कविता : म लाटी

~मनुषा राई~

मौन
म बोल्दिन
मलाई देखनेले लाटी घुस्घुसे
अनतर्यामी भनेर आरोप लगाए
मलाई थाहा छ
बोलेर केहि हुन्न्
तेसैले म मौन छु
किनकी
तिनीहरु लाइ के थाहा
म अबोधको पिडा ?
कतिखेर थाहै नपाई
पसिनाले साटेको पिठो
तातो एकगास टिपेर
समसाँझै संगै झपकक निदाउने सपना
साँझ हुन नपाउदै हावा र पानीले छोप्ला
स्याउला र चित्रा बाट बनाइएको महल
डोब र किलालाइ मात्र छाडेर उडाउला
अनि
ताज महलको मिठो सपनासगैँ चक्नाचुर
भइदिन्छ कतिखेर
तेसैले म मौन छु
म अबोध लाइ के थाहा
बाँच्ने आसामा रुदै
बाछिटा भिजेको पिठो
बाडीले बगाए पछि
खुला आकश मुनि
निस्तब्ध रात सँगै
भोक प्यास, हावाहुरी र पानीमा
जाडो र गर्मी भन्न नपाई
भोक भोकै रुदै कराउँदै बच्नु पर्छ भनेर
त्यसैले म बोल्दिन
बोलेर केहि हुन्न
र त म मौन छु
तिमिले देखदा म
लाटी, बुंगी, र सोझी छु
थाहा छ मैले यहाँ बोलेर
केही हुन्न ।

-काठमाडौं

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.