गजल : गुन्गुनाउने धेरै देखें

~अनु भट्टराई~

हिजो आज सुर न ताल गुन्गुनाउने धेरै देखें
गल्ली गल्ली चोक चोक भुन्भुनाउने धेरै देखें

गर्ने भन्दा चर्चा धेरै चौबाटो र दोबाटोमा
उथलपुथल बनाईकन सुम्सुम्याउने धेरै देखें

छलछामको रणनीति आजभन्दा भोली बढ्दो
भित्र अर्कै बाहिर भने सुम्सुम्याउने धेरै देखें

कहिले यस्तो कहिले उस्तो अरूको नै खण्डन गर्दै
साँझ बिहान चियापसलमा गुन्गुनाउने धेरै देखें

कालिका नगरपालिका वडा नं ५,
जुटपानी चितवन
हाल टोकियो, जापान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *