लघुकथा : डाक्टर

~शेखर ढुंगेल~Shekhar Dhungel

अस्पतालको आपद्कालिन कक्षमा दुर्घटना को कारण टाउकोमा गम्भीर चोट लागेको एक युवक का आमा बाबु र आफन्त हरू सम्बन्धित विज्ञ डाक्टर को तिब्रतापुर्बक प्रतीक्षामा थिए ।

कोही नर्स लाई बारम्बार कुन बेला आइ पुग्ने हो रु डाक्टर भन्दै थिए त् कोही अस्पतालको व्यवस्थापन लाई गाली गर्दै थिए । आपद्कालिन कक्षको वातावरण अतिनै तनावपूर्ण थियो ।

आमा बाबु डाक्टर लाई गाली गर्दै रुदै थिए । केही समय पश्चात् डाक्टर हत्तार हत्तार गर्दै आपद्कालिन कक्षमा प्रवेश गरे ।

बिरामीका आमा बाबु र आफन्त हरुले एक मुख लागेर डाक्टर माथि आइ लागे कस्तो लापरबाही हो यो रुअस्पतालको काम छोडेर कहाँ गएका थियौ रु डाक्टर हौ कि राक्षस तिमि रुयहाँ बिरामी को प्राण जान लागि सक्यो तिमि आफ्नो मस्तीमा यस बेला आउदै छौ रुमेरो यो एक मात्र छोरो लाई केही त् होस् न त्यसको जिम्मेवारी तिमीले लिनु पर्छ हामी बाँकी राख्दैनौ तिमि लाई यो अस्पताल मा आगो लाग्छ अब !!!

डाक्टरले बिनम्र हुँदै हात जोडेर बिरामी का आफन्त लाई भने माफ गर्नुस म एउटा जरुरी काम ले केही समय अस्पताल बाहिर गएको थिए ।बिरामी लेराएको खबर पाउने बित्तिकै काम छोडेर म सक्दो छिटो आइ पुगेको छु तपाईँ हरू शान्त रहनुस धर्यता गर्नुस ।मलाई उपचार मा जान ढिला नगरी दिनुस ।

बिरामीका आमा बाबु र आफन्त हरू झनै कुर्लिए के रे शान्त हुनुस रे रुधर्यता गर्नुस रे रु आफू अस्पतालमा डिउटीमा नबस्ने सही काम नगर्ने अझै हामी लाई शान्त रहन धर्य हुन् भन्ने रुमेरो छोरो लाई केही त् होस् न अनि थाहा पाउने छौ । के तिम्रो सन्तान यस्तो दुर्घटनामा परे भने तिमि शान्त रहन सक्छौ रुउपचार न भए नि हेरेर धर्यता गरेर बस्न सक्छौ ?

डाक्टर ले फेरी हात जोड्दै भने ईश्वर सित प्राथना गर्नुस सब ठिक हुन्छ न आत्तिनुस मलाई उपचार गर्न जान दिनुस भन्दै बिरामी लाई शल्यक्रिया गर्ने कक्ष मा लिएर गए । बाहिर बिरामीका आमा बाबु र आफन्त हरू को आक्रोस अझै शान्त भएको थिएँन डाक्टर लाई गाली गर्दै थिए ।
डेढ दुई घन्टाको शल्यक्रिया पश्चात् डाक्टर मुस्कुराउदै शल्य कक्ष बाट बाहिर निस्के र बिरामीका आम बाबु लाई धाप मार्दै भने भगवानको कृपाले हजुर हरुको छोरा अब खतरा बाट मुक्त छन् चिन्ता नगर्नुस ।

यो सुनेर बिरामीका आमा बाबु र आफन्त हरू खुसी भए र सोध्न थाले डाक्टर कहिले सम्म निको हुन्छ मेरो छोरा रुकहिले डिस्चार्ज गर्ने रुहामीले कुन बेला भेट्न पाउछौ ?

सबै कुरो नर्स लाई सोध्नुस भन्दै डाक्टर फेरी हत्तार हत्तार गर्दै बाहिर निस्किए ।
बिरामीका आफन्त हरू नर्स माथि आइ लागे । कस्तो घमण्डी डाक्टर हो यो रुदुई मिनेट रोक्किएर हाम्रो प्रशनको जवाफ दिन सक्दैनथे रु
त्यस्तो के हत्तार थियो बिरामीका चिन्तित आफन्त लाई जवाफ नदिएर हिड्नु पर्ने ?

नर्सले आँखा बाट तरर । आशु झर्दै खसाल्दै भनिन ‘।।

हिजो साँझ मात्र डाक्टर साहेब को एक मात्र छोरीको ठुलो दुर्घटना मा परि मृत्यु भएको थियो ।
तपाईँ हरुको बिरामी अस्पताल ल्याई पुर्याउदा डाक्टर साहेब आफ्नो छोरीको अन्तिम सस्कार लागि तयारी गर्दै हुनु हुन्थ्यो ।
अस्पतालको फोन पाउने बित्तिकै वहा अन्तिम सस्कार को काम छोडेर तुरुन्तै आउनु भएको थियो । तपाईँको छोरा लाई बचाएर अब फेरी आफ्नो छोरीको अन्तिम सस्कारको लागि हत्तार हत्तार गर्दै जानु भएको हो ‘‘।

(स्रोत : इन्द्रेणी अन्लाईन डट कम)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *