गजल : अभिमान मेरो

~स्वप्नील बादल~

तिमी मेरी हौ भन्ने, अभिमान मेरो |
तर तिमी छौ र त उदाउछ बिहान मेरो |

जिबनमा धेरै कुरा पाए अनि गुमाए
अब तिमी पाउनु नै अभियान मेरो |

धेरै भोगे, धेरै बुझे तर अजै सिक्दै छु
तिमी नै यो जीवनको दिव्य ज्ञान मेरो |

संसार मरोस्, दुनिया जलोस् केहि छैन
तिमी छौ, तिमिनै अनन्त ध्यान मेरो |

हामीलाई छेक्ने काडाहरु काटीनेछन् फाडीनेछन्
साच्चै भन्दा, तिमिनै जिऊ ज्यान मेरो |

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *