कथा : उदास साँझ

~प्रदीप नेपाल~

रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो ।

घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै गढी वा भूतबङ्गला थिएन । त्यो थियो मिस्टर निर्मल थापाको चार करोड ४५ लाखको घर ।

बाहिर अँध्यारो थियो तर भित्रको घर उज्याला बिजुलीबत्तीहरूबाट सिँगारएिको थियो । लामो समयसम्म मन्त्री भइखाएका मिस्टर निर्मलले कुस्तै कमाएको पैसाको एकचौथाइ नै खर्चिएर बनाएको घर थियो त्यो । भुइँतलाको सजावट र रक्सीका बोतलहरू राख्ने दराजको मात्रै हिसाब गर्ने हो भने पनि २५ तीस लाखको खर्च निस्किने हिसाब पाइने ठाउँ थियो । साना मान्छेका लागि कानुन, ठूला मान्छेका लागि सिकार हुने निरीह र निर्दोष जङ्गली जनाबरका सक्कली टाउकाहरू भुइँतलामा उभिएका मानिसहरूलाई दयालु आँखाले हेररिहेका जस्ता लाग्थे ।

श्रीमान् निर्मलजीको परविार सानो, रसिलो, भरलिो थियो । उहिले परविार नियोजनको रङ्गीनकालमा मन्त्री भएका निर्मलजीले ‘हामी दुई हाम्रा दुई’ भन्ने नारालाई चरतिार्थ गर्ने अभियान चलाएका थिए । साथीभाइ सबैले निर्मललाई श्रीमान् निर्मलजी अर्थात् मिस्टर निर्मल भन्थे । नेपाली पारामा निर्मल भनेर बोलाएको मिस्टर निर्मललाई निको लाग्दैनथ्यो र निर्मलका अधिकांश साथीहरू मिस्टर निर्मलको चाकरी गर्न पाउँदा गौरव महसुस गर्थे । तर, निर्मलजीकी पि्रयालाई यो नियम लागू हुँदैनथ्यो । त्यसैले उनी आफ्नो लोग्नेलाई मायाले ‘मल’ भनेर बोलाउने गर्थिन् । श्रीमान् निर्मलजी पनि आफ्नी पि्रयालाई ‘हनी’ भनेर सम्बोधन गर्थे । नेपाली सभ्यता र संस्कारलाई तिरस्कार गर्दा अनि पश्चिमा सभ्यता र संस्कारलाई स्वीकार गर्दा आधुनिक भइन्छ भन्ने विश्वासका कारण मल र हनीहरू आफ्ना दुई सन्तानलाई हाई भनेर बोलाउँथे भने छोराछोरी पनि आमाबाबुलाई मम र ड्याड भन्न पाउँदा गजक्क फुल्थे ।

मिस्टर निर्मलले आफ्नो ५२ वर्षको उमेरको आधा अर्थात् २६ वर्ष त मन्त्रीको जागिर खाएरै बिताएका थिए । जुन मान्छे प्रधानमन्त्री भए पनि मिस्टर ‘मल’ को व्यक्तित्व प्रधानमन्त्रीसँग लपक्कै टाँस्सिइहाल्थ्यो । मिस्टर ‘मल’ का धेरै दौँतरीहरू मन्त्रीको पटके जागिर खानै नपाई इतिहासको अंश बनेर हराए । तर, निर्मलजीको भाग्य भने सधैँभर िचम्किइरह्यो अर्धचन्द्राकार चन्द्रमा बनेर ।

अर्थात्, २६ वर्ष लामो अवधिमा पनि निर्मलजीले प्रधानमन्त्री बन्ने मौका पाएनन् ।

विरोधीका लागि निर्मलजी अगस्ती थिए, जे खाए पनि पचाइदिने तर पेट कहिल्यै नभरनिे । मिस्टर निर्मलले उनका नाममा बनेका तीनवटा आयोग खाइदिए । अख्तियारका दुइटा फाइल खाइदिए । तीन जना न्यायाधीशलाई पनि उनले एउटै डकारमा पचाइदिए ।

तर, आफूभन्दा चलाख प्रधानमन्त्रीको जमातलाई खान नसकेकै हुनाले पछिल्ला दिनहरूमा मिस्टर निर्मल अलिअलि आक्रोश, अलिअलि असन्तोष बोकेका राजनेता हुन थालेका थिए । कमाइको एउटा राम्रो अंश नखर्चिएसम्म प्रधानमन्त्री हुन नसकिने टुङ्गो भएपछि प्रधानमन्त्री हुनका लागि एकाध करोडका नोटहरू हावामा उडाउन पनि उनी तयार भइसकेका थिए ।

तर, मिस्टर निर्मललाई ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भइदियो । प्रधानमन्त्री हुनका लागि एक करोड ७० लाख सिध्याएकै बेलामा नेपाली राजनीतिमा नचिताएको पहिरो गइदियो । राजा जनता भए, राजाका चाकरीवाजहरू मुसा भएर दुला पसे ।

पाँच महिनासम्म मिस्टर निर्मल बिरामी भए । दुई महिना उनी घरबाट बाहिर निस्कनै सकेनन् । बिरामी दसौँ सातामा टेकेकै दिन डिप्रेसनको उपचारका लागि उनी वासिङ्गटन डीसीतिर लागे । पैसाको अभाव थिएन क्या रे ! ढुक्कै पाँच महिना बसे मिस्टर निर्मल वासिङ्टनमा । राजा, जनता भएको वर्षदिन बितेकै मध्याह्नमा महँगा लुगा र उज्यालो अनुहारमा सजिएका मिस्टर निर्मल काठमाडाँैको हवाई अड्डामा अवतरण गरे ।

नेपालमा ठूलै परविर्तन भएको थियो भन्ने धेरैलाई लागेको थियो । तर, उज्यालिएको अनुहार बोकेका मिस्टर निर्मललाई नेपाल, आफूले छाडेकै बेलाजस्तो उदास, हतास देखियो । हवाई हड्डाबाट बाहिर निस्किँदा मिस्टर निर्मल मुसुक्क हाँसे ।

तीन महिना निकै दौडधुप गरे निर्मलजीले । ख्यातिप्राप्त ज्योतिषीहरूले प्रधानमन्त्रीको जोग खुलेको जानकारी गराएपछि भ्यागुताको धार्नी पूरा गर्न निर्मलजीले घरको ढुकुटी नै खोलिदिए । क्रान्तिकारीदेखि भ्रान्तिकारीसम्मका सानाठूला भ्यागुतालाई एउटा कुवामा हालेपछिको भोजभतेर थियो मिस्टर निर्मलको घरमा ।

ठूला मान्छेको घरमा भोज भएपछि रक्सीको भतेर लाग्ने नै भयो । रक्सीको भतेर लागेपछि मान्छे मात्ने नै भयो । मातेपछि मान्छेले लाजभाँड, गोपनीयता, भद्रता सबै कुरो बिर्सने नै भयो । मिस्टर निर्मलको घरको भुइँतलाको पार्टीमा त्यस्तै भाँडभैलो देखिन थालेको थियो रक्सी खान नमिलेर थुक चाट्तै बसेका रोगीहरूका लागि ।

“मे आई ह्याभ योर अटेन्सन प्लिज,” अमेरकिामै अङ्ग्रेजी पढेर खली भएको मिस्टर निर्मलको छोराले रेडियो जसरी बज्ने एउटा सानो हातेमाइक लिएर सबैको ध्यानाकर्षण गर्‍यो । रक्सीको गन्ध र चुरोटको धूवाँमा रुमल्लिएको हल्ला एकछिनका लागि शान्त भयो ।

“सेन्टु, नट इन इङ्लिस, नेपालीमा भन,” यो आवाज थियो मिस्टर निर्मलको । उसले छोरालाई दिएको आदेशलाई कलात्मक बनाउन थप्यो, “नेपाली भन, नेपाली बन, सम्हाल नेपाल ।”

स्रोतहरूले ताली बजाएर निर्मलको भाषणलाई समर्थन जनाए ।

“भद्र महिला तथा सज्जन वृन्द !” छोरो उभिएको ठाउँमा मिस्टर निर्मल आफैँ पुगिसकेको थियो । छोराको हातबाट सानो हाते माइक आफ्नो हातमा सारेर उसले भन्यो, “अब हाम्रा दिन खुल्ने भएका छन् । हिजोको कालो रातलाई बिर्सनूस् । राजज्योतिषीको गणना अनुसार केही महिनामै हाम्रा सबै राहु-केतुहरू पराजित भएर जानेछन् । नचिताएका शक्तिहरूले हामी र हाम्रा ख्वामितलाई साथ दिनेछन् । हिजोको छिछि दुर्दुर् केही दिनपछि ख्वामित र प्रभुमा रूपान्तरति हुनेछ । प्रभुको ग्रहले हिजोका सबैभन्दा ठूला विरोधीहरूलाई यसै अवधिमा पराजित गर्ने राजज्योतिषीको तीन महिना अगाडिको घोषणा आज सिद्ध भएको छ ।”

“के भयो त्यस्तो अहिले ?” हातमा पहेँलो रक्सी बोकेको एउटा जन्ड मान्छेले खस्रो स्वरमा सोध्यो ।

“तपाईंहरूलाई राजनीतिको मियो कसरी सर्छ भन्ने थाहा छैन,” मिस्टर निर्मलले सम्झाउने पारामा भन्यो, “त्यसैले के भयो भनेर सोधी रहनुभएको छ । राजनीतिको मियो फेर िदरबारतिरै सर्‍यो । जङ्गली भाइहरूले आजै भकुन्डे सरकारको छातीमै लात हाने । भाइहरूले आज दिउँसो ३ बजे संविधानसभा बिथोल्ने हाम्रो मनको बोलीलाई जस्ताको तस्तै भाषण गरे ।”

“थाङ्ने भाषणले के लछार्छ ?” अर्को असन्तुष्ट स्वर गुञ्जियो भुइँतलामा, “तिनै पातकीले गर्दा हाम्रो यो बेहाल भएको बिर्सनुभयो ? तिनले नउचालेका भए जान्थ्यो हाम्रो पार्टी गणतन्त्रमा ?”

आफ्नो असन्तुष्टिका कारण राजतन्त्रलाई अजस्र धारा ठान्ने पार्टीलाई छाडेको, जिन्दगीमा कहिल्यै सन्तुष्ट हुन नजानेको मान्छेको आवाज हो यो भनेर भुइँतलामा उभिएका र बसेका सबैलाई थाहा भयो ।

“मिस्टर निर्मल, धेरै नहौसिनुस्,” एउटाले सल्लाहकारको भाकामा भन्यो, “तपाईंका भाइहरूको न बोलीको ठेगान देखिएको छ, न गोलीको । तिनीहरू आज एउटा कुरा गर्छन्, भोलि अर्को । तेस्रो दिन अत्यन्तै नयाँ कुरा बोल्छन् अनि चौथो दिन उनीहरू उही पहिले बोलेकै कुरामा फर्किन्छन् । तिनको साँझ र बिहानको बोलीसमेत फेरएिको हुन्छ भन्ने कुरो तपाईंजस्तो खप्पिस खेलाडीले थाहा पाउनुपर्छ ।”

“मौकाको चौका भनेको यस्तै हुन्छ,” मिस्टर निर्मल अझै पनि भुइँतलाको विचारसँग सहमत हुन सकिरहेको थिएन । त्यसैले उसले सबैलाई सम्झाउने हिसाबले आफ्नो स्वरलाई अरू कठोर र ठूलो बनाउँदै भन्यो, “तपाईंहरूले एकोहोरो आँखाले हेर्नुभयो । हामीलाई संविधानसभाको चुनाव चाहिएको थिएन । तर, हामी घरबाहिर निस्किएर बोल्नसक्ने अवस्थामा पनि थिएनौँ । आज उनीहरूले सानो टुँडिखेलबाट संविधानसभाको निर्वाचन बिथोल्ने घोषणा गरे । यसको अर्थ, अब मङ्सिर ६ गते संविधानसभाको चुनाव हुँदैन । अर्थात्, प्रभुको राजपाट कम्तीमा पनि अरू छ महिनाका लागि लम्बियो । एउटा रात रहे अग्राख पलाउँछ भन्ने आहानै छ । हामीले त एक रात होइन, छ-छ महिनाको समय पाएका छौँ । जङ्गली भाइहरू नभइदिएको भए कसरी आउँथे यी एक सय ८० वटा जुवाका खालजस्ता रमाइला रातहरू !”

रातले राहतको सास फेरेजस्तै भयो । रमरमाउँदो रक्सीको मातमा तिनीहरूलाई लाग्यो, गणतन्त्र आफँै राजतन्त्रमा रूपान्तरति भइरहेको छ ।

“तर, एई केटाहरू हो,” ८० वर्षको पाको शरीरले भन्यो, “मैले पाँचवटा बेवस्था बेहोरेको छु । तिमीहरू कोही नजन्मिएकै समयमा म राणाशासनको भारदारी सभाको सदस्य भइसकेको मान्छे हुँ । धेरै बलियो लाग्थ्यो राणाशासन । त्यसको अलिकति छेउकुनो पनि चिमोटिएला भनेर कोही सपनामा पनि चिताउन सक्दैनथ्यो । तर, ढल्यो त्यो गल्र्यामगुर्लम । आयो पर्जातन्त्र भन्ने बिचित्रको शासन । राणाजीलाई नै प्रधानमन्त्री बनाइएको थियो पर्जातन्त्रमा पनि । तर, एक्कैचोटि राणा शासन र पर्जातन्त्रलाई बाढीले बढारेर भारततिर पुर्‍याइदियो । कोही लागे बङ्गलोरतिर, कोही लागे कटिहारतिर । नयाँ कोट भिरेर आयो बीसौँ शताब्दीको नयाँ राणा शासन । जन्मिदै भत्ता खान पाउने चलनले चोला फेरेको थियो । तर, त्यसको पनि आयु लामो देखिएन । प्रत्येक पाइलामा पातहरू चुँडाउँदै लान थाल्यो समयले । अहँ, बेवस्था पछाडि फर्किएन । हर कोसिस गरयिो । कसैको केही लागेन । जालझेल, षड्यन्त्र र मारकाटका सबै उपायहरू अन्तिममा व्यर्थ सावित भइदिए ।”

ठूलो ओढारबाट सत्तलसिंह राजाले भाषण गरेजस्तो ठाने उपस्थित भएकाहरूले । त्यही आवाज हावाजसरी सुसाउँदै थियो, “एक रातको रक्सीले तिमीहरू नमात्तिओ । ओरालोमा गुडेको ढुङ्गो मास्तिर फर्केर आउँदैन । बगेको खोलो हिमालतिर फर्किंदैन । टरेको समय फेर िफर्किएर आउँदैन । त्यसमाथि तिमीहरू त्यस्ता मानिसहरूमाथि भरोसा गर्न खोज्दैछौ, जसको खुट्टा ढोडभन्दा कमजोर छ, जसको मुख बादलभन्दा पातलो छ ।

बत्ती गोधूलि भयो र झ्याप्प निभ्यो । अन्धकारभित्र रक्सी र चुरोटको नमिठो ज्यानमारा गन्ध मडारइिरहेको थियो । बाहिर निस्कने ढोका बन्द गरएिको थियो ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *