कविता : समय सँगै जिन्दगी सुल्टो घुम्लाकी !

~जिबिहाङ राई~

मेरो भित्तामा
सिसा कोरिएको, भाग्य फोरिएको
घडी घुमिरहन्छ सधैं सुल्टैतिर
मैले जानेदेखी जान्दासम्म
कहिले उल्टो घुमेन यो
भाले बास्दा ऊ अंक चारलाई धाप मार्छ
घाम उदाउँदा ऊ अंक छमा अंगालो सार्छ
पालेदाईको घण्टिको आवाज संगै
ऊ नौ लाई बजाउछ
टाउको माथी घाम्ले टेक्दा ऊ १२ मा दौडन्छ
बेसिबाट गोठला उकालो लाग्दा ऊपनि
बेलुकाको ६ तिर चढ्छ
हो मैले जान्दासम्म घुमिरहेछ सधैं सुल्टैतिर

तर
मैले जान्दा देखि जिल्दगी भने उल्टो घुमेको छ
सधैं बारम्बार, एकैनाश उल्टै घूमिरहेको छ
जिन्दगीलाई सँधै समयले सबैलाई उल्टो घूमाइरहेको छ
यहाँ
आफन्तहरू दुश्मन बने
बुद्दिमानहरू मुर्ख बने
बेद पढ्ने ज्यानमारा बने
मायालूहरु मुर्ख बने
यहाँ
धनीहरू चुइया
पढ्ने कूलंघार

कलमहरू हतियार बने

यहाँ
काम गर्नेहरू बेरोजगार बने
नगर्नेहरू सदाबहार बने
गफ चूट्नेहरू बडा बने
सोझा सिधाजती घोडा बने

यहाँ
मन्दिर धाउने अपराधी बने
बाचा लाउने बिश्वासघाति बने
हो
मैले जानेदेखी जाँन्दसम्म् यस्तै भैरहेछ्
समय सधैं उल्टै घूमिरहेछ
थाहा छैन
समय किन उल्टो घूमिरहेछ
शाहेद्
मेरो भित्ताको घडी सूल्टो घुमेर पो हो कि
अबत
मेरो भित्ताको घडी उल्टो फर्काइदिन्छु
अनी बल्ल
जिन्दगी सुल्टो घुम्लाकी !

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *