गीत : बचाऔं नेपाललाई

~मीना पुमा राई~mina-puma-rai

नेपाली हौँ हामी आफु बाँची बचाऔं नेपाललाई
नेपाली हौँ हामी आफु हाँसी हसाऔं नेपाललाई

नगरौं है हेला हिङसा धर्म अनि जात जातिको
रक्क्षा गरौँ बरु सधै हामी हाम्रो भाषा भाषीको
नसा नसा काटी हेरौं उस्ता उस्तै छ रातो रगत
मिली जुली गरौँ संघर्स एउटै छ हाम्रो जगत

उही हो माटो उस्तै बाटो पुर्ब देखि पश्चिमसम्म
हिमाल पहाड तराई मधेस उत्तर देखि दक्षिणसम्म
झरना खोला सुसाउ छ बन पाखामा गुरास रातै
चारै दिषा उज्यालो छाउछ जब हाँस्छ हिमाल सेतै

मीना पुमा राई
खोटाङ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.