कविता :  गाउँको कथा

~तारा पराजुली~

अरु त ठिकै छ
जसरी पनि धड्किरहेकै छ
दुस्खले चट्याङ हानेको छातीको वारि।

पोहोर साल ठूलो भुकम्प आयो
तपाईं खुब डराउनु भो
म अलि कम डराएँ
कारण तपाईं अलि धेर हल्लिनु भो
म अलि कम हल्लिएँ।

तपाईं पुग्नु भएको छैन होला
पहाड मुन्तिर
कछाड भन्दा अलि तल
मध्य बेंसीमा
रातो माटोले पोतेको
सानो घर छ हाम्रो।

अरु त ठिकै छ
यो एकान्त जङ्गल
सांघुरो बाटो
सबै भन्दा धेरै दुस्खले बाटो छेकेर
हर्दम बलत्कारमा पर्छु।

अरु त ठिकै छ
खुशीका मुहानहरु अलि टाढा टाढा छन्
दुई घन्टाको बाटो हिंडेपछि स्कुल पुग्छे
सात हिंउद काटेकी मेरी सानी छोरी
आफ्नै श्रमदानले बनाएका छौं
खर र स्याउलाले छाएको स्कूल
तीन घन्टाको दुरीमा पंधेरो छ

पालै पालो भर्छौं पानी
कुर्कुचा ठोकिँने डोकोभित्र
जब आधा गाग्री पानी छचल्क्याउंदै
बाटोमाूजलस्रोतको धनी देश नेपालू
भन्ने कविता कण्ठ गर्छ मेरो दस बर्से छोरो
सबभन्दा ठूलो भुकम्प त
त्यो बेलाआउंछ र
जोड जोडले हल्लाउँछ मलाई।

तारा पराजुली / मोरङ

This entry was posted in कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *