कविता : सपनाका बिम्बहरु

~नारायण पोखरेल~

उस्ले गितहरु गाउँछे ,
त्यो मेरा लागि हुन्छ !
उस्ले हातमा रंग लगाउँछे
त्यो पनि मेरा लागि नै हुन्छ !
उस्ले ताराहरुलाई छोडेर
मेरा लागि तरंग स्वयं पैदा गर्छे !
मेरा सपनाहरुलाई ,
ईच्छाहरुलाई बुनेर
गजलका पंत्तीहरु बनाउछे !
म सुत्दा पनि
उ मेरो साथमा नै रहन्छे ,
आफ्नो काखलाई बिस्तारा बनाईदिन्छे !
बेरंग सपनाहरुलाई
सप्तरंग बनाईदिन्छे !
उस्ले जब हात मेरो टाउकोमा राख्छे ,
उस्को हातले हर मौसमलाई बदलेर
बसन्त बनाईदिन्छ !
उस्ले आवाज नदिएपनी
यो मनले उसको धुन
आफै पत्ता लगाईदिन्छ !
नजर नलगाएपनी
अन्दाज नसालु बनिदीन्छ !
सारा दुनीया म सँग दिवाना भएपनी ,
म उ सँग दिवाना भएँ !
उ नै हो जोसँग म
रंग भर्न चाहन्छु !
बेरंग सपनाहरुलाई
सप्तरंग बनाउन चाहन्छु !
उस्ले मेरो हर प्राप्तीहरुलाई
आफ्नो साथ दिन्छे ,
आफ्नो आवाज दिन्छे ,
आफ्नोपनको आभास दिलाउछे !
उस्ले मेरो आवाजहरुलाई पनी
उपयोग गर्छे ,
ख्यालहरुलाई आँच आउन दिन्न !
गितका पंतिहरु उस्ले बनाउँछे
त्यसमा आभास मलाई दिलाउँछे !
कबिताहरुमा मेरै शब्दहरु उपयोग गर्छे ,
मनबाट निक्लीएको सपना भरीदिन्छे !
मेरो मनबाट निक्लीएको शब्दहरु खाएर ,
उस्ले आफ्नो लेखन को भोक मेट्छे !
मनलाई चंगा बनाएर यता उता उडाउछे ,
बाधाहरुलाई जोडेर उच्च बनाउछे ,
डरलाई एक कुनामा थन्काउछे !
उस्ले मेरालागि गितहरुमा
रंग भरीदिन्छे ,
उस्ले ताराहरुलाई छोडेर
मेरा लागि तरंग स्वयं पैदा गर्छे !
बेरंग सपनाहरुलाई
सप्तरंग बनाईदिन्छे !!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.