गजल : आयौ र त रसिलो भयो

~सावित्री सिलवाल सापकोटा~

उराठिलो जिन्दगीमा तिमी आयौ र त रसिलो भयो।
त्यसैले त जीवन जिउन सहज र सजिलो भयो।

जस्तो सुकै कठिन समय र परिस्थिति आए पनि
समझदारीले सामना गर्यौ र सम्बन्ध कसिलो भयो।

भिन्न थिए होला लक्ष्य तिम्रा मेरा पनि भिन्न थिए
जे जस्तो भए नि सम्झौता गर्यौ र त लचिलो भयो।

दुबै मिली गोडमेल गर्यौ पिरतीको फूल फूलायौ
आकाश छुने लक्ष्य लिएनौ सन्तोषले हसिलो भयो।

दुखमा आत्तिएनौ सुखमा नि कहिल्यै मत्तिएनौ हामी
सुख र दुख आँसु र हाँसो बुझ्यौ र त गतिलो भयो।

सावित्री सिलवाल “सावी”
पोखरा– १४, कासकी

(स्रोत : ओएमसी नेपाल डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.