कविता : हेमोफिलीयाको शहरमा

~गोविन्दप्रसाद आचार्य~

मान्छे छैनन् भनौं भने म उल्लु हुन सक्छु
मान्छे छन् भनौं भने म जिल्ल पर्छु
मान्छेको भींडमा मान्छे नदेखेर म अचम्म मानिरहेछु
यो हेमोफिलीयाको शहरमा म हराईरहेछु ।

यो हेमोफिलीयाको शहरमा कसैले हात खुट्टा नचलाउँदोरहेछ,
यो हेमोफिलीयाको शहरमा छुच्चो मुख मात्र चलाउँदा रहेछ
रूखो बोलीलाई मीठो मान्नु पर्ने
यो हेमोफिलीयाको शहरको विशेषता रहेछ
यो हेमोफिलीयाको शहर
कामदारलाई थर्काउन आनन्द मान्दोरहेछ ।

आफ्नै रगतले तर्साएका आफ्नै रगतले तनमन
मारेका यी अनौठा मुर्दाहरू यो शहरमा बाँचिरहेछ ।
म भन्छु मेरो गोरूलालाई हेमोफिलीया नलागोस्
विचरो गोरू कामको पाको छ, थाकेर आँसु नझारोस्
मेरो गोरूले खाली बसेको देख्दा यो शहरलाई गाली गर्छ
यो शहरलाई मेरो गोरू कामको गुरू बनेर पढाइ दिन्छ

गोरूको आर्दशमा हेमोफिलीयाको शहर झुुक्नु पर्छ
आफ्नै रगतले रहर मारेको थाहा छैन
हेमोफिलीयालाई कामदारको नजरमा मरि सकेको
तमाम चिस्यीएको तर आर्दश बन्न खोज्छ
मरेको याद छैन, हेमोफिलीयालाई हातले चम्म समाउँदैन
दाँतले गास चपाउँदै मनग्य धेरै खानुपर्ने ¤

हेमोफिलीयाको काम नगर्ने सरूवा रोग,
कारखानामा जलोेस् भन्छ
हेमोफिलीयाको रोग जाँगरिलो दिमागमा नलागोस् भन्छ
हेमोफिलीयाको महामारीले यो शहरको हातमा खिया लागिसकेछ
मान्छेको नानी देख्दा घिनाउनेलाई गुडियालाई
नम्रको चुम्मन खान सिकाइरहेछ
यो शहरको मान्छे ऐनाभित्र छ
यो शहरको मान्छे
पाइला पाइलामा पैसाको खेलमा छ
यो हेमोफिलीयाको शहर दुसित हावा पैसाले किनेर फेरिरहेछ

हेमोफिलीयाको शहर जीवनसँग रगतको नाता टुटेनछ
यो हेमोफिलीयाको शहरमा
आफ्नो रगतबाट भरोसा टाढिएको छ
रगत बग्छ रोकिने क्षमता हराएको छ
विश्वासको संकटकाल आफ्नै रगतले लगाएको छ
मर्नु र बाँच्नुको अर्थमा आफ्नै रगतले प्रश्न गरिरहेछ
यो हेमोफिलीयाको शहरमा
खुवाउनेको भन्दा खानेको माउ बढ्दो रहेछ
यो शहरलाई हेमोफिलीयाले काँडाको भ¥याङ बनाइसकेछ ।
शहरमा फूल बसाउँछ जस्तो लाग्थ्यो
जता पनि काँडा बिझाउँदो रहेछ
हेमोफिलीयाको शहर काम नगर्नेको जमात जस्तो
कोठाभित्र खान मागरिरहेछन्
भोकलाग्दा कामदारसँग रगत माग्दो रहेछ
यो शहरलाई हेमोफिलीयाले बोक्रो र खोक्रो बनाइसकेछ
यो शहर मनभरी भावना हैन ढुंगा बोकिरहेछ
सृष्टिको आदिम कालका मान्छेहरू यो शहरमा बाँचिरहेछन्
यी हेमोफिलीयाको दास बेतालमा बेटुंगो नाँचिरहेछन्

जाँगर भएको भए गाई पालेर पोसिलो दुध खान्थे होला
दिल भएको भए कामदारलाई माया गथ्र्यों होला
यो हेमोफिलीयाको शहरमा
धेरैले सुत्न जानेका छन्, लुट्न जानेका छन्
न ढुंग्रो न सोते न मुरली न बाँसुरी न हुक्का
यो शहरमा यस्तै आधा बाँचिरहेछन् ।
साँच्चै यो शहरमा पुडाहरू हेमोफिलीया बोकेर
रगतमा घोलेर बाँचिरहेका छन् ।

संस्कार सभ्यताका फूलमा
मान्छे प्लास्टीकको रंगमा रमाइरहेछ
मस्तिष्क अभिजात्यको भकारी बाँधेर अपराध बटुलिरहेछ
कुसंस्कारको सिनु बोकेर विदेशी अत्तरको बस्ना छरेर
हेमोफिलीयाको मान्छेले आफ्नो परिचयदिइरहेछ ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३१ – २०६८ असार ८ गते, बुधबार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *