कथा : एलिजा मिस

~राशि पाण्डे~Rashi Pande_1

उद्घोषकले माइक समात्दै सुरिलो स्वरमा चिच्याइन्, “आर यु रेडी ?” दर्शकहरूले ठूलो स्वरमा जवाफ फर्काए ! “यस ऽ ऽ ऽ”

उनले फेरि अझ ठूलो स्वरमा चिच्याइन, “आर यु रेडी ?” “यस वी आ’ ऽ ऽ ऽ ?” हल नै थर्कियो ।

“ले’स सो बिगिन्स् !” हलको बत्ती झ्याप्प निभ्यो । स्टेजको बीच फोकस लाइटमा एक अर्धनङ्ग्न युवती प्रकट भइन् । ताली र सुसेलीले हल थर्कियो । अर्केस्ट्राको मादक स्वर, रातो, नीलो, हरियो रङ्गबिरङ्गी प्रकाशको झिलिमिलिमा युवती पाखाको रहु माछाझैँ तड्पिन लागिन् । पाश्र्वमा मादक गीत बज्न लाग्योः

“आजको यो साँझ, पिइदेऊ सबै विषहरू,

भुलिदेऊ सबै पिरहरू …..

इन्ज्वाय द डे, इन्ज्वाय द नाइट,

आइ यम विथ यु इन्ज्वाय द लाइफ !

आऊ हासौँ साथै, आऊ नाचौँ साथै,

जिन्दगीका सबै पिरहरू, आऊ साटौँ साथै .!!

सबै जना नाच्न लागे, कोही एक्लै कम्मर मर्काइरहेका थिए, कोही जोडाजोडी । कृषक साथीको निमन्त्रणमा गुड फ्राइडेको यस सानो पार्टीमा सामेल भएको थियो । युथ ट्रान्सफोर्मेसन चर्चले आयोजना गरेको यो पार्टीमा ऊ पहिलो पटक भाग लिइरहेको थियो ।

पहिले त कृषक यस्तो पार्टीमा आउन चाहेको थिइन । उसको साथी अरण्यले हिँड न हिँड, तँ जस्ता कथाकारहरूले सबै चिजको अनुभव सङ्गाल्नुपर्छ भत्रे आग्रह तथा नयाँ नयाँ साथीहरू बनाउने लालसा उसले पनि टार्न सकेको थिएन ।

कृषक अध्ययनका लागि राजधानी आएको धेरै दिन भएको थिएन । पश्चिम पहाडको एक गाउँबाट उच्च शिक्षाको लागि आएर एक निजी विद्यालयमा व्यवस्थापन विषय पढ्दै थियो । गाउँबाट सहर पसेको धनी बाबुको छोरा भए पनि उसमा आजका युवाहरूमा हुने दुर्गुणहरू थिएनन् । ऊ धेरै सृजनशील थियो, कथा लेख्थ्यो, कविता लेख्थ्यो, खेलकुदमा अब्बल, अनि ऊ पढ्नमा पनि कसैभन्दा कम थिएन ।

सोचमग्न एक्लै नाच हेरिरहेको कृषकलाई कसैले सोध्यो, आ’ यु इन्ज्वाइङ ? म मिस एलिजा, एलिजा गुरुङ्ग एउटा सुकोमल हाथ उसको अगाडि प्रतिक्षारत थियो ।

कृषकले बढेको हात समाउँदै भन्यो, म कृषक.. कृषक नेपाल ।

म चिन्छु, तपाइँलाई, तपाइँका कथाहरू मैले इन्टरनेटको अनलाइन साहित्यमा पढेकी छुँ, अनि तपाइँको फेसबुक फ्यान पनि हुँ ।

ऊ मक्ख पर्यो आफ्ना प्रशंसामा तर मुखले केही बोलेन । उसले एलिजातिर हेर्यो कालो टिसर्ट, टाइट जिन्स, मख्खन जस्तो छाला र ३६, २४, ३६ इन्चको जीरो फिगर । ओहो, हलिउड स्टार जस्ती, ऊ मनमनै एलिजाको सौन्दर्यपान गर्न लाग्यो ।

कृषक आफ्नो रूपमा लट्ठिएको देखेर एलिजा मुसुमुसु हाँस्दै भनी, ए ऽ ऽ तपाइँले स्प्राइट लिनु भएको ? अलिकति ड्रिङ्क्स लिउँन् ?

होइन, मैले हार्ड ड्रिङ्क्स लिने गरेको छैन ।

हाउ, फनी ? तपाइँ जस्तो स्मार्टले यस्तो भत्रे ? सोसलाइजेसनका लागि पनि कहिलेकाहीँ लिनुपर्छ ।

नाइँ, नाइँ भन्दाभन्दै एलिजाले उसको लागि एउटा वाइनको ग्लास ल्याइसकेकी थिई ।

चियर्स …  हाम्रो मित्रताको लागी ।

कृषकले ग्लास ओँठमा लगायो, केही अमिलो अमिलो ह्वास्स गन्हाउने, टर्रोटर्रो, कस्तो कस्तो स्वादको ! मानिसहरू किन मरिमेटेका होलान् यस्तो चिजमा ? के मजा आएर पिएका होलान् ? उसले मनमनै सोच्यो र एलिजालाई आँखाभरि समेट्न लाग्यो । ऊ मजाले वाइन पिइरहेकी थिई र साथीहरूलाई मस्कीमस्की हाय, हलो गरिरहेकी थिई ।

कृषक केही अन्तरमुखी स्वभावको थियो । नयाँ मानिसहरूसँग खुलेर मिल्न नसक्ने, मानिसहरूसँग निर्धक्क बोल्न नसक्ने । उसका धेरै साथीहरू थिएनन् । एलिजा जस्ती केटी साथी बत्र आएकोमा ऊ पनि दङ्ग प¥यो । उसकोे एउटा कमजोरी थियो– दिउँसै सपना देख्ने, राम्री केटीहरू देख्नासाथ नानाथरिका कल्पना गर्न लाग्दथ्यो ऊ । अनि आफूले देखेका सपनाहरूलाई आफ्ना कथाका पात्रहरू मार्फत अभिव्यक्ति दिन्थ्यो । उसले कल्पना ग¥यो, “स्लिभलेस टिसर्टलगाएर जीउमा लपक्क टाँसिएकी एलिजालाई दुईसय पचास सीसीको बाइकमा राखेर फुल स्पीडमा लङ्ग ड्राइभमा गइरहेको” क्या मज्जा ! कस्तो स्वर्गीय आनन्द, अनि ऊ मुसुक्क हाँस्यो ।

तँ त, छुपेरुस्तम् रहिछ्स्, उसको साथी अरण्य भनिरहेको थियो । कृषक झल्याँस्स भयो, उसलाई केही लाज पनि लाग्यो । वास्तवमा उसले पनि यो पार्टीमा आएर वाइन खाने र केटीसँग मित्रता गाँस्ने औसर मिल्ला भन्ने सोचेकै थिएन । उसलाई केही ग्लानी पनि भयो, आफ्नो आदर्शबाट तल झर्न लागेकोमा । पढाई छाडेर मौजमस्ती गर्न लागेकोमा । अब कुनै पार्टीसार्टिमा नजाने, कुनै केटी साथी नबनाउने र सृजनात्मक काममा मात्र आफूलार्ई व्यस्त राख्ने संकल्पका साथ ऊ फरक्यो र पढाइमा व्यस्त भयो ।  एलिजा, अरण्य कसैसँग पनि उसले सम्पर्क राखेन । यस्तो विकृत युवाहरूको सँगतमा परेर पढाइ र जीवन बर्वाद नगर्ने उसले अठोठ लियो ।

“हाय, प्लिज मिट मी एट डायमन्ड प्वाइन्ट, टु डे एट नुन, एलिजा” अर्को शनिबार, मोवाइलको मेसेज बक्समा एलिजा खितिखिति हाँस्दै उसलाई निम्त्याइरहेकी थिई । अब कसैसँग भेट गर्दिन, उनीहरूको वास्ता गर्दिंन भन्दाभन्दै पनि ऊ स्वचालित रूपमा ठिक समयमा भनेको ठाउँमा पुग्यो । एलिजा, आज फूलबुट्टे पिङ्क कलरको सलवार कुत्र्तामा थिई । ओह, ऊ त आज एन्जल जस्ती देखिएकी,  परी जस्ती, कति सुहाएको ? उसलाई देख्नासाथ उसले फेरि दिउँसै सपना देख्यो, “एक नवदम्पती बार्बि डल जस्ती छोरीको अङ्गुली समाएर किनमेलका लागि, क्यापिटल मलमा इलाभेटर चढिरहेका …….।”

के सोच्न लाग्यौ ? एलिजा भनिरहेकी थिई, हिँड्, म आज तिमीलाई मेरा साथीहरूसँग परिचय गराउँछु । उसले एलिजाको आग्रह टार्न सकेन् । उनीहरू नजिकैको युथ टान्सफर्मेसन चर्चमा पुगे । चर्चमा उत्सव जस्तो वातावरण थियो । करीब पचास साठी जना मानिसहरू सुकिला, राम्रा कपडाहरू लगाएर सहभागी भएका थिए, विशेषतः स्कुल, कलेज पढने विद्यार्थीहरू तथा साधारण जागिरे जस्ता सर्वसाधारण ।

चर्चको भित्तामा एउटा ठूलो पोट्रेट सजाइएको थियो, कालो कपडाले निधारसम्म ढाकेकी भर्जिन मरियमको काखमा सानो बालक यशू ख्रिष्टको चित्र अनि अगाडि एक ठूलो क्रस थियो । क्याथेड्रल (उपासनागृह) मा विभित्र प्रकारका झाडफानसहरू झुन्डाइएका थिए । फादरका लागि एक उच्च आसन र प्रार्थनाका लागि मानिसहरू बस्न सफा, मुलायम कालिन ओच्छाइएको । चर्चमा पैतालासम्म ढाकेको सेतो गाउन लगाएका मङ्क र ननहरूको व्यक्तित्व अति करुणमयी तथा प्रभावशाली देखिन्थे ।

प्रभु यशु परमेश्वरका सन्तान हुनुहुन्छ, । उहाँ मसिहा हुनुहुन्छ, हाम्रो मुक्तिदाता । हाम्रा सबै दुःख हरण गर्ने, प्रभु ख्रिस्टलाई धन्यवाद । उनीहरू बाइबलको पाठ गर्न लागेः

“तिमीहरूले सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर, तर म भन्छु, तिमी आफ्ना शत्रुलाई प्रेम गर र तिनीहरूका निम्ति प्रार्थना गर । याद गर स्वर्गमा हुने पिताले दुष्ट र सज्जन दुवैलाई बराबर सूर्यको ताप दिनुहुन्छ, धर्मात्मा र पापी सबैलाई वृष्टि दिनु हुन्छ । तिमीहरू पनि स्वर्गमा हुने पिता जस्तै सबैलाई बरोबर व्यवहार गर । मत्ती (बाइवल) ५ः४३–४८– शत्रुलाई प्रेम ।”

आमिन । बाइवलको पाठ सकियो । अनि प्रसाद ग्रहण गरेर सबै एकसुरमा प्रार्थना गर्न लागे, भजन गाउन लागे ……..।

चर्चमा उसले केही नयाँ साथीहरू बनायो, पास्टर र ननहरूसँग मित्रता गाँस्यो । आउँदै गर्ने निमन्त्रणा पायो ।

एलिजाले चर्चको स्थापना, उनीहरूको मण्डलीका कार्यक्रमहरू, उनीहरूले समुदायका लागि गरेका क्रियाकलापहरूबारे बताउँदै भनेकी थिई, शुक्रबार आयोजना हुने पार्टिबाट बचेको पैसाबाट चर्चले सामुदायिक सेवाको काम गर्छ, गरिबहरूको सेवा गर्छ । धेरै गाउँहरूमा स्कुलभवन बनाउन सहयोग गरेको छ, गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको छ, स्वास्थ्य शिविरहरू सञ्चालन गर्छ । सामाजिक कार्यक्रमकी अध्यक्ष एलिजा नै थिई । यत्रो सानो उमेरमा यतिको ठूलो जिम्मेवारी, समाज, राष्ट्रप्रतिको उनीहरूको समर्पण ! यी सब थाहापाएर कृषकज्यादै प्रभावित बनेको थियो । उसलाई केही ग्लानी पनि भयो उसले केही नबुझी उनीहरूप्रति नकारात्मक धारणा बनाएकोमा । कृषक र एलिजाको मित्रता अझ घनिष्ट हुँदै गएको थियो । ऊ फुर्सदको बेला एलिजासँगै चर्च पनि जान लाग्यो ।

एलिजाको शिक्षादिक्षा सेन्ट मेरी स्कुलमा भएको थियो, उच्च अध्ययनका लागि ऊ निकट भविष्यमा लन्डन जाँदै थिई । ऊ बाल्यकालदेखि नै हस्टलमा बसेर पढेकी थिई, पाश्चात जीवनशैलीमा हुर्केकी, बढेकी । कहिलेदेखि उसले इसाई धर्म मात्र लागी उसैलाई थाहा भएन । एलिजाको बुबा ब्रिटिस आर्मीमा थिए, अहिले उनी परिवार सहित लन्डनको एक्टन–टाउनमा बस्थे ।

कृषकको परिवार पनि सम्पत्र र शिक्षित थियो । उसका बाजे बनासरमा बसेर पढेका थिए । धर्मकर्म, पूजापाठ गर्नु, आफ्नो संस्कृति, परम्परालाई प्राणभन्दा प्यारो मात्रु पर्छ भन्थे । उनी राजनीतिबाट केही प्रभावित थिए । नेपालको विकास कृषिमा निर्भर गर्छ, किसानको उत्रति भएमामात्र देश अगाडि बढ्न सक्छ भत्रे उनको बुझाइ थियो । यसैले पनि उनले आफ्नो नातिको नाम कृषक राखेका थिए । कृषक पनि उनकै पदचिह्न पच्छाई रहेको थियो, आफ्नो जात, धर्म त्याग्न हुत्र भत्रे मान्यता राख्दथ्यो र अहिले फैलँदै गएको चर्चहरूको जालाले अन्ततोगत्वा यो देशको धर्म, संस्कृति र अस्मितामा नकारात्मक प्रभाव पार्छ भत्रे विश्वास लिएको थियो ।

आज संयोगले एलिजासँगको मित्रता र ख्रीस्टियनहरूको प्रार्थनासभामा सहभागी भएकोमा उसलाई हर्ष र बिस्मात एकैसाथ लागेको थियो ।

एलिजासँगको भेटघाट नियमित जस्तै हुँदै गएको थियो, उनीहरूको मित्रता झ्याङ्गिदै गयो । कृषक एलिजाको सामाजिक रूपान्तरणप्रतिको सम्पर्ण, लगनशिलता, उसको फर्र्साइलोपन, उसको बोली व्यवहारले प्रभावित भएको थियो भनेँ, एलिजा उसको व्यक्तित्व, यसको सरलता, निर्दोषिता तथा लेखाईबाट प्रभावित भएकी थिई ।

क्रिसमसको उपलक्ष्यमा चर्चले मण्डलीका सबै सदस्यहरूलाई सहभागी बनाएर एक पिकनिकको आयोजना गरेको थियो । कृषक पनि पिकनिकमा सहभागी हुन गोदाबरी जाँदै थियो । अन्य साथीहरू रिजर्भ बसमा थिए । पास्टरले केही नयाँ आमन्त्रित सहभागीहरूलाई आफ्नो निजी गाडीमा बसाएका थिए ।  केही पर कच्ची बाटोमा गाडी फँसेर इन्जन बन्द भएपछि पास्टरले सबैलाई गाडीबाट ओह्राल्न लगाएर प्रभु ख्रीष्टको प्रार्थना गर्न लागेको थियो, अनि बल्ल गाडीको इन्जन स्टार्ट  भएको थियो । त्यसपछि पास्टरले केही गम्भीर हुँदै भनेको थियो, हेर, हाम्रो बिगे्रको गाडी प्रभु येशूको कृपाले बन्यो, हामीले प्रभु येशूलाई धन्यवाद दिनुपर्छ । उसको यस्तो व्यहारबाट कृषकलाई मनमनै हाँसो उठेको थियो ।

गाडीको पछाडिको सिटमा दुई जना नयाँ साथीहरू पनि बसेका थिए । उनीहरू मसिनो स्वरमा कुरा गरिरहेका थिए “हेर, हामीलाई के फरक पर्दछ र ? हामीले तेत्तीस कोटी देवी, देउता मानेकै छौँ, त्यहि तेत्तीस कोटीमा यी एउटा यशू पनि थपिएमा केही फरक पर्दैन । यिनीहरूले भने जस्तो गरिदियो, कहिलेकाहीँ चर्चमा गयो, प्रार्थना गर्यो यो त्यति त हो नि । ख्रीस्टियन भएमा केटाकेटीहरूलाई राम्रो स्कुलमा पढाउन पाइन्छ, पुस्तक, कपि कित्र केही खर्च पनि दिन्छन्, बिरामी पर्यो भनेँ अस्पतालको सबै खर्च व्यहोर्छन्, बेलाबेलामा यस्ता पार्टिहरू भैरहन्छन्,  पिकनिक हुन्छ, खान पनि पाइन्छ, रमाइलो पनि हुन्छ । तिमीले शंका लिनु पर्दैन हामी इश्वर भन्छौ यिनीहरू इशु, हामै्र कृष्णबाट त क्राइस्ट भएको हो नि ?”

अर्को केही पाको मानिस सहमत भए जस्तो गरेर भन्यो, “त्यो त ठिक भन्यौ, भाइ ! तर आफ्नो बाबु बाजेको धर्म कसरी छाड्नु, इष्टमित्रहरूले थाहा पाए खिसि गर्छन्, हेप्छन् ।”

“त्यसको त तिमी चिन्ता नै नलेऊ, ख्रीस्टियन बने पनि दसैँ, तिहार मनाउन पाइहालिन्छ, कसैले थाहा पाउत्र, भित्रभित्रै नेपालका सबै ठूला मानिसहरू इसाई भइसके । ख्रीस्टियन बनेपछि रोग र गरिबीबाट मुक्ति पाइन्छ, प्रभु येशूले सबैको उद्धार गर्नु हुन्छ । तिमी आफ्ना सबै परिवारका सदस्यहरूलाई बोलाऊ बरु तिम्रा छिमेकीहरूलाई पनि सामेल गराऊ” अर्को केटौले साथी उसलाई लोभ्याइरहेको थियो । पाको मानिस केही आश्वस्त जस्तो भयो । कृषकले यसो हे¥यो त्यो पाको मानिस यतैकतै नजिकको गाउँतिरको जस्तो लाग्दथ्यो ।

उसले सम्झियो चर्चमा आउने केही नवइसाई साथीहरू, ब्राह्मणहरूको पाखण्ड र जातपातको प्रथाले मानिस, मानिसमा भेदभाव ल्याएको आदि दोषहरू तिर औँला ठड्याउथे । उसलाई पनि चर्र्चका साथीहरू बपतिस्मा लिने, ख्रीस्टियन धर्म अपनाउने, उनीहरूको मण्डलीमा सामेल हुने, इसाई बत्रे सल्लाह दिन्थे ।

ख्रीस्टियन हुन के गर्नु पर्छ भनी एकपटक कृषकले उनीहरूसँग सोध्दा उनी मध्ये एउटा फादरले भनेको थियो, तिमीहरूले जस्तो बाहुनलाई बोलाएर पूजा लगाउने, गौदान गर्ने, सुन दान गर्ने, दक्षिणा दिने, भोज गर्ने केही पनि गर्नु पर्दैन, पैसा लाग्दैन । ख्रीस्टियन बत्र धेरै सजिलो छ Very simple, first you repent, be baptzed and receive the gift of Holy Sprit,    (पहिले आफ्नो मनलार्ई परिवत्र्तन गर, अनि चर्चमा गएर फादरबाट बापटाइज होऊ, प्रभुले तिमीलाई सबै पापबाट मुक्त गरेर परमेश्वरको उपहार प्राप्त गर्ने छौ ।)

ख्रीस्टियन फादरहरूले कृषकलाई नेपालीमा लेखिएको बाइबल पनि पढ्न दिइएका थिए, तर उसले पूरै पढ्न भ्याएको थिएन । उसलाई बाइबलका उद्धरणहरू, सिद्धान्तहरू धेरै राम्रा लाग्थे । नेपाली इसाईहरूको आपसी एकता, सहयोगको भावना तथा सामाजिक मलमिलापको तरिकाबाट ऊ ज्यादै प्रभावित बनेको थियो, तर मानिसहरू धर्मले, सिद्धान्तले भन्दा व्यवहारले असल वा खराब हुन्छन्, मानिसहरूले असल बत्रे प्रयास गर्नु पर्छ भत्रे उसको सोचाइ थियो र सकेसम्म ऊ आफैँ पनि असल काम गर्ने प्रयास गर्दथ्यो ।

एलिजा ऊसँग धर्मसम्बन्धी केही कुरा पनि गर्दिन थिई । ऊ भत्रे गर्दथी, आआफ्नो धर्म मानेर सबैले सही, असल काम गरेमा यो धरतीलाई स्वर्ग बनाउन सकिन्छ । धेरै जसो मानिसहरू नराम्रो पक्षमा मात्र अल्मलिएर जीवन खेर फाल्छन् । उदाहरण दिँदै ऊ भन्थी, तिमी हेरन्, कसैलाई एउटा खाली सेतो कागतमा कलमले एउटा सानो थोप्लो बनाएर यो कागतमा के के छ भनि सोधेमा, उसले कागजमा त्यो कालो थोप्लोमात्र देख्छ, सेतो भाग देख्दैन । जीवनमा पनि त्यस्तै हो, एउटा कालो थोप्लाले प्रभुत्व कायम गरेको । तर हामीजस्ता सचेत प्राणीहरू रचनात्मक पक्ष, सकारात्मक पक्षलाई बढि प्राथमिकता दिनु पर्दछ । ऊ, एलिजाको यस विश्लेष्णबाट ज्यादै प्रभावित भएको थियो, ऊ जति राम्री थिई उसका विचार र व्यवहार पनि उतिकै राम्रा थिए, ब्युटि विद् ब्रेन ।

फुर्सदको बेला ऊ पशुपतितिर पनि घुम्न जाने गथ्र्यो । उसको सबैभन्दा मनपर्ने ठाउँ आर्यघाटको बच्छलेश्वरी मन्दिर तथा बाग्मतीको सूर्यघाट पुल हुने गर्थे । बच्छलेश्वरीलाई पण्डितहरू महादेवकी रखौटी  भन्थे । मन्दिरको टुँडालमा कुँदिएका कामकलाका चित्रहरूलाई पर्यटकहरू परिक्रमा गरी गरी हेर्थे, फोटो खिच्थे । ऊ सोच्दथ्यो– स्त्रीपुरुषको शारीरिक सम्बन्धको लक्ष्य शारीरिक सुख भोग गर्दै नयाँ सृष्टि, गर्नु हो, वंशवृद्धि गर्नु हो । बाग्मती पारि केही केटाहरू प्लास्टिकको पोकामा नसा तानिरहेका देखिन्थे, हनुमानको भेषधारण गरेर पैसा र डलर माँगिरहेको साधु, माला र क््युरियोका सामान बिक्री गरिरहेका प्रौढ आइमाईहरू, पशुपति दर्शनकालागि आएका भक्तजनहरू, खुला र एकान्त स्थान खोज्दै हिँडेका युवायुवतीहरू, जलिरहेको मानिसहरूको पार्थिव शरीर, “जस्तो आयौ उस्तै जाऊ” भन्दै व्रह्मनाल नजिक मृत शरीरलाई नङ्ग्याइरहेका ब्राह्मणहरू अनि पर गजधम्म तटस्थ भावले आफ्ना नेत्रहरू चारै दिसामा फैलाएर सबैतिर, सबैमा सम्दृष्टि पु¥याइरहेका निलकण्ठ महादेव । एकै ठाउँमा यतिका जीवन्त दृष्यहरू । आर्यघाटमा आएर ऊ जीवन र मरणको रहस्यको सागरमा अझ डुब्ने गथ्र्यो ।

पशुपति आउँदा कहिलेकाहीँ एलिजा पनि साथै हुने गर्थी । कृषक सबै देवदेवीहरूको परिक्रमा गरेर बागमतीको पानीले आचमन गर्दै मन्त्र पढ्ने गथ्र्यो, “गङ्गा चः, यमुना चः गोदावरी, सरस्वती, बाग्मती  ….. जले समिन् सानीधिम करु” । बाग्मतीका पानीमा काला काला ढलका फोहरहरू प्रस्ट देखिन्थे, एलिजा पानी छुन घिनाउँथी ।

नवरात्रीको औसरमा शक्तिपिठहरूको दर्शन गर्ने क्रममा जब उनीहरू दक्षिणकाली पुगेका थिए, निरीह पशुहरूलाई बर्वरतापूर्वक घिसार्दै लगेर बलि दिएको दृष्यले एलिजालाई वितृष्णा जगाएथ्यो । एलिजा यो मूर्ति पूजा, पण्डितहरूको पाखण्ड, पशुहरूको बलिप्रथा देखि सहमत थिइन ।

गुहेश्वरीको दर्शन गर्दा जब एलिजाले अरुहरूले जस्तै गुह्यमा औँला चोप्लेर जल र प्रसाद लिएकी थिई, दुर्गन्धले उसलाई वाक्वाकी लागेको थियो । ऊ फूल पर्साद फ्यालेर हात सफा गर्न धारो खोज्न लागेकी थिई  । एलिजा, पछिसम्म कृषकलाई जिस्काउँदै भत्रे गर्दथी “मेरो हात सुँघ सुँघ, श्याम्पुको पुरै बोतल खनाएर पनि यो दूर्गन्ध अझसम्म गएको छैन ।”

धर्मको सन्दर्भमा कृषक र एलिजामा एउटा फाटो ल्याइदिएको थियो । अबदेखि आफ्नो मित्रताको बीच धर्मको कुरा नल्याउने, धर्मसम्बन्धी कुनै तर्क नगर्ने, आआफ्नो आस्था र विश्वास अनुसार बस्ने सहमति अनुसार कृषक र एलिजा फेरि साथी बनेका थिए ।

एलिजाको बसाइ अब नेपालमा धेरै दिनको थिएन । एलिजाको प्लस टु सकेर आइ.यल.टि.यसमा पनि राम्रो स्कोर ल्याएकी थिई । उसले लन्डनको एक प्रतिष्ठित कलेजमा एडमिसन पनि पाई, इङ्ल्यान्ड जाने भिसा पनि लाग्यो । कृषकको मित्रता, ऊसँग बिताएका क्षणहरूका लागि धन्यवाद दिँदै र भविष्यमा पनि आफ्नो मित्रता कायमै राख्ने आश्वासन दिदैँ ऊ लन्डन उडी, उसले नेपाल छाडी । कृषक फेरि पहिले जस्तै एक्लो भयो ।

“आइ जस्ट एराइभ्ड, एभरिथिङ्स फाइन, मिस यु अ लट् । तिमीलाई थाहा छ ? हाम्रो यो लन्डनको घरभित्र पस्नासाथ बैठकमा बालगणेशको मूर्ति देखिन्छ शिव, पार्वती सहितको, ढलौटका मूर्ति, सुनको जलप लगाएको, बुबाले ललितपुरबाट ल्याउनु भएको । भगवानको दायाबायाँ अर्धमूद्रित नयनका पद्मासनमा बसेका गौतम बुद्ध र क्रसमा चढाइएका प्रभू येशूका मूर्तिहरू एकैसाथ राखिएकाछन् । आइ फिल सो रिल्याक्स्ड्, सो स्प्रिच्युएल ।”  कृषक भोलिपल्ट, आई–पड्मा एलिजाको मेल पढिरहेको थियो ।

(साभार : राशि पाण्डे, २०७०। कथा सङ्ग्रह, “सभानाको आगो”, हाइल्याण्ड प्रकाशन प्रा.लि., भोटाहिटी, काठमाडौं  २०७० जेठ)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *