अनूदित कविता : नाजायज सन्तान

~हुल्लड मुरादाबादी~Hullad Muradabadi
अनु : मनोज न्यौपाने

चिन्तित बाउले
जनताको अस्पतालमा फोन ग¥यो
‘डाक्टर साहब
मेरो सम्पूर्ण परिवार बिरामी भए

जेठो छोरो ‘आन्दोलन’लाई रुघा
‘प्रदर्शन’लाई निमोनिया
अनि ‘घेराउ’लाई क्यान्सर भएको छ
सबैभन्दा सानो छोरो ‘बन्द’
हरेक तीन घण्टामा बान्ता गर्छ

मेरो भतिजो ‘हडताल’
हार्ट अटैकले मर्दै छ
डाक्टर साहब, प्लीज छिटै आउनुस्
प्यारी छोरी ‘साम्प्रदायिकता’ मूर्च्छा परेकी छे
उसलाई बचाउनुस् ।’

डाक्टरले भने, ‘आई एम सरी
म सिद्धान्तवादी मान्छे हुँ
मैले नाजायज सन्तानको उपचार गर्ने गरेको छैन ।’

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.