनिभूत हृदयमा सदा दर्पण जस्तो ।
हौं सन्तती मानवको सदा मानव बन्ने मानव जस्तो ।

सृष्टिको चक्र हो अद्भूत सदा घुमिरहने चर्खाजस्तो ।
जन्मने मर्ने चमत्कार पूर्बिय दर्शन कि बिज्ञानको ।

प्रबिधि पुरातनको गर्दै आविस्कार नुतन नुतनको ।
बिज्ञान ठुलो कि ठुलो पूर्विय दर्शन संशय रह्यो ।

खोज्दै हिड्छन् ईश्वर इश्वर प्रकृतिमा समाहित भयो ।
बाँच्न कठिन प्रकृतिबिना हावा पानी माटो सूर्य चन्द्रमा के हो ।

कहिले उज्यालो दिन रात किरण चम्चम् सूर्य चन्द्रको ।
हुन्छ दिन उज्यालो निष्पट्ट अध्यारो रात चमत्कार कस्को ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *