गीत : जिन्दगी

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

जिन्दगी कहिले दियो भै बल्छ,कहिले आफै आँधी झैँ चल्छ
बुझ्न खोज्दाखोज्दै यसले ,हरमोड़मा आफ्नो रुप बदल्छ

युगौदेखि जन्म्यो तर हरेकचोटी मरेकै छ
अजम्बरी बन्छु भन्दै भ्रमको खेति गरेकै छ
जिन्दगी कहिले झुटो बोल्छ,कहिले आफै सत्य खोल्छ
बुझ्न खोज्दाखोज्दै यसले हरमोड़मा आफ्नो रुप बदल्छ

पुग्नै पर्ने माटोसम्म थरीथरी बाटो रोज्छ
केहि क्षणको सपना बोकी रंगबिरंगी बन्न खोज्छ
जिन्दगी आफ्नै आँखा छल्छ,कहिले आफै थाकेर गल्छ
बुझ्न खोज्दाखोज्दै यसले हरमोडमा आफ्नो रुप बदल्छ

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.