गीत : झरेर फुलेको छहराको पानी

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

झरेर फुलेको छहराको पानी
पढेर भुलेको म एउटा कहानी

सहरतिर नौलो माया भेटिएर हो कि कुन्नि
रोदीघरमा लाको माया मेटिएर हो कि कुन्नि
हिजोआज चिठीपत्र आएको नि छैन
घरको पनि भइन म त घाटको पनि भइन
म दुखेको मान्छे म लुकेको खानी
पढेर भुलेको म एउटा कहानी

तनै टाढा भयो क्यारे मनै टाढा भयो क्यारे
नफर्कने बाटो गरी धेरै टाढा गयो क्यारे
पारी कतै आकाशमा एउटा तारा खस्यो
त्यही तारासित आज मेरो सारा कस्यो
भयो भो नसम्झ गयो जिन्दगानी
पढेर भुलेको म एउटा कहानी

शब्द: क्षेत्रप्रताप अधिकारी
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.