गजल : मैले पनी आगो खाएँ!

~अशोक ‘खलानको मान्छे’~

अग्निबर्षा हुँदा फेरी मैले पनी आगो खाएँ!
रातभरी काम्दै काम्दै मैले पनी आगो खाएँ!!

लाशको पहाड बनाउँदा आफ्न हरु गुमे!
आशुँका भेल बगाई मैले पनी आगो खाएँ!!।

आगनिमै सानेदाई भाउजु सामु काटिएथे!
सानो नानी संगै रुदा मैले पनी आगो खाएँ!!

अझै पनी सुध्खोरको नाम संगै घर बार त्यागे!
अधम युग् दोहरियो मैले पनी आगो खाएँ!!

सपनाको कुरा गरी गरीबलाई लुट्नेहारु!
जनता को नाम सुनी मैले पनी आगो खाएँ!!

देशमा आगो रोप्नेहारु महलमा पुगिसके!
भ्रस्टाचार र महंगिको मैले पनी आगो खाएँ!!

– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी
aryal.ashok@googlemail.com

This entry was posted in गजल and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *