गजल : सापटी मागेर

~केडी रेम्नीसीङ~

भमराको चुम्ने ढंग सापटी मागेर,
इन्द्रेणीको सातै रंग सापटी मागेर ।

बेहद प्यार दिउँला तिमीलाई सधैं,
रोमियो र मज्नुसँग सापटी मागेर ।

किनारमा छुन आउँला सुुस्तरी बग्दै,
समुद्री छाल तरंग सापटी मागेर ।

आकाश–धरतीसँग लाख विन्ती गरी,
दिनछु महल अँझंग सापटी मागेर ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.