बाल कथा : अचम्मको देश

~कार्तिकेय घिमिरे ~kartikeya ghimire

एकदिन कान्छी र म शहर घुम्न भनेर हिड्यौं । बाटोमा मैले थुप्रै अचम्मका दृश्यहरु देखें ।

एउटा केटो बाटोमा चकलेट खान लागेको थियो । उसले खाने चकलेट झिलिमिली कागजले बेरेको निकै राम्रो थियो । हेर्दा खेरी त्यो एकदमै मिठो होला जस्तो लाग्थ्यो । उसले त्यो कागज निकालेर चकलेट खायो । चकलेट बेरेको कागज आफ्नै खल्तीमा हाल्यो । मैले अचम्म मान्दै उसलाई हेरिरहें । ऊ सरासर केही पर पुग्यो । त्यहा सडकको एक छेउमा ‘फोहोर मलाईु भनेर लेखिएको भाडा थियो । त्यो भाडाको बिर्को खोलेर उसले चकलेटको खोल त्यही फालिदियो । यसरी मैले त्यो देशमा अन्य थुप्रै मान्छेहरु पनि देखें । जसले बाटोमा हिड्दा हिड्दै चकलेट, केरा, मकै, सुन्तला जस्ता धेरै खानेकुरा खा“दारहेछन् । तर फोहोर पनि फोहोर फाल्ने ठाउ“मा आफैंले लगेर फाल्दा रहेछन् । त्यसैले गर्दा उनीहरुको सडक एकदमै सफा थियो । हेर्दै आनन्द लाग्ने ।

अनि मैले त्यहा देखेको अर्को अचम्म लाग्दो कुरा पनि छ । त्यहा“ एक–एक किलोमिटर भित्रका टोलटोलमा सबैतिर पुस्तकालयहरु थिए । बूढाबढीहरु आफ्ना स–साना छोराछोरीलाई डोर्याउ“दै पुस्तकालयमा गइरहेका देख्दा आनन्द लाग्थ्यो । मैले पनि पुस्तकालयमा गएर हेरें । त्यहा“ सुन्ने पुस्तक, पढ्ने पुस्तक, खेल्ने पुस्तक र हेर्ने पुस्तक गरी चार खालका पुस्तकहरु थिए“ । सबै जना खुबै रमाइलो मान्दै पुस्तकालयमा गएर ज्ञान आर्जन गरिरहेका थिए । त्यो देख्दा म दंग भए“ ।

थाहा छ त्यो दिन फर्कने बेलामा त कस्तो नमज्जा भयो । म घर जान निकै हतारिएको थिए“ । आकाशको देशको ठूलो सडकमा आकाशे पुल अलि पर थियो । म छिटो पुग्नलाई हतार–हतार सडकबाटै बाटो काट्न दौडिए“ । कान्छी पर्ख पर्ख त्यसो गर्नुहुन्न भनेर कराउ“दै थिइन् । म जान्ने हु“दै दौडेर सडक पारि पुगें । एकै छिनमा सिट्ठी बजाउ“दै ट्राफिक प्रहरी आइपुग्यो । उसले अनौठो भाषामा मलाई के–के भनेर गाली गर्यो । कान्छी आकाशे पुलबाट बाटो काटेर दौडदै म भएको छेउमा आइपुगिन् । । उनले ट्राफिक दाइलाई नमस्ते, सरी भनेर एक सय रुपैया“ दिइन् । ट्राफिक दाइले एउटा रसिद दिए“ । म कान्छीले ट्राफिकलाई किन पैसा दिएको होला भनेर अचम्मका परें । त्यसपछि उनको हातबाट रसिद लिएर हेरें । रसिदमा ठूलो अक्षरमा लेखिएको थियो — सडक प्रयोगकर्तालाई जरिवाना । मैले सबै पढें । मलाई दिक्क लाग्यो । मैले आकाशे पुलबाट सडक पार नगरेर तल व्यस्त सडकबाट हिडेकोले मलाई सय रुपैया“ जरिवाना गरिएको रहेछ । आफूले गल्ती गरेकोमा मैले कान्छीस“ग माफी मागें । कान्छीले मुसुक्क हा“स्दै भनी – ठीकै छ, अब फेरि गल्ति नगर्नु । हामीले सभ्य हुनुपर्छ । नियमको पालना गर्दा नै मान्छेको मान बढ्छ ।

मलाई कान्छीको कुरा खूबै घत लाग्यो । त्यसपछि मैले पनि त्यो देशको सबै नियम पालना गर्ने बाचा गरें ।

यसरी समय बित्दै थियो एक पटक हामी बादलको बस चढेर शहर जा“दै थियौं । हाम्रो बस अचानक रोकियो । मैले अचम्म मान्दै यताउती हेरें । टाढाबाट एक हुल स्कुल बसमा थुप्रै विद्यार्थीहरु आइरहेका थिए । सबै सार्वजनिक बस, ट्याक्सी र गाडीहरुले सडक छेउमा रोकिएर ती बसलाई बाटो छोडे्का थिए । यस्तो देख्दा मलाई अचम्म लाग्यो । मैले छक्क पर्दै कान्छीको अनुहारमा हेरें । उनले मेरो मनको जिज्ञासाको उत्तर दिंदै भनिन् – वीरु अहिले विद्यालय जाने स्कुल बसको समय हो । यो समय ३० मिनेटसम्म रहन्छ । अब ३० मिनेटसम्म स्कुल बसहरु यो बाटोबाट पार हु“दैछन् । अन्य सवारी साधनले यसरी नै रोकेर स्कुल बसलाई बाटो छोड्नुपर्छ । यो साना–साना विद्यार्थीका लागि सरकारले बनाएको कानून हो । विद्यालय पढ्न जा“दाको यात्रामा विद्यार्थीले दुःख खेप्नु नपरोस् भनेर हरेक दिन विद्यालय शुरु हुनु अघि आधा घन्टा र बिदा भएपछि आधा घन्टा यसरी नै सडकमा सार्वजनिक यातायात रोकेर विद्यार्थी चढेको बसलाई बाटो दिइन्छ । जसले गर्दा यहा“का विद्यार्थीले जाममा नपरीकन सजिलै घर पुग्न पाउ“छन् । मलाई कान्छीको यो कुरा सुन्दा अचम्म लाग्यो । आफूले काठमाडौंमा पढ्दा सधैं विद्यालय जा“दा र फर्कदा २–२ घन्टा जाममा परेर दुःख पाएको दिनको सम्झना आयो । मनमनै सोचें ‘हाम्रो देशमा पनि यस्तै नियम बन्यो भने कति राम्रो हुन्थ्यो होला ।ु

के भयो वीरु – कान्छीले कराउ“दै मलाई प्याट्ट पिटी । म झसङ्ग भए“ । मैले मुसुक्क हा“स्दै भनें – ‘कान्छी यहाँ बालबालिकाले खेल्ने चिल्ड्रेन्स पार्क चै छैनन् ?ु मेरो यो प्रश्न सुनेर ऊ खितित्त हा“सी । मैले छक्क पर्दै हेरें । उसले बसको झ्यालबाट इसारा गर्दै देखाई । ऊ त्यो ठूलो चौर वरिपरि रंगीविरंगी बगैचा र खेलौनाहरु देखिएको पार्क छ नि ! त्यही हो चिल्ड्रेन्स पार्क ।

मैले कान्छीस“ग त्यो पार्कमा जाउ“ न भनें । ऊ पनि पार्क जाने कुरा सुनेर दंग परी । हामी बसबाट उत्रियौं । त्यही छेउमा बाटो काट्ने ठाउ“मा आकाशे पुल रहेछ । त्यही पुलबाट बाटो काटेर पार्कको गेट अगाडि पुग्यौं । गेट एकदमै राम्रो थियो । थरीथरीका ह“साउने कार्टुन, फूल, खेलिरहेका केटाकेटी र रमाइला प्राकृतिक दृश्यहरुका चित्र गेटमा मज्जाले सजाइएको थियो । यो सबै देख्दा पार्क भित्र छिरेर त्यो सबै हेरौंं–हेरौं लाग्थ्यो ।

म पार्क भित्र छिर्न टिकट काट्ने ठाउ“ हेर्न थालें । कान्छी भने सरासर गेट भित्र जान हिडिन् । मैले कराउ“दै भने – ए पर्ख, पाले दाइले रोक्लान् । हामीले पैसा तिरेर टिकट नै काटेको छैन । भित्र जान कहा“ पाइन्छ र ?

मेरो कुरा सुनेर कान्छी फेरि एकपल्ट गलल्ल हा“सी । म छक्क पर्दै यताउति हेर्न थालें । उसले मेरो हात तान्दै मलाई भित्र लिएर गई । भित्रको दृश्य असाध्यै मनमोहक थियो । त्यहा“ छेउमा रहेको ठूलो बगैचामा थुपै्र केटाकेटीहरु थिए । कोही गोडमेल गर्दै थिए । कोही पानी हाल्दै थिए । कोही पार्कमा आएका ठूला मान्छेलाई पार्कका बारेमा जानकारी दिंदै पनि थिए । कोही भने पार्कमा नियम नटेर्ने ठूला मान्छेलाई सम्झाउन र जरिवाना गर्न व्यस्त थिए ।

यो सबैै कुरा देखेर मलाई अचम्म लाग्यो । मैले सोचें – ‘होइन यी केटाकेटीहरु पढ्दैनन् ? किन यिनीहरु यहाँ बरालिएका होलान् ?’ म यिनै कुरा सोच्दै थिए“ । कान्छीले मेरो मनको जिज्ञासा बुझेर होला । पार्कको बारेमा थप कुरा मलाई भन्न थालिन् – हेर वीरु, यो पार्कको नाम नया“ युगको चिल्ड्रेन पार्क हो । यो पार्क हरेक हप्ता शनिबारको दिन मात्र खुल्ने गर्छ । हरेक शनिबार हामी जस्तै विद्यार्थीहरु आएर यो पार्कको रेखदेख गर्ने र रमाइलो गर्ने गर्छन् । किनकि यो पार्कको सबै हेरचाह गर्ने काम नै हरियाली बाल क्लबले लिएको छ । अहिले यहा“ पार्कको सरसफाइ, नियम कानून, गोडमेल सबै काममा खटिएका साथीहरु बाल क्लबका साथीहरु हुन् । यो बाल क्लबले यो पार्कमा निकै कडा कडा नियम लगाएको छ । यहा“ फुलेका फूल टिप्न पाइन्न, यहा“ आएका पन्छी जनावरलाई टाढैबाट हेर्नुपर्छ । उनीहरुलाई दुःख दिन, ठूलो आवाज निकालेर बोल्न र चिच्याउन पनि यो पार्कमा पाइदैन । यो पार्कमा आएपछि शान्त भएर बस्नुपर्छ । शान्त भएर घुम्नुपर्छ । हरेक जनावर, पशुपक्षी, अचम्म लाग्दा बस्तु, फुलेका फूलहरु र यहा“ भएका सबै चीजहरु बारेको जानकारी त्यही चीजहरुस“गै भएको रातो रंगको टिनको पातामा सेतो अक्षरले लेखेर राखिएको छ । यो पार्क २ हजार बिघा जग्गामा फैलिएको छ । यसमा ४ हजार भन्दा बढी स्वयंसेवकहरु काम गर्छन् । ती सबै स्वयंसेवक हरियाली बाल क्लबका सदस्य हुन् । तिनीहरुले यहा“ रहेका तीन सय भन्दा बढी प्रकारका फूलहरु, सय भन्दा बढी प्रकारका जनावरहरु, सयौं खालका बोट बिरुवाहरुको राम्ररी हेरचाह गर्छन् । यो पार्कमा आाउन मानिसहरुले दिनदिनै पैसा तिरेर टिकट काट्नु पर्दैन । अघि हामी छिरेको ठूलो गेटमा कम्प्युटरले कार्ड जा“च गर्छ । कम्प्युटरमा कार्ड छिराएपछि कति जना भनेर सोध्छ । आफूले कति जना आएको हो त्यति जना भनेर लेख्नुपर्छ । त्यही कार्डबाट पैसा लिने काम कम्प्युटरले गर्छ । यो पार्कको सदस्य भएका हरेकले एकै चोटी एक हजार धरौटी राखेर प्राप्त गर्छन् । पैसा सकिंदै गएपछि फेरि यसलाई पैसा थपेर रिचार्ज गर्नुपर्छ ।’ ‘ओहो ! यो त प्रिपेड मोबाइलको रिचार्ज कार्डको जस्तो रहेछ होइन ?’ मैले कान्छीलाई जिज्ञासा राख्दै भनें । उसले हो भन्दै टाउको हल्लाइन्।

त्यो दिन हामीले पार्कमा खुबै रमाइलो गर्यौं । रमाइला खेल खेल्यौं । थुप्रै जीवजन्तु र पशुपक्षी पनि हे्रयौं । मैले त झन् कति हो कति नया“–नया“ कुरा सिकेंं । त्यसपछि आनन्द मान्दै हामी पार्कबाट निस्कियौं । कान्छी र म फेरि शहरतिर लाग्यौं । बाटो शान्त थियो । सडकमा कोही पनि हिडेका थिएनन् । सबैं मान्छेहरु पेटीबाट हिडेका थिए । पेटीमा एउटा पनि खुद्रा पसल थिएन । फराकिलो ठूलो सडकको दुबै छेउमा ठूला ठूला पेटी थिए । सबै मान्छे रमाउ“दै बात मार्दै पेटीमा हिडिरहेका थिए । सडकमा आफ्नै गतिमा गाडीहरु दौडिरहेका थिए ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *