गजल : मन’को घर होस

~जीवराज बुढाथोकी~

सुन्दर एउटा मन’को घर होस !
सधैंभरि गृहलक्ष्मी’को भर होस !!

थकाइले चुर भई, पुग्दा घरमा,
भरि गिलास दुधमा’थि तर होस !!

मीठोमसीनो सधैं त्यो, नभए पनि,
परिकल्पनाको तीज’को दर होस !!

सधैं पोखौं लाग्दा कुरा, मनभित्रका
उनीलाई, सुनी दिने, रहर होस !!

खस्रै भए पनि त्यो, वचन बोलीमा,
मनमा प्रेमभावको, नहर होस !!

मीठो मुस्कान ओठको, पस्केर दिंदा,
हृदय देखि नै त्यस्को, कदर होस !!

सुख र शान्ति रहोस, सर्वदा छाई,
जीवनमा उमंगको, लहर होस !!

सुन्दर एउटा मन,को घर होस,
सधैंभरी गृहलक्ष्मी’को भर होस !!

(१३ बर्णका लाइनमा ८/५ मा बिश्राम)

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.