गजल : मिठासमा राखिएको छ

~पूर्णिमा प्रतिबिम्ब~

“प्रेम” कतै अदृष्य,, त्याे मिठासमा राखिएको छ !
भम्ररालाई जाल प्रत्येक फुलको सुवासमा राखिएको छ !

नकिनुन्जेल किताब , पानी पार्थे जस्तो लाग्छ
किनेको दिन हेरेपछि बाकासमा राखिएको छ !

अलपत्र भाकाछन् रे , प्रवेश आज्ञा नपाएर
खुसि लुकाई मस्तिष्कको दुतावासमा राखिएको छ !

मेरो प्रश्न दैवलाई , राम्रो मान्छे कहाँ लग्छस्
उत्तर आयो तारा बनाइ आकासमा राखिएको छ !

काम गरेर खाने मेसाे , भन देशमा कहिले हुन्छ ?
भन ! युवा लगि किन प्रबासमा राखिएको छ !

-कास्की, हाल : काठमाडौँ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.