गजल : विवसताको मान्छे ‘म’

~शालिकराम मुसाफिर~

बाध्यता र विवसताले सेरिएको मान्छे म
हत्कडि र काडे तारले घेरिएको मान्छे म ।

गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ
बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म ।

सजाएका मिठा सपना सिसा बनी फुटि दिए
उसको सामु ऐना सरि फेरिएको मान्छे म ।

यथार्थलाई अङ्गाल्दा तुसारो भै फैलि दिन्छ
शोक र रोगको कलमले केरिएको मान्छे म ।

बाध्यता र विवसताले सेरिएको मान्छे म
काडे तार र हत्कडिले घेरिएको मान्छे म ।

This entry was posted in गजल and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *