कविता : मातृभूमिप्रतीको प्रतिबद्धता

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

म जन्मे आफ्नै देशमा
हुर्कन पाए यही देशमा
देशका लागि केही गर्न
साहस छँदैछ मेरो मनमा ।

सुन्दर शान्त र विशाल
मेरो प्यारो देश नेपाल
कति राम्रा छन् ल हेर
सेता अग्ला हिमाल ।

प्रकृतिले भरिपूर्ण
मेरो प्यारो देश
अनेकौ जातिको बसोबास
अनेकौ थरीका भेष ।

छङ-छङ गर्दै झरेको
झरना हेर्दा झनै राम्रो
चौध अञ्चल पचहत्तर जिल्लाले
बनेको यो देश हाम्रो ।

सीता भृकुटीजस्ता नारी
जन्मे यही देशमा
शान्तिका अग्रदूत गौतम बुद्ध
जन्मिए यही धर्तीमा
नाम देशको चिनाउने यिनै
ज्ञानको ज्योति फैलाउने यिनै ।

चन्द्र र र्सर्ूय नेपाली झण्डा
रातो रंगले कोरिएको
मेरो देश साझा फूलबारी हो
सबै जाति सबै भाषीकाृ ।

तर्राई पहाड हिमाल हर्ेर्दै
रमाइलो म मान्छु
नेपाली भई जन्मेकोमा
गौरवशाली ठान्छु ।

देशकै लागि बाँच्नेछु
देशकै लागि मर्नेछु
मातृभूमि जोगाउन
सधैँ प्रतिबद्ध रहनेछु ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.