कथा : त्यो पहिलो भेट..

~पूर्णिमा प्रतिबिम्ब~

नयाँ वर्षको दिन पोखरा बजारै रमझममा थियो । रमाइलो यति सम्म थियो की मेरो मन फलाम हो भन्नेलाई पनि पगाल्ने खालको । तालपारि हाम्रो घर , बजारमै सरेको डेढ बर्ष जति भएको थियो । सिला मेरि बच्चै देखिकि मिल्ने साथि साह्रै बोलक्कड । कुरा दायाँ बायाँ जताततै घुमाउथि । जे बोलेनि साच्चै हो कि झै पारेर बोल्थि । प्राय गुलाबि रंगको लिपिस्टिक लगाउथि । आखामा गाजल टुट्दैन थ्यो मेरो आखामा झै । त्यो दिन हामी पिंक कलरको कुर्तामा थियौ ।
बिहानै तालबराहि दर्शन गरेपछि दिन भरि संगै थियौ । स्टेट फेसटिबलको माहोल गुञ्जयमान थियो ।

“आज राति पनि फेस्टिबलमा रमाइलो गरौँ ल पूर्णिमा !”

सिलाले भनि ” दिन भरि हिडेको थाकिसके मत । नजाम् भो ।”

मैले यति भनिसक्दा उसले मुख बिगारेर फतफताउन थालि ,

“ह्या त पनि । घुम्ने डुल्ने रमाउने बेलै यहि हो । पछि पछि तलाई कस्ले जाम भन्छ र ? टुभेलको इक्ज्याम दि सकेपछि बाले तेरो ब्या गर्दिन्छन् । बुहारी भइसकेपछि हिन्न पाउदिनस् यसरि । अर्को अर्को बर्ष तिर त सानिमालाई नमस्कार गर भन्दै छोराछोरी डोर्याउदै आइहाल्छेस् नि ।”

“चुपलाग बादर्नि ।!”

अलिकति झर्किए ।

कन्सर्टमा बस्ने मन मलाई पनि थियो । फेरि यो भन्दा अगाडि नयाँ वर्ष मनाउन रातमा बसेकि थिइन रहर लाग्यो । हामी जाने भयौ ।सबैजना नाचेको देखेर हामि कन्सर्ट भएको ठाउ तिर गयौ । छिचोल्नै नसकिने भिड थियो । एक छिन सम्म नाच्यौ । नाच्यौ त के भन्नु, उफ्रिएको भनौ न । भिडभाडमा नाच्नुको फाइदा त्यहीँ हो । नजाने नि नाचे जस्तो गर्दिए भो । कसले नाचेको हेर्ने फुर्सद कस्लाई हुन्छ र ?

रातो रानी फुले झै साझमा!
तिमी फुल्यौ कलेजि माझमा!!
यो मनको रहर कान्छिलाई!
घुमाउने काठमाडौ सहर …!!

गित घन्किरहेको थियो । मान्छे धेरै थिए । दुई जना केटा हाम्रै छेउमा नाच्दै थिए हामीसंगै ताल मिलाएर । पसिना पसिना भए पछि हामी साइड लाग्यौं । उभिएर अरु नाचेको हेर्न थाल्यौ । मन रमाइरहेको थियो । कहिले गित कहिले रातो निलो गर्दै घुमिरहेको बत्ति हुँदै त कहिले मानिसहरुको टाउकोमा झिलझिल गरिरहेका सिङ्ग तिर मेरो ध्यान मग्न थियो ।

हाइ ! आइ एम् उत्सब । सुनेर म झस्किए

अाइ एम् सिमा एन्ड सि इज् सारिका । सिलाले मलाई देखाउदै भनि

केसु भन्दै अर्कोले हात हल्लायो । उ संग मेरो अाखा जुद्यो ।

“खुब राम्रो नाच्दो रैछौ नि तिमेरु ”

“नाच्न त आउदैन हल्का रमाइको नि ।”

“देखिराछौ हाम्ले नि अगि देखि ।”

“ए हो र ?”

“संगै नाच्या हैन ?”

सिला र उत्सबको बोल्दै थिए । अगि नाच्ने उनिहरुनै रहेछन् ।हामीलाई याद थिएन अनुहार । नाच्ने कति थिए कति!अरुतिर भन्दा भन्दै केसु संग मेरो आखा जुद्थ्यो । गोलो अनुहार, चाक्लो निधार, ठुला ठुला आखा हेर्दैमा कस्तो भाग्यमानि होला जस्तो मान्छे । मनै कस्तो कस्तो भयो । आत्तिए जस्तो लजाए जस्तो । खै के भाको, यस्तो मलाई कहिल्यै भएको थियन । धेरै बेर हामी चुपचाप रह्यौ ।

केसुले मौनता तोड्यो ।

“हामी त काठमाडौ देखि घुम्न आएको ,पोखरा बजार कस्तो राम्रो ।”

उसको आवाज कानमा घेरै बेर सम्म गुञ्जिरह्यो ।

“मान्छे त झनै राम्रा । सिमा एन्ड सारिका । टुइन्स त हैन नि ?”

एउटेै रंगको कुर्ता, हिअर स्टाईल उस्तै, हाइट पनि सेम देखेर होला सायद उत्सवले सोध्यो ।

“टुइन्स नै हो नि !”

“कस्तो थापाको ,ज्योतिषी हो क्या हो तिमी त !”

सिलाले मज्जाले जिस्काइ । चारै जना हास्यौ । परिस्थिति अनुसार झुट पनि बोल्न आउथ्यो सिलालाई । अचम्म लाग्थ्यो उसको बानि देखेर । सिमा र सारिका नचिनेको ठाउ र नयाँ मान्छेसंग परिचय गर्न उसैले राखेका नाम थिए ।

“कति उभिनु बसौं न कतैै “मैले भने ।

“चोकतिर जाउन त । उतै बसौ चटपट खाउ ।” ओके भन्दै उत्सव अगि सर्यो सिलासंगै । म र केसु संगै भयौ । भिड होहल्ला ठुलै थियो ।

हिड्दै थियौ । हाम्रो संवाद सुरु भयो ।

“कस्तो राम्रो नाम है ? तिम्रो सारिका …”

“हजुरको नाम पनि राम्रो छ नि ।”

अरे साथि त हो नि । तिमी भन्दा हुन्छ । तपाईं भनेको राम्रो हुदैन साथि साथिमा ।

“हुन्छ तिमी नै भनम्ला ।”

“घुन्न आको रे ? के गर्छौ त काठमाडौंमा ?

पढ्दै छु । बाह्रमा । इक्ज्याम आउन लाको छ ,म पनि टुबेलनै हो ।”

“ए हो र ? सेम रैछ त”

“उम् नि …. इक्ज्याम आइसक्यो ,किन घुम्नु पर्या नि नपढेर । “बोल्ने केही कुरा नपाएर मैले सोधेँ

“एक दुइदिन डुल्दैमा पढाइ बिग्रने होर ? पढ्ने टाएममा पढ्ने घुम्ने टाइममा घुम्नु पर्छ । पढाइ मात्रै ठुलो कुरा होर ? पढेर बसेको भए यस्ति राम्रि मान्छे कहाँ भेट्न पाइन्थो ।”

म लाजले भुटुक्कै भए ।

पुलुक्क म तिर हेरेर केसु मुस्कुरायो ! म पनि मुस्कुराएछु उसको हसिलो मुहार देखेपछि ।

अा … हिड्दा हिड्दा खै के रैछ बाटोमा । केसुले नसमातेको भए झन्डै म लड्थे । राति हिड्दानि हिल लगाउनु पर्छ ? थोरै रिसाएझै केसु बोल्यो । कति छिटो याद गरिसकेछ । कुर्था लगाइको भएर पेन्सिल हिल लगाएकि थिए । मेरो दाहिने हात केसुको देब्रेहातले समातिरहेको थियो । उसको पहिलो स्पर्श र आत्मिय ब्यबहारले मेरो मन लुटिसकेको थियो । आज सम्म कोही केटा मान्छेसंग यति धेरै नजिकिएकि थिइन । हुनत त केटा साथि नभएका होइनन् ।

हामी चोकमा पुग्यौ । उत्सव र सिला चटपट खादै रैछन् ।

जाने बित्तिकै एक छिन सम्म खुब जिस्काए हामीलाई । ढिलो आएको भनेर । फेरि केसुले चटपटको ठेला सम्म पुग्दा नि मेरो हात समाइरहेको थियो । त्यति देखेसि के चाइयो र सिलालाई । केसु र म आमुन्ने सामुन्ने हुने गरि बस्यौ । उसको र मेरो लागि एकै ठाउमा थियो चटपट । जुठो खायो भने माया बढ्छ क्या । सिलाले जिस्काई । लाजले टाउको उठाउन सकिन । साह्रै पिरो भयो । भैयाको ठेलामा पानी सक्किएको रैछ । म पानी लिएर आउछु भनेर हिडे दुई तिन मिनेटको बाटो थियो । पानी लिएर फर्कदा मेरो अगाडि बाइक रोक्कियो । बस पुर्णिमा दाइले भन्नु भो । हातमा पानी थियो म अलमलिए । सिलाले बस न छिटो भने पछि पछाडि बसे ।

सिलाको घर पुग्यौ दाइको बाइकमा सिलाको दाइ रबि, मलाइ पनि आफ्नि बहिनी सिलाको जस्तै माया गर्थे ।
बुवा, आमा सुसिसक्नु भएको रहेछ । सिलाले आफ्नो कोठामा लगि मलाई ।

“साले !आफु दुनियाँ केटीसंग धुम्दा दिनरात हाम्ले केही भन्याछौ ? आज एक दिन रमाइलो गर्न नपाउनु , त्यत्रा मान्छे भाको ठाउमा बस्दा के हुन्थ्यो र ?”

उ रिस गुनासो पोख्दै थिइ म संग ।

“तिनीहरुलाई राम्रोसंग गयौ भन्न नि पाइएन है ? “

मैले मलिनो सोरमा भने । उम् दाइ आयो हामी गयौ ल भनेर म हिडिहाले । बस्छौ एक छिन भनेको कस्तो झपार्यो राति धेरै बस्न हुन्न रे । मुख बिगारि सिलाले ।

हाम्रै मायाले त होनि भयो सुतौ अब मैले सम्झाएझै गरेँ ।लुगा फेरेर पल्टियौ बिस्तारामा ।निन्द्रा त के पर्थ्यो । केसु आखा भरि घुमिरहेको थियो । मलाई साह्रै खल्लो लाहिरहेको थियो । जान्छु सम्म भन्न पाको भए , नम्बर पहिल्यै माग्नु पर्ने रैछ । कहिले फर्किन्छन् काठमाडौं । फेरि भेट हुन्छ कि हुदैन होला ? कस्तो सपना हो कि विपना हो जस्तो नि लाग्यो घरिघरि । यसरी छुटाउन किन भेट गराए होला भगवानले । एक छिन भेटिएको मान्छेको यति धेरै चिन्ता किन लाग्या होला । भेट हुने भए पनि उठेर जाउ जस्तो भयो तर संभव थिएन त्यो भिडमा । यस्तै यस्तै धेरै कुरा खेले मनमा । निदाउनै सकिन छट्पटी भइरह्यो रात भरि …..

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *