बाल गजल : जुनुमामा जुनु

~छविलाल कोपिला~chhabilal-kopila

आँगनीमा हेर्न आऊ, जुनुमामा जुनु
पापा दिनु हुन्छ ल है, मामाले न रुनु

बुबु खान छोड अब, खेल्न जाऊ तिमी
हेर बाबु चिचि मारी, ल्यायो मुनु मुनु ।

ताते–ताते गर्दै आऊ, ताते बाबु ताते
ताते गर्दा गर्दै तिमी, लौ मलाई छुनु ।

कति खेल्छौ आँगनीमा, आऊ अब आऊ
छिःछिः लाग्यो शरिरमा, गर्न आऊ नुनु

नुनु गर्दा जाडो हुन्छ, चाचा नाना लाऊ
रात प-यो अँध्यारो भो, गर्न जाउँ धुनु ।

(४+४+४+२=१४)
साभार : कैले फुल्छ ऊ ? (बालगजल संग्रह–२०६३)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in बाल गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.