कविता : सपना तिम्रो र मेरो

~घनश्याम प्याकुरेल~

हजार सपना तिम्रो र मेरो
सपनाकै धरातल सपनाकै महल
सुन्दर शान्त बिशाल
आकाश भन्दा फराकिलो
पाताल भन्दा गहिरो
त्यो क्षितिज भन्दा नि परको अर्को शहर
हो त्यही छ हाम्रो सपनाको संसार |

तिमी निदाए पछि देख्छौ सपना
म त आँखा खोल्दा पनि देख्छु
त्यो सपना वास्तविकतामा परिणत गर्न खोज्छु
तिमी एकछिन निदाएर सपना पुरा होस भन्ने सोच्छौ |
म तिम्रो सपना वास्तविक होस भन्ने सोच्छु |
तिमी सुतिरहँदा म कयौँ पटक बिउँझेको होला
सपना पूरा गर्न के गर्ने भनेर सोच्दै |

तिमीले आङ तानेर गूड मर्निङ भन्दै गर्दा
म मेरो ध्यान भङ्ग भएको सोच्दै
तिम्रो आवाज सँगै मुस्कुराएको होला |
तिमीलाई सपना लागेको छ|
मलाई सपना पुरा गर्ने चाहना छ|
तिम्रो सपना मेरो चाहना
तिमीलाई खुशी बनाउने मेरो बाहना
सकुला नसकुला तिम्रो सपना पुरा गर्न
फेरी सोच्छु त्यती महँगो सपना
प्रयास त गरु न नसक्ने के छ र यहाँ ?
प्रयास गर्दा गर्दै नि सकिएन भने
अली सस्तो सपना देखुला नि|

तिमीसँग नजिकिनु  मेरो सपना थिएन
तर तिमीलाई साथ दिने चाहना बढिरह्यो
र सपना बन्यो|
आँखा चिम्लिएर मेरो नि कोही भैदिए भन्दै गर्दा
म त्यहाँ हुन सके या सकिन
त्यो मेरो सपना थियो छ र हुनेछ पनि
हरपल साथ दिने
तिमीले हाँस्दै गर्दा साथै मुसुक्क हास्छु नि
अहिले पनि जहिले पनि मुस्कुराउने नै छु
तिमि रूँदा आँसु पुछ्न सके या सकिन
त्यो सपना तिम्रो र मेरो अति प्रिय लाग्छ
शायद तिमीलाई मलाई भन्दा अलि बढी लाग्छ होला|

हिजो आज म अर्कै सपना देख्न थालेको छु
तिमीलाई हसाउने सपना ।
हसाउन नसके नि तिमीलाई नरुवाउने सपना
मेरो कारण ले तिम्रो आँखामा आँसु
मुहारमा खिन्नता उदाशी नदेख्ने सपना
तिम्रो हरेक खुशीमा सामेल हुन नसके नि
हरेक दुःखमा एक्लोपनमा साथ दिने चाहना
अलि फरक सपना तिमी ले देख्ने गरेको भन्दा |

तिम्रो सपना फरक छ पहिले भन्दा
शायद चाहना नि फरक केहि बध्यता नि होला
मेरो सपना नि फरक समय सँगै
तर पनि तिमी बाट टाढा भाग्ने सपना कहिलै देखिन
तिमीलाई हसाउने सपना उस्तै छ
सपना को संसार जस्तो होस्
तर मेरो सपना नै तिम्रो सपना पुरा गर्नु हो |
तिमी हाँस्नु खुशी हुनु मेरो सपना साकार भएको आभाष
केहि चहिन्न बस् तिम्रो खुशी
मेरो सपना साकार |

घनश्याम प्याकुरेल, काठमाडौं
रचना मिति : २०७३|०३|२२

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.