कविता : आऊ न सुटुक्क

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बयान हुन्छ सुन्दरता को सुन्दर,
कस्तो तिम्रो हिस्सी परेको मुहार
बत्तीस दन्त मिलाएका हारजस्ता
बारुलाको जस्तो सुन्दर कम्मर ।

हिडाई लचक लचक हात्ति समान
कति गरुँ तिम्रो सुन्दरताको बयान
गुन्जन्छ पाउजुको छम्छम् आवाज
ति बाहु सजीएको छ सुन्दर कंगन ।

लरक्क लर्कीएको केश अति सुन्दर
शीलले सज्जीत कति गरुँ वयान
कुल हो मूल हुन्छ कुल कै वयान
त्यो मुहार झल्कन्छ मोती समान ।

छै साक्षात तिमी परी समान
निधारमा टिका टल्केको सूर्यसमान
ज्योति हौ तिमी ज्योतिपूञ्ज समान
शीरउँचो गरि समाजमा कमाऊ नाम ।

सुन्दर अनुहारमा नबसोस् धुलो मैलो ।
नलागोस् अनुहारमा दाग चन्द्रमाको ।
सूर्यको झै होस् लाली, लाली कान्तीमय ।
सुन्दरता अभिश्राप नबनोस् कहिल्यै ।

नारी हुन् सुन्दरताको उपमा सुन्दर ।
छ छटा फैलीएको सुन्दरताको किरण ।
नयन नै छ सुन्दर हरिणको समान ।
हास्दा चन्द्रमा नै खसाल्छ्यौ भूईमा ।

हावाले लहराउँछ पात बोट बिरुवाको ।
तिम्रो पदचापले हरर गराउँछ मन ।
सुबास हो कि हो माधुर्यताको बहाव ।
ति सुकोमल मुहारले गरायो मोहित ।

कोकीलको मधुर स्वर गुञ्जीयो बनमा ।
डाली डालीमा बस्दै मन भएको प्रफुल्ल ।
शारदीयताको सुन्दरता छ अनुपम ।
छैन लेसमात्र पनि ल्केश यो मनमा ।

हा हा त्यो सुन्दरताको छहारी कहिले ।
सुन्दरतालाई अझ सुन्दर बनाउने कहिले ।
त्यो शीरमा पहिर्‍याउने हीरामोती मुकुट ।
हे सुन्दरताको प्रतिमूर्ति आउ न सुटुक्क ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *