लघुकथा : विलक्षणी शिशु

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

डाक्टरहरु हस्याङफस्याङ गर्दै घरी यो सामान ल्याऊ भन्थे, घरी त्यो औषधि ल्याऊ भन्थे । आत्तिनु पर्ने त खासै केही थिएन । तर पनि डाक्टरले तोकेको समयभन्दा झन्डै एक महिनाअघि नै अनुजा आमा बत्र लागिरहेकी थिइन् । त्यसैले डाक्टरहरु सतर्क थिए ।

अनुजा ‘आमा’ बत्रे पर्खाइमा अस्पतालको बेडमा छट्पटाइरहेकी थिइन् ।

**

अनुजाका सासूससुरा लगायत घरपरिवारका सबै मानिस लैङ्गिक असमानताका विरुद्ध आवाज वुलन्द गर्ने परिवारमा पर्थे । छोरा र छोरीमा उनीहरु समानता देख्थे । र त, आधुनिक समाजका अगाडि उनीहरु निकै प्रतिष्ठित जीवन बिताइरहेका थिए ।

छोरा र छोरीबीचको परम्परित विभेद र सोच हटाउने अभियानमा लागेकै कारण समाजभित्रका नवयुवाहरुका नायक बनेका थिए उनीहरु ।

**

‘च्याहाँ’ ‘च्याहाँ’ ‘च्याहाँ’ । बाहिरसम्म बच्चा रोएको आवाज सुनियो । पहिलो सन्तानकी आमा बनिन् अनुजा । प्रसवकर्ममा सहयोगी बनेका डाक्टरहरु आमा र नवजात शिशुको स्वास्थ्यमा कुनै किसिमको प्रतिकूलता नभई प्रसवकर्म सफल भएकोमा हर्षित भए । हर्षको यस क्षणमा अप्रत्यासित खुसी बाँड्न प्रसवकक्षबाट बाहिर निस्के उनीहरु । उपस्थित सबैलाई बधाई दिए ।

डाक्टरको बधाईप्रति कृतज्ञतावापत धन्यबाद ज्ञापन गर्नुको सट्टा उपस्थित सबैले डाक्टरसँग हतारहतार एउटै स्वरमा प्रश्न गरे,— ‘छोरा कि छोरी ?’

‘छोरी ।’

लामो कुरा गर्नतिर डाक्टर लागेनन् । जवाफ दिए र फेरि सुरुक्क भित्र पसे ।

यता उपस्थित सबैको अनुहार कालो बादल लागेका दिनको मौसम जस्तो भयो । न पानी पर्न सक्ने, न त घाम लाग्न नै । वातावरणमा एक्कासि सत्राटा छायो ।

**

विबाह भएको तीन वर्ष पनि नपुगी अनुजा आमा बनेकी थिइन् । लोग्नेस्वास्नीबीच कस्तो सन्तानको चाहना थियो ? अरुले थाहा पाउने कुरो थिएन । अरुको सामान्य जिज्ञासामा ‘पहिलो सन्तान जे भए पनि भइहाल्छ नि’ भन्थे उनीहरु । त्यतिखेर उनीहरुको ‘आत्मा बोलेको हुन्थ्यो वा मुख’ उनीहरु नै जानून् । तर सन्तोष नगर्नु पर्ने ठाउँ कत्ति पनि थिएन ।

**

नवजात शिशु विलक्षण प्रतिभासम्पत्र थिइन् । जन्मेको केही दिनमै तिनले घरको सबै चालामाला बुझिन् । अग्रजहरुको भित्री अभिलाषा थाहा पाइन् । तर पनि उनी खित्र भइनन् । हिम्मत हारिनन् ।

एक रात सपनामा घर परिवार सबैका अगाडि गएर उनी कुर्लिन्,— ‘के म छोरी भएर जन्मेकाले तपाईंहरुको मन अमिलिएको हो ? छोरीहरुका विषयमा तपाईंहरुलाई थाहा छ कि छैन ?

मार्गरेट थ्याचर छोरी भएर पनि बेलायतकी प्रधानमन्त्री बनिन् । सिरीमाओ बन्दारानायके श्रीलङ्काकी प्रधानमन्त्री बनिन् । उनकै छोरी चन्द्रिका कुमारातुङ्गा त्यही श्रीलङ्कामा पहिला प्रधानमन्त्री र पछि राष्ट्रपति समेत बनिन् । बङ्गलादेशमा प्रधानमन्त्री बत्रे बेगम खालिदा जिया हुन् कि शेख हसिना बाजेद । ती दुवै कसै न कसैका छोरी नै हुन् । भारतमा प्रधानमन्त्री बनेर विश्वविख्यात बत्र सफल इन्दिरा गान्धी मात्र होइन त्यसै देशमा राष्ट्रपति बनेकी प्रतिभादेवी पाटिल दुवै छोरी नै हुन् ।’

‘तपाईंहरुलाई यस्ता उदाहरण कतिको दिऊँ ? दुर्गाको दिऊँ कि सीताको दिऊँ ? राधाको दिऊँ कि कुन्तीको दिऊँ ? भत्रुस्, कुन युगका उदाहरण दिऊँ ? कुन विधाको उदाहरण दिऊँ ? बोल्नुस्, किन बोल्न सक्नु हुत्र ? छोरी भनेर मलाई अहिल्यैदेखि प्रताडित गर्ने ? कि, आफ्नो कर्तव्य गर्नतिर लाग्ने ? मेरो के अपराध छ र मसँग यसरी अमिलिनु हुन्छ ? छोरा र छोरी के तपाईंहरुको अधिकार र वशको कुरा हो ? अनि, के छोराले मात्र युगौँयुगसम्म तपाईंहरुको सृष्टि चल्छ ? बोल्नुस्, किन बोल्नु हुत्र ?’

**

रातको पछिल्लो प्रहर । रात आपैmँ भरखर–भरखर बिउँझिन लागेको थियो ।

त्योभन्दा पहिला सपनामा शिशुको झापड खानेहरु बिउँझिए ।

अचम्मको सपना । नवजात शिशुको तर्कयुक्त हप्काइ । कहिल्यै नसोचेको कुरा । सबैले आ–आपैmँ निकै अनौठो माने । धेरैबेर मन बाँध्न सकेनन् । के गर्ने ! के नगर्ने !! भन्दाभन्दै देखेको सपना सबैले एकआपसमा बाँडे ।

सबैको एउटै सपना । फेरि अचम्म माने । अहो ! कस्तो संयोग ? साँच्चै सबैको एउटै सपना ? यो के अनौठो ? अहिलेसम्म नभोगेको कुरा ! नचिताएको कुरा !!

सपना सपनै हो भत्र अब उनीहरुको मनले मानेन ।

डराइडराइ त्यस नवजात शिशुलाई एकैसाथ चियाउन पुगे उनीहरु । यसअघि त्यस शिशुलाई राम्रोसँग हेरेका पनि थिएनन् उनीहरुले । बिचरी चारपाँच दिनकी कलिली शिशु । आमाको तातो काखमा गुजुल्टिएर ‘फ्वाँ’ ‘फ्वाँ’ निदाइरहेकी थिई ।

हेर्नेहरुले हेरिमात्र रहे । केही बोल्न सकेनन् ।

(स्रोत : समकालीन साहित्य डट कम)

This entry was posted in लघुकथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *