लघुकथा : सुन्दर फूलहरू

~कात्यायन~dhanwantari-mishra-katyayan

– मेरी ठूली हस्यांग-फस्यांग गर्दै आई | स्कूलको ड्रेस नै नफुकाली मलाई ग्वाम्ल्यांगै अंगालो मारी र अगाडि उड्नलाई तम्तयार भएको लगेजहरूलाई खल्लो आँखाले हेरी र स्याँ-स्याँ गर्दै भनी, – “बाबा! बाबा! फूलहरूलाई जत्ति धेरै हेर्यो त्यत्तिनै धेरै सुन्दर हुन्छन्’रे !”

– मैले छोरीको आँखामा नियाल्न सकिन |

– मसंग दुई विकल्पहरू रहेका थिए | विकल्प थियो, – फेरि कोमामा गएर रेमिटान्सले देशलाई हिंड्न योग्य बनाउने कि; बगैंचामा गएर, नियालेर फूलहरूलाई सुन्दर बनाउने ? विदेशी मूद्रा पठाएर राष्ट्रलाई समुन्नत बनाउने कि; बगैंचाका बिरुवाहरुको स्याहार-सुसार गरेर फूल फुलाउने ?

– अब सोच्नलाई समय चाहियो नि ! लगेज खोलेर सामानहरू दराजमा यथास्थानमा राखें | अंगालोको गमलामा छोरीलाई सजाएँ !

– सुन्दर फूलको कोमल स्पर्शले म मन्त्रमुग्ध भएं !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *