कविता : बेरोजगार…….

~तुलसी चिन्तक भट्टराई~

निराश अनि दुःखी मन लिएर
सानो झिनो आशा लिएर बजारका
गल्ली गल्लीहरुमा भौतारिदै
हिडिरहेको छ एउटा बेरोजगार

भोको पेट, उदासी चेहरा, पुरानो
जुत्ता पुरानै छ लुगाहरु पनि
घाम बर्Èा सबै सहदै– अफिसका सूचनापाटी चहार्दै
कामको खोजीमा हिड्दैछ बेरोजगार

सर्टिफिकेट हातमा लिदै
पत्रिकाका पानाहरुमा रोजगारीका बिज्ञापन हेर्दै
कहीं कतै सफलताको संकेत नभए पनि
प्रयासरत छ एउटा शिÔित बेरोजगार

सँगै पढेका उसका साथीहरु
उसलाई नचिन्ने भइसके
ठूल ठूला पदमा गइसके
उसको त जहाँ गयो त्यही ठक्कर

जहाँ पनि ठूलाबडाकै सोर्स अरे
पैसावालाकै काम छ
दुनियाँभरको अनुभव माग्छन्
कामै गर्न नपाएपछि के दिनु अनुभव रु

यो देशको यस्तो दुर्दशा देखि
बिदेशका कोठीहरु सम्झदै फेरि पनि
त्यहीं सस्तो मूल्यमा कामको खोजीमा
हिड्दैछ एउटा बेरोजगार ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.