गजल : रुने मान्छे म

~बिरही लक्ष्मी~

फेरिएका नाता सम्झी रुने मान्छे म
आफ्नाबाट सधैं एक्लो हुने मान्छे म !!

हास्छु हास्नलाई वनावटी आफ्ना सग
आसुले नै सिरानी ती धुने मान्छे म !!

खुल्दैनन अन्तर्निहित वेदना यी मनका
तिम्रै तस्बिर रातो दिन छुने मान्छे म !!

सपनामा देखे तिम्लाइ कराउछु रे खै किन
तिम्रो यादमा सधैं पागल हुने मान्छे म !!

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.