गजल : गित गाउनु छ मैले

~मनि लामा “आँसु”

उस्को सामु प्रेमिल गित गाउनु छ मैले
मुटु भरी उस्लाई नै सजाउनु छ मैले

क-कसका लागी कति माया छ भनेर
हतियार ले छाती चिरी देखाउनु छ मैले

छरेको छु फुलको बिज यो हृदय भित्र
फक्रेपछी उस्को हातमा थमाउनु छ मैले

प्रेम मरेर हैन बाचेरै गासिन्छ भनी
रोमियो र जुलियटलाई सिकाउनु छ मैले

एकै छिन पर्ख त! ए….परदेशी हावा
अलिकति उस्लाई प्यार पठाउनु छ मैले

– मनि लामा “आँसु”
किम्ताङ, नुवाकोट
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.