गजल : आखिर मोडिन्छ कतै

~घनश्याम प्याकुरेल~

हिडेको बाटो आखिर मोडिन्छ कतै।
नचाहेरै धेरै कुरा छोडिन्छ कतै।

चर्चा त भयो कृष्ण र राधाको तर
मायाँ यता नाता अन्तै जोडिन्छ कतै।

समय र बाध्यताको मेल नहुँदा
सम्झौतामा सम्बन्ध तोडिन्छ कतै।

मायाँलूलाई मुटुबाट झिक्न नसकेर
त्यसैले त सिसा झै मुटु फोडिन्छ कतै।

घनश्याम प्याकुरेल
काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.