कविता : दलदल भित्र राज्य

~कुन्दन काफ्ले~

अकूपाई वालुवाटार खवरदारी थियो राम्रो ।
हत्या–हिंसा बढेकोमा निन्दा विरोध थियो हाम्रो ।
यो मुद्धामा चासो हैन, सरकार थियो चिसो चाम्रो ।
हिंसा रुपी दलदल भित्र छ है राज्य रथको पाङ्ग्रो ।

टाउको र टाउके प्रति छैन मलाई रोष रति ।
फितलो यो पद्धतिलाई दिन्छु म त दोष जति ।
अनि सपूत नजन्मेको देखी तिम्रो कोख सति ।
मातृभूमीलाई यहाँ धिक्कार दो हो लोक कति ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.