गजल : आँखाले खिसाएको हुनसक्छ

~रितु खनाल~

चर्केको निद्रालाई आँखाले खिसाएको हुनसक्छ
दुख पीडा आँसु मसङ रिसाएको हुनसक्छ ।

ताता सपनाका घाउ खाटा सकेन देख्न आँखाले
जानीजानी पीडा माथी पीडा मिसाएको हुनसक्छ ।

बन्यो दर्दको पहिलो अनुभव खुसिले मुटु रेटिदा
तातो माया बिर्सेर उस्ले मन चिसाएको हुनसक्छ ।

गुलाब को रातो फुल सफल प्रेम प्रतीक थियो
पदचाप भरी बिझाउने प्रेमिलकाँडा बिसाएको हुनसक्छ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.