गीत : मेरो पछयौरी!

~निश्चल काउचा~Nischal Kaucha

साउने सिमसिम झरीले कान्छा भिज्यो मेरो पछयौरी!
आजभोली लाग्दैन बाडुल्की कतै मलाई भूलीसक्यौकी !!

नलाउनु रैछ टाढाको माया भेटघाट हुन गाह्रो भो !
पल पल याद आईरहने मन बुझाउन साह्रो भो !!

सल्लेरीमा सिरीसिरी हावा चल्यो मन मेरो उडी गयो !
आउ कान्छा चाडै डोली लिई गाउघरले कुरा कात्यो !!

-निश्चल काउचा
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.