कविता : भ्रष्टाचारीहरुलाई ताली

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

मेरो देशमा
भ्रष्टाचारीहरुलाई अदालतले समाउँदा
सत्यतथ्य जनता सामु ल्याउने संचार माध्यमहरु
डराएर मौनब्रत बस्छन्
डर कानून देखि हो कि भ्रष्टाचारी देखि
वुभ्mन त्यति कठिन छैन ।
गलतलाई गलत भन्न नसक्नेहरुले
मौन बस्नु सिवाय विकल्प पनि त छैन ।
मौन बस ।
तर कृपया गलतलाई सहि हो भनेर नभनिदेउ ।
मेरो देशमा
भ्रष्टाचारीहरुलाई अदालतले समाउँदा
कानून केलाउनेहरुले
अरोपितलाई सबुतप्रमाण लुकाउने समय दिन्छ ।
त्यसो भएको कालोकोटहरुलाई
सबुतप्रमाणको प्रेमले हो या
अरोपितको नूनले हो
वुभ्mन त्यति सारो पर्दैन ।
कानून सबुतप्रमाण विना बोल्न सक्तैन,
लुकाउन मद्दत नगरिदेउ
कानूनले जे वोल्छ वोल्न देउ
वोल्न नरोक कानूनलाई
ता कि नूनको भन्दा कानूनलाई आदर गर्न सकौं ।
मेरो देशमा
भ्रष्टाचारीहरुलाई अदालतले समाउँदा
मानवअधिकारवादीहरु
अभियुक्तलाई होइन उल्टै कानूनलाई अपराधी देख्ने गर्छ
कानूनलाई उल्टाएर
अभियुक्तलाई सफाई दिनु
मानवअधिकारको उद्देश्य हो भने
मलाई अधिकार चाहिंदैन
मलाई जिउंदै जलाइदिउ
दिउंसै लालटिन वालेर रात परेको रमिता नदेखाउ ।
मेरो देशमा
भ्रष्टाचारीहरुलाई अदालतले समाउँदा
जनताहरु मच्ची मच्ची ताली पिट्छन्
कालो अनुहार लाएर
त्यहि अदालतले अभियुक्तलाई ससम्मान रिहा गर्छ
सुरक्षाकर्मिहरुको साथ लाएर घर पठाउंछ
देशलाई धरापमा पार्नेहरुलाई अझ सुरक्षित बनाउंछ ।
भ्रष्टाचारीले अदालतलाई धारेहात लगाउंछ
त्यतिबेला पनि जनता मच्ची मच्ची ताली पिट्छ ।
जे गरेपनि ताली पिटेको पिट्यै गर्छ
कणकमणीहरुको लागि पाउंदर ताली पिट्छ ।
भ्रष्टाचारीहरुलाई ताली पिट्छ ।

(३ मे २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.