कथा : आत्मालापको क्यानभासमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु ।

मेरो पात्र भन्दै छ – कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी छु । त्यसै पनि तपाईँले मलाई आफ्नो कथाको प्रमुख पात्रमा नराखेर मलाई अन्याय गर्नुभएको थियो । जसरी तरकारी बेच्ने पसलले मूल्य विनाको तरकारी थोरै छेउमा राखेको हुन्छ, जसरी एउटा फिल्म निर्देशकले् सानो भूमिका दिएर चलचित्रमा खेलाएको हुन्छ, जसरी एउटा मासु पसलले मासुको भाउ बेग्लै तोकी मूल्यविनाको टाउको र खुट्टा बेग्लै बेच्ने गर्दछ । हो त्यहीस्तरमा तपाईँले मलाई आफ्नो कथामा सानो भूमिका दिनुभएको थियो । भूमिका सानो भए पनि गहन र संवेदित थियो । मेरो कथाबाट पाठक अत्यन्त भावुक हुन सक्थ्यो । मेरो कथा यसप्रकारको थियो – देशमा द्वन्द्व चलेको समय थियो -सरकारीपक्ष र व्रि्रोहीपक्षको । राकेश र मेरो स्कुल पढ्दादेखिको प्रेम थियो क्याम्पस पुगेपछि हाम्रो प्रेम अझ मौलाउँदै र झ्याङ्गदिै गएको थियो । राकेशको सपना नै जागिर खाएर मलाई बिहे गर्ने थियो । द्वन्द्वकालीन समयमा प्रहरीमा जागिर पाउन उसलाई गारो भएन । ऊ इन्सपेक्टर बन्यो । उसले जागिर पाइसकेपछि हाम्रो मिलनलाई कसैले रोक्न सक्दैनथ्यो । मेरो परिवारमा सबैजनाले द्वन्द्वकालीन अवस्थामा इन्सपेक्टरसँग बिहे नगर्ने सल्लाह दिएका थिए । तर हामीले सँगै मर्ने सँगै बाँच्ने कसम खाएका थियौँ । त्यसैले हाम्रो कसमकोअगाडि कसैको केही लागेन । हाम्रो बिहे भयो । हाम्रो दुवैजनाको परिवारलाई दुख र अभावले लखेटेको थिएन । त्यसैले सम्पूर्ण खुसीहरू हामीलाई बाटो देखाउदै अघि लाग्न थाल्यो ।

हाम्रा सपनाहरू विपना हुन पाएकोमा खुसीले नाचिरहेको थिए । यति धेरै लामो समयको पर्खाइपछि दुइआत्मा मिलन भएको थियो । लाग्थ्यो यो धर्ती र आकाशको मिलन थियो । हाम्रो खुसीको परिधि असीमित थियो । तर ..तर ..भाग्यले हामीसँग यसरी इष्र्या गर्ला भन्ने मैले सोचेकी थिइनँ । बिहे गरेपछि एक महिना पनि सँगै बस्न नपाउँदै राकेशको भिडन्तमा मृत्यु भयो । संसार शून्य भयो । पृथ्वीको गति रोकियो । हावा हावाविहीन भयो । प्रकाश प्रकाशविहीन भयो । मेरो भाग्यमा जताततै अध्यारोले साम्राज्य गर्यो । म राकेशसँग मर्न पनि सकिनँ । कृष्णले छोडेर गएपछिको विरहणी राधाझै म पनि विरहको धुनमा केके भन्दै लेख्दै हिड्न थालेँ । उसको सम्झनामा दिन बिताउनु कापी केके लेख्दै फ्याक्दै गर्नु मेरो नियति भएको थियो । एकदिन आफ्नो मनको बह कापीमा यसरी उतारेकी थिए

न त मरिजानु न त गरिखानु पायौ तिमीले किन
चुडाल्यौ मायाको बन्धनलाई निठुरी त्यो हातले किन

सोचेको थिए मायालाई तिम्रो सिउरिनेछु चुल्ठोमा सधैँ
सोचेको थिए प्रत्येक ढुकढुकीमा त्रि्रै नाम जपिरहने

संसार जलेन मात्र तर मात्रै खरानी भए म किन
लाशमाथि दागबत्ति बल्दैन मात्रै बलिरहे म किन –

जिउँदो लाश मात्रै भइरहन बाँच्नु छ भने
यो संसार त्याग्दैन यो शरीर किन –

सांसारिक बन्धन तोडे आत्माको बन्धनलाई
तोड्न सक्नेछौ तिमीले मसँगको जनमजनमको सम्बन्धलाई

यो शरीर भौतिकरूपमा मात्र जीवित थियो । आत्मा त राकेशसँगै गइसकेको थियो । कसरी फेरि जीवनले जीवन पायो मैले थाहा पाउन सकिनँ । भौतिक शरीर भौतिक नै हुँदो रहेछ । ऊ आफै हाँस्न जान्दो रहेछ, आफै रमाउन जान्दो रहेछ । राकेश जहिले पनि भन्ने गदथ्र्यो – ‘म मरिहाले भने तिमीले अर्को जीवन सुरु गर्नु है ।’ उसको यो वाक्य बारम्बार मेरो कान प्रतिध्वनित भइरहन्थ्यो । वास्तवमा एउटा प्रहरीको पत्नीले यी सम्भाव्यतालाई पहिले नै आत्मसात गरिसकेकी हुँदीरहिछे । त्यसैले होला राकेश विना पनि मैले जीवनलाई सम्झौता गर्न सिकाएँ । आस्था, विस्वास र प्रेम पाल्न सिकाएँ र गोरेटोमा एक्लै डोरिन सिकाएँ । तर जति हिँडे पनि नसकिने जीवनले थकाइ मार्न चौतारोको खोजीगर्न थाल्यो । सहारा दिने वैशाखी खोजी गर्न थाल्यो । शीतल छहारीको आवश्यकता महसुस गर्न थाल्यो । यस्तै रहेछ जीवन बाँचेर बाँच्न नसकिने । बुझेर बुझी नसकिने । भोगेर भोगी नसकिने । वसन्त फुल्ने यौवनमा मरुभूमिको तातो वाफले निसासिन्थेँ म । मजस्तै सयौँ विधवाहरू हेरेर मन बुझाउने गर्दथे । हामी तडपीतडपी बांच्न बाध्य थियौँ । हाम्रो सिउँदो क्रान्तिको आलो रगतमा उजाडिएको थियो । लोग्नेको न्यायो अँगालो हाम्रो लागि अकल्पनीय थियो । पुरुषको र्स्पर्श, गन्ध , आर्कषण हाम्रो लागि असम्भव थियो । वर्तमान हामीलाई सिस्नो पोलेझैँ पोल्ने गर्दथ्यो । भविष्य हाम्रो अन्धकारको गर्तमा भासिएको थियो । त्यसै पनि विधवाले समाजमा अपहेलित भएर बाँच्नुपर्ने बिडम्बना । न कतै खुसी थियो, न कतै उमङ्ग । न कुनै उद्देश्य थियो न कुनै भविष्य । धागो चुडिएको चङ्गाझैँ आकाशमा फगत उद्देश्यविहीन उडिरहनु हाम्रो नियति थियो ।

कथाकार अनामिकाज्यू मेरो कथा यस्तै थियो । मेरो कथालाई प्रमुख पात्रमार्फ लेखाउनुभएको थियो । मेरो भूमिका सानो भएपनि सशक्त र समसामयिक थियो । जुन कथाले राजनीति गरेर मन्त्री भएकाहरूको् हृदय हल्लाउन सक्थ्यो । उनीहरूको आँखामा चेतनाको बिम्ब झल्काउन सक्थ्यो । त्यसैले तपाईँले सानो भूमिका दिएर भएपनि कथामा राखिदिनु भएकोमा म अत्यन्त खुसी थिएँ । किनभने धेरैले यो कथा पढनेछन् र हाम्रो मरुभूमि बनेको जीवनमा कोही त वसन्तको पालुवा फुलाउन तयार होलान् कि भन्ने मलाई आशा थियो । तर्सथ सानै भूमिकामा भएपनि त जीवन्त हुन पाएकोमा औधी खुसी थिए“ ।

तपाईँको प्रमुख पात्रले पनि मलाई सहनुभूति देखाएको थिए । मैले सोचे अरू नभए पनि लेखकहरू संवेदित हुन्छन् र मेरो आर्तनादलाई निर्मूल पार्न कुनै पाइला चाल्नेछन् । तर तपाईँको प्रमुख पात्र लेखकले मलाई सहनुभूतिको शब्दपोखेर आफू हिँडिदियो । मेरो भाग्य उठाउने कोशिश नै गरेन । त्यसको बदलामा उसले आफ्नो विभिन्न समस्या र बाध्यताहरूको बन्धनले लाई बाँधेर आफूचाहिँ फुत्त उडेर भागिदियो । त्यै पनि मैले सोचै, जे जति भए पनि मेरो पीडा कथामा र्सार्वजनिक भएको छ ऊ नभए पनि अरू कोही मेरो भाग्य बनाइदिने बिधाता त अवश्य आउला । यस्तै आशामा मनमा अनेकौ रङ्गीविरङ्गी भावना उमार्दै जीवनको सप्तरङ्गी खुसीहरू मनमा खेलाउँदै आफू र्सार्वजनिक हुने दिनको प्रतिक्षामा थिएँ म ।

म र्सार्वजनिक भएं अर्थात् मेरो कथा छापियो । त्यो दिन शनिबार परेकोे थियो । म राष्ट्रिय पत्रिका मार्फ घरघरमा र दोकानदोकानमा पुगेकी थिएँ । म मा चञ्चलता र उत्सुकता बढेको थियो । पक्कै पनि मेरो कथा धेरै जनाले पढ्ने छन् । अनि कोशीको बाढीपिडितको हृदयविदारक दृश्य देखेर सहयोग गर्ने हातहरू निस्केझैँ मेरो वेदनामा साथदिने पाइलाहरू निस्कनेछन् । तर कथाकार अनामिकाज्यू, सबै सोचेको कुरा पूरा हुँदो रहेछन् । तपार्इँ त कथाकार कथा लेख्नु भयो कुनै पत्रिकामा दिनु भयो अनि सम्भव भए कुनै अर्को पात्रलाई बलीको बोका बनाउन खोज्न थाल्नुभयो होला । तर म त पत्रिका मार्फ पाठकको हातहातमा पुगेकी थिएँ । म सबै प्रकारको पाठकसँगै साक्षात्कार गर्दै थिएँ । र्

र्सवप्रथम म एउटा हाकिमकोमा पुगेँ। ऊ कुनै मन्त्रालयको सचिव त्यस्तै केही रहेछ । उसले सबैभन्दा पहिला सरुवाबढुवा अनि भष्ट्राचारको लिस्टमा कसैको नाम पर्छ की त्यो मात्र हेर्यो । उसले कथा भनेर साहित्यविधा त हेर्दै हेरेन । यदि मेरो कथा पढेर संवेदित भएर मलाई बिहेको प्रस्ताव राख्यो भने बूढो नै भए पनि के भो – काठमाडौँमा घर, गाडी, बैङ्कव्यालेन्स भएपछि के चाहियो – जीवनले एउटा र्समर्पण र संरक्षण खोजेको छ । त्यो पनि पाइहालिन्छ भन्ने सोचेकी थिएँ तर उसले त त्यो स्तम्भ नै हेरेन । त्यसपछि म एउटा कपडा पसलेकोमा पुगेकी थिएँ । कपडा पसलेले एकछिन पत्रिका पढ्यो । उसले राजनैतिक घटना पढ्यो अनि व्यवसाय स्तम्भको केही लेख पढ्यो । त्यसपछि उसले साहित्यस्तम्भ त हेर्दैहेरेन । एकछिन पछि त मेरो कथा भएको पानामा त उसले कपडा बेरेर पो बेच्यो । मलाई सारै नराम्रो लाग्यो । कम से कम एकपल्ट त पढी दिएको भए हुने नि † त्यो व्यापारी कति राम्रो र जवान थियो । ठ्याक्कै मैले कल्पना गरेको मेरो सपनाको राजकुमारजस्तै । अझ भनौँ द्वन्द्वमा मारिएका मेरा पतिजस्तै । मेरो मन कुँडियो । म त्यही कपडामा बेरिन बाध्न भए । मेरो अस्तित्त्व र मूल्य त्यही कपडामा बेरिन बाध्य भयो । एउटा कथाकारले कत्रो मिहिनेत गरेर भोकप्यास नभनी , छोराछोरी, लोग्ने वा स्वास्नी नभनी कथा लेख्छ । तर उसको कथा हविगत देखेर मलाई मेरोभन्दा पनि तपाईँहरूजस्ता कथाकारप्रति सहनुभूति जागेर आयो । जे हुनु भइहाल्यो अब अरू पनि त हजारौँ पाठक त छन् नि कसै न कसैले त सहिष्णुता त उमार्ला नि । त्यसपछि म एउटा लेखककोमा पुगेँ । लेखकले बडो ध्यानपुवक मलाई पढ्यो । उसले पढ्ने त भइगयो । सायद उसले तपाईलाई चिनेको पनि हुनसक्थ्यो । ऊ भावुक पनि भयो तर उसको घरको हालत देखेर मलाई रुन मन लाग्यो । उसकी स्वास्नी दसैँको खर्च मागेर गनगन गरिराखेकी थिई । छोराछोरी दूध विस्कुट खान नपाएर प्याकप्याक परिराखेका थिए । उसले मप्रति सहनुभूति जनायो । शायद ऊ म बाट अर्को फेरि नया कथा लेख्न चाहन्थ्यो होला । तर मलाई किन हो उसको सहनुभूतिको कुनै प्रभाव परेन ।

त्यसपछि म एउटा मन्त्री को घरमा पुगेँ । तर मन्त्रीज्यूहरू त यति व्यस्त रहेछन् । उसले पत्रिका पढ्नुको के कुरा उठाएर हेर्नसम्म भ्याएन । फेरि मेरो चित्त भाँचियो । ती मन्त्रीहरू हाम्रै लोग्नेको आलो रगतको होली खेलेर मन्त्री बन्न पुगेका थिए । तर तिनीहरू सबले बिर्सिए । केही राहतको चारो माछालाई फ्याकेझैँ फ्याकेर उनीहरू दायित्त्वबाट पन्छिए । मरुभूमिमा तडपेको माछालाई त्यो चारोको के महत्त्व हुन्थ्यो र – एउटा सानो घर सुखी परिवार र लोग्नेको संरक्षण हामीलाई चाँहिदैन र – चारैतिर ब्वाँसाहरू तिनीहरूबाट कतिञ्जेल बचेर हिँड्नु – मेरो मन सारै गल्यो – अपमान र वितृष्णको ज्वालाले । देशको क्रान्तिमा होमिएकाहरूका विधवाहरूप्रतिको सरकारको मौनता देखेर मेरो हृदय कहालियो । कतिपय देशमा मैले सुनेकी थिएँ लर्डाईमा विधवा भएकाहरूलाई विवाह गर्नेलाई सरकारले सुविधा र भत्ता दिएको हुन्छ । तर हाम्रा देशका तिनै नेताहरू हिजो हाम्रा श्रीमानका टाउकाहरू ग्रिनेटले उडाएर आज जेटमा उड्न सफल भएका छन् । तिनलाई हाम्रो अवस्थाबारे सुन्ने र पढ्ने र महसुस गर्ने फुर्सदसम्म छैन । मलाई लागेथ्यो व्यक्तिगत रूपमा कसैले हाम्रो पीडा महसुस नगर्ला तर सरकारी भत्ता चपाएर रातदिन समाचारको अघिल्लो पानामा छाइरहने मन्त्रीहरू र जनताका आवाज बोकेर संसदमा पुगेका सांसदहरूले त हाम्रो भावना बुझ्लान् । तर मेरो आशामा डढेलो लाग्यो । मेरो मात्र हैन मजस्ता हजारौँ द्वन्द्वपीडित विधवाहरूको भावना डढेलोसँगै धुवाँधुवाँ भएर आकाशमा विलीन भयो । जुनसुकै कुरालाई पनि आन्दोलनमार्फ अभिव्यक्त हुने र पूरा हुने हाम्रो राजनैतिक र सामाजिक संस्कारमा हामीले कुन परिभाषामा मार्फ हाम्रो भावना व्यक्त गर्न सक्छौ । सक्नुहुन्छ भने हामीलाई त्यस्तो परिभाषाको आन्दोलन गर्ने तरीका सिकाइदिनु होला –

कथाकार दिवाकर नेपालीज्यू, यो एउटा द्वन्द्वपीडित महिलाको आर्दनाद हो । मैले यो दन्दपिडीत महिलाको कथा लेखेर र्सार्वजनिक गरेको केही समयपछि साच्चै एकल महिलाको लागि सरकारले बजेट भाषणमा केही सुविधा दियो तर त्यो त्यति र्सार्दभिकता थिएन किनभने त्यहा एकल महिलालाई बिवाह गर्नेलाई सरकारले मात्र पचास हजार दिने व्यवस्था गरेको थियो । यसले एकल महिलाको स्वभिमानमा ठेस पुग्न सक्थ्यो । सरकारले त्यसरी सुबिधा दिनु भन्न्दा लर्डाईमा शहिद भएकाहरुको विधवालाई विबाह गर्नेलाई अन्य सरकारी सुबिधा भत्ता दिनुपर्दथ्यो जुन अन्य देशहरुमा पनि गरिएको हुन्छ । तर मेरो पात्रले सरकारले त्यो सुबिधा दिएपछि केही मात्र भएपनि सरकारले विधवाको मर्म बुझिदियो भनेर चित्त बुझाइ होला त्यसपछि मलाई केही भन्न आइनन् ।

वास्तवमा द्वन्द्वमा यस्ता धेरै नारीहरु विधवा भएका छन् । तिनीहरू आफ्ना भावनाहरू सडकमा ल्याई अन्य पीडितपक्ष्ँले झै आन्दोलन गर्न सक्दैनन् । त्यसैले उनीहरूको जीवनलाई एउटा लक्ष्यमा पुर्याउन सरकारले कुनै गतिलो पाइला चाल्नै पर्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *