गजल : यो प्रेम दिवसमा

~शुकराज लिम्बु~

आउ रमाऔं यो प्रेम दिवसमा
माया लगाऔं यो प्रेम दिवसमा

भुलेर रिस,राग अनि डाह ईष्र्या
स्नेह जगाऔं यो प्रेम दिवसमा

छन् जति कुबिचार मनमा गुम्सिएका
सब दूर भगाऔं यो प्रेम दिवसमा

वाह्य सुन्दरता त जवानी छउन्जेल
मन मिलन गराऔं यो प्रेम दिवसमा

रंगीन बनाऔं अनि सुमधुर बनाऔं
बिश्वासमा हराऔं यो प्रेम दिवसमा

– शुकराज लिम्बु
पथरी शनिश्चरे-१०, मोरङ

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *