कविता : प्रकृती

~बादल देबि चाम्लिङ~

राम्रो मिठो, गुलियो जति सवै कुराहरु आफैलाइ राख्छ ।
र मलाइ,
बचेखुचेको रहलपहल बटुलेर खानु भन्छ ।
वरिपरि नजर डुलाएर यो धर्तिमा जन्मिएको आनन्द लुटौँ है भन्यो ।
ठुलाठुला पहाडहरु उभ्याएर छेकिदिन्छ ।
ऑखा अगाडि फगत २,४ झरनाहरु देखाइदिन्छ ।
म मख्ख परेर एकोहोरो झरनामा आफ्नै अनुहार हेर्दै गर्दा
छेवैमा ज्वालामुखीको लाभा पोखिदिन्छ ।
यहॉ रात पसेको वेला

उज्यालो उदाएको अर्को गोलार्ध हेरौँ है भन्यो
उहिल्यै पृथ्वी गोलो वनाइदिएको छ ।
भन्नु उसो हैन हुर्मत लिनु सम्म लिन्छ ।
अगाडी राम्रो दॉत देखाएर

घातक दाह्रा चाहिँ पछाडी लुकाएर राख्छ ।
सर्लक्क नागवेली उठाएर केश सजाऊँ भन्यो
फिँजारिएको जङ्गल उठाएर शरिर ढाकौँ है भन्यो
२,४ वटा भर्लाको पात मात्रै दिन्छ ।
वजार कराएको आवाज, खोली गुन्जिएको आवाज

मुर्चुङ्गामा भरौँ है भन्यो,
तिर्खा लागेको वेला हिम नदि फर्काएर ल्याउँ है भन्यो
कुवाको पानी मात्र एक बटुका उघाएर खानु भन्छ।
लोभ देखाउनु पनि एउटा सिमा हुन्छ नि
बादल कुहिरो उठाएर जूनको देश सजाऊँ है भन्यो  ।
भुमध्यरेखीय वर्षावन भरि भाषाका अछरहरु छरौँ है भन्यो
हुलका हुल जनावरहरु छाडेर जान्छ ।
म नदि किनार टोलाउदै हिडेको वेला
भुमरी छाडीदिएर जान्छ ।
हिमाल भएर हासौ, समुन्द्र भएर जमूँ भन्यो
टोर्नाडो उठाएर पठाइदिन्छ ।

वनमा हावासँग दोहोरी खेल्दै वसेको फुल ल्याएर गमलामा रोप्नु सम्म पनि भन्छ ।
मलखॉडी छेउछाउ हरियै भएको साग उखेलेर वरण्डामा रोप्नु पनि भन्छ ।
यो रनवन सवै सवै तिम्रो नै हो भन्छ ।
म निस्फिक्री सँगिनीमा झुलिरहेको वेला, वालनमा रमाई रहेको वेला
मलाई पासोमा पार्न ब्ल्याकहोल लुकाएर वस्छ ।
यसरी उ पाइला पाइला पिच्छे मेरो विरुद्व
भयङकर षडायन्त्र रचेर हिड्छ ।
यदि म सकिएँ भने

उसको दलान छेउ गौँथलीको गुँड कसले जोगाएर राखिदिन्छ ।
छितिजको अगाडी भन्ज्याँङको काख सुनाखरी, पैयूँ, उन्यू आदीले कसले सजाईदिन्छ ।
केटाकेटीहरु विनाको फुलवारीमा फूलहरु फूल्न छाडे यदि भने ।
चराहरु विनाको वगैचाले फलहरु दिन छाडे यदि भने ।
सृष्टी यसरी एक छिन मौन वस्यो यदि भने
उसलाई थाहा हुनुपर्छ ।
मलाई यसरी सिध्याउनु अगावै
उ आफैले आफ्नो अस्तित्व धरापमा पार्नु पर्ने हुन्छ।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *