कविता : पीर

~प्रतिभा पौडेल ‘एकता’~

झुपडीमा बस्ने कालु दाईदेखि लिएर
उच्च महलमा बस्ने गोरे दाइलाई हेर्छु
फेरी आँखा चिया पसल्नी कान्छी दिदीमा पर्छ
अनि रेष्टुरेन्टवाली ठुल्दिदीलाई हेर्छु
चारैतिर हेर्छु ।

कालु दाइलाई महल बनाउने पीर
गोरेदाइलाई महल सजाउने पीर
फेरी कान्छी दिदीलाई रेष्टुरेन्ट बनाउने पीर
ठुल्दिदीलाई आइटम बढाउने पीर

अन्त्यमा मलाई हेर्छु
फेरी तिम्लाई हेर्छु
मलाई तिम्रो पीर,
तिम्लाई मेरो पीर
फेरी सोच्छु

आखिर यो संसारमा पीर नहुने को नै छ र ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.