कथा : वृद्धआश्रम

~सरला अर्याल~

काममा व्यस्त थिए । फोनमा घण्टी बज्यो , हेर्ने फुर्सद थिएन ।लगातार घण्टी बजे पछी हेरे मेरै साथी सन्दीपको रहेछ । यसै गरेको होला उसले , अली फुर्सदमा कलब्याक गर्छु , ऊ संग सधै लामो कुरा हुन्छ भन्दै फ़ोन उठाईन । फेरी कल आयो , फ़ोन उठाउदै उसलाई केही नसोधी मै मात्र बोले सन्दीप म काममा असाध्य व्यस्त छु ,फुर्सद हुने बित्तीकै म आफै कल गर्छु नी भन्दै उसको कुरा नसुनी कल काटी दिए ।

तुरुन्तै फेरी उसैको कल आयो ,रिसीब गर्दै भने अ.. भन किन कल गरीरहेको ? उ अली ठुलो स्वरमा बोल्यो वाह .. सरोज तेरो के पारा हो ? मैले जवाफमा भने सरी यार ,काममा निकै व्यस्त भएर फ़ोन नउठाएको । त आख़ीर मेरै साथी त होस नी म साँझ घरमा पुगे पछि कल गर्छु नी । होईन सरोज कुरा निकै गम्भीर छ मेरो कुरा सुन आआ.. लल छिटो भन उसको कुरा सुन्न मन्जुर भए सरोज त मेरो साथी हुनुमा धिक्कार छ ।

तलाई त मैले चिन्न सकेकै रहेनछु , त जस्तो मान्छेलाई पनी असल साथी , असल मान्छे सोच्नु म भ्रममा रहेछु । त त पाँच तले घरमा बस्छस है ? अझै गाड़ी चढेर हिड्ने वाह मान्छेहरु ..! यस्ता उसका कुराहरु सुनेर म अचम्म परेको थिए , किन यस्तो बकवास बोलेको होला ! सन्दीप बकवास नबोल न म हतारमा छु । तेरो यस्तो बकवास सुन्ने फुर्सद छैन म संग । सन्दीपले फेरी कड्कीदै भन्यो जन्म दिने बाबुलाई सडकमा फालेर वंगालामा बस्ने र गाडी चढेर हिड्छस है ।तैले त मलाई मेरो ड्याडी अष्ट्रेलिया हुनुहुन्छ भन्थीस , कती सम्म झुट कुरा बोल्न सक्ने रहेछस । तलाई त म अब साथी हैन के शब्दले सम्बोधन गरू ? म फेरी अली नम्र स्वरमा बोले मैले साच्चै भनेको सन्दीप मेरो ड्याडी अष्ट्रेलिया नै हुनुहुन्छ , हो मेरो भाई संग । किन झुट कुरा बोल्नु ! सन्दीपले भन्यो त तुरुन्त यहाँ अनाम नगरको पुल नेर आईजा भेटेरै कुरा गरौ । मलाई विस्वास लागेन र भने म अहीले आउन सक्दीन ,साँझ कुरा गरौ ।फेरी सन्दीपले भन्यो तेरो बाबुले तेरो फोटो छातीमा टासेर यहाँ लडीरहेका छन , उहासंग तेरो फ़ोन नम्बर पनी छ । त्यही फ़ोन नम्बर देखाउदै यो नम्बरमा कल गरेर मेरो छोरा बोलाई दिनुहोस न भन्छन प्रत्येक यताउता हिड्ने मान्छेहरुलाई । कसैले उनको वास्ता नगरेर पो त । यो शहर हो शहर ! मानवता हराएको शहर ! मानवता भएको ठाउ हुन्थ्यो भने अहीले तलाई कर्तव्यको डोरीले कसीसकेको हुने थिस ।

म त तेरो असल साथी हो मेरै कुरा विस्वास गर्दैनस ।तुरुन्त आईजा म यही छु । अब भने म झस्कीए । ड्याडी कसरी नेपाल आईपुग्नु भो ! कुरा नभएको पनी बर्षौ भै सक्यो , भाईले पनी कहीले हाई-हेल्लो गरेन । अष्ट्रेलियामा फ़ोन गरेर बुझौकी भन्ने लाग्यो फेरी नम्बर नै पो कहा थियो र ! भाईलाई फेसबुकमा सम्पर्क गर्छु भनेर फ़ेसबुक खोली हाले ,आकास नाम धेरै थियो तर भाईलाई भेटीन कतै ब्लक पो गरेको छ की मलाई !

टेबुलको सबै काम बन्द गरे ,हतारीदै अफीसबाट निस्किए । मनमा निकै कुरा खेल्यो , साच्चै ड्याडी नेपाल फर्कीनु भएको हो त ? फेरी किन? र कसरी ? उत्तर पाउनै सकिन । यो हुनै नसक्ने कुरा हो । गाड़ी स्टाट गरे र अनामनगर तिर हुईकिए । बेरै लागेन पुग्न ।गाड़ी पार्क गरेर सन्दीपलाई कल गरे कहाँ छस,उसले पुलको साईडमा कुरीरहेको रहेछ । उसलाई देख्ने वित्तीकै उसको ठुल-ठुला आखांले मलाई खाउला जस्तो गरी हेर्दै हात समाएर पुलको तल तिर लग्यो , अझै पनी मलाई विस्वास लागेको थिएन ।

एक बृद्ध कपाल लामो , दारी जुघां बर्षौ नकाटीएको जस्तो धुलोमैलो , ठाउ-ठाउमा फाटेको कपड़ा ,कालों एकसरो कम्बल ओडेर लडीरहेको ठाऊ देखाउदै भन्यो उ तेरो बाबु , के गरेको तैले ? मैले मेरो ड्याडीको अनुहार संम्झीने कोसीस गर्दै नजीकै गए । दुर्गन्धले नजीक बस्न सक्ने अवस्था थिएन । खल्तीबाट रुमाल निकालेर नाक समाउदै भने बाबा उठ्नुहोस मेरो आवाज़ सुनेर पुलुक्क आखां खोलेर हेरे । उनले पनी मलाई कसरी चिनुन र ! फाटेको कम्बल भित्रबाट एउटा फोटो निकालेर मेरो छोरा , मलाई एक पटक मेरो छोरा संग भेंट गराई दिनुहोस न बाबु , म संग फ़ोन नम्बर पनी छ उनी एकै पटक मा बोले । फोटो हेरे मेरै थियो । सन्दीप नजीकै उभिएर टुलुटुल हेरी रहेको थियो । तपाईले तपाईको छोरालाई चिन्नुहुन्छ त बुवा मैले सोधे , उनले भने चिन्छु नी बाबु आफ्नो छोरा किन नचिन्नु यती भन्दै भुईमा ढल्कीएर अर्कों कागजको टुक्रा देखाउदै भने यो मेरो छोराको फ़ोन नम्बर । नम्बर मेरै थियो , म स्तब्ध भए !के यी मेरै बाबु हुन त ? निकै बेर नियालेर पनी बाबुको अनुहार संझीन सकीन ।

साँझ पर्न लागी सकेको थियो । म अन्योलमा परे । अब के गरु ? मेरै नाम पुकारी सडकमा लडीरहेको वृद्ध लाई कसरी त्यही छोडेर जाऊँ ।उठाएर लैजाउ भने घरमा के होला । उठेर संदीपको अनुहार हेरे उसले मलाई एकोहोरो हेरीरहेकै थियो मानौ उसको आखांमा धारीलो चक्कु छ ।

संन्दीप मलाई सहयोग गर आज त म संग मेरै घर हिड अरु धेरै कुरा नगरी ती वृद्धलाई दुई जनाले उठाएर गाडीमा राखी घर तिर मोडीयो । संन्दीपलाई घरमा केही नबोल्न आग्रह गरे । घर पुग्न बेरै लागेन । आमा घरको गेटमै हुनुहुदो रहेछ फुलहरुमा पानी लगाउदै । आमालाई गेटमै देखे पछी मन झस्कीयो , केही नभनी संन्दीप र म ती वृद्धलाई घर भित्र लैजादै थियौ । आमाको प्रतिकृया कस्तो होला भनेर मनमा बादल मडारी रहेको थियो ।पछाड़ी बाट आउदै सोध्नु भो । बाबु तिमीहरुले कस्लाई लिएर आएको ? मैले जस्ताको तेस्तै जवाफ दिए । बाटोमा लडीरहनु भएको रहेछ ,बिरामी पनी हुनु हुन्छ १-२ दिन हामी संगै राखौ भनेर ल्याएको आमा , ठिक गर्यौ । पहीला सफ़ा बनाएर मात्र बैठकमा राख्नु , मैले जस्तो शिक्षा दिए तिमी त्यस्तै बन्दै गयौ , साच्चीकै म भाग्यमानी आमा हो तिमी जस्तो छोरा हुनुमा म गर्व गरीरहेकी छु र सधै गरी रहन पांउ आमा यस्तै भन्दै हुनुहुनथ्यो ।अनी हामी सिधै बाथरुममा लगेर नुहाई धुवाई गरी दारी कपाल काटेर सफ़ा कपडामा बैठक कोठामा ल्यायौ । अब उहालाई चिन्न कत्ती गारो थिएन ।

केही बेरमै आमा हतारीदै बैठक कोठामा प्रबेस गर्नु भो । निकै बेर आमा र बाबुको आखां जुधी रर्यो , म हेरीरहे ।वातावरण मौन थियो एका-एक बाबुका आखा रसाए , रसाएका आखां म तिर मोड्दै भन्नु भयो बाबु तिमी मेरो छोरा ! भक्कानीदै भन्नु भयो आफ्नै छोरा नचिन्ने भएछु , मलाई माफ़ गर । आमा आक्रोशित बन्दै भन्नु भो कहाँ बाट ल्याईस त्यही लगेर छोड़ , अझै ठुलो ठुलो श्वरमा बोल्दै जानु भो सबै सम्पत्ति कान्छी श्रीमतीको नाममा बनाएर तिमी र मलाई सडकमा छोड्ने यी मनुवाको मुख हेर्न म सक्दीन । शारीरिक र मानसिक दुख कती दिएको थियो म शब्दमा ब्यक्त गर्नै सक्दीन । यस्तो अपराधीले मेरो घर टेकेर घरै अपवित्र भयो । एकै छिन पनी यहालाई यस घरमा ठाऊ छैन ।यदी तिमीले उहालाई यहाँ राख्ने हो भने म आजै अहीले यसै समयमा यो घर छोडेर जान्छु ! एकाएक बाताबरण चित्कार र रुवाबासी मा परिणत भयो । बुवा बारबार भन्दै हुनुहुन्थ्यो मलाई माफ़ गर , आमा भन्नु हुन्थ्यो तिमी माफ़ गर्न लायक नै छैनौ ।

मैले आमालाई संझाउदै भने आज राती भयो भोली बिहानै सबै ब्यबस्थापन गर्ने छु साझको खानपान सकीए पछी आमालाई फेरी निकै बेर संम्झाए । आमा कुनै पनी सर्तमा माफ़ गर्न नसक्ने बताउनु भयो ड्याडीलाई सोधे किन र कसरी नेपाल फर्कीनु भयो भनेर । नेपालबाट घर बेचेको पैसा र अन्य आफुसंग भएको सबै पैसा बाट किनेको घर भाईको आमाको नाममा छ , सुरुसुरु मा त सबै राम्रै थियो , समय सधै एउटै नरहने रहेछ ।बुढ्यौली लाग्दै गयो अनी छोरा र श्रीमती बाटै सुरु भयो अपमान र अपहेलना । सहेरै बसिरहेको थिय पत्तै नपाई डिप्रेशन मा परेछु हॉस्पिटल गइ औषधी उपचार गराई घरमै औषधी खाईरहेको थिय एक दिन बाहीर घुम्न जाने भन्दै आमा छोरा मिली एयरपोर्ट लगेर नेपाल फर्काई दिए । तिम्रो फ़ोन नम्बर र फोटो तिम्रो भाईले नै दिएको थियो ।

म यहाँ आईपुगे पछि कही जाने ठाउ भएन । तिमीलाई फ़ोन गर्ने आट थिएन म संग । एक दुई दिन भन्दै सड़क मै बस्न थाले । दिन बित्यो हप्ता बित्यो , महीना बित्यो र बर्ष पनी बित्यो । मेरो अबस्था पनी नाज़ुक हुदै गयो । तिमीहरुको संम्झनाले आफुलाई रोक्नै सकीन र बाटो हिड्ने मान्छेहरुलाई तिमीलाई कल गरीदिन भन्न थाले । धेरै जनालाई भने कसैले मेरो कुरा सुनेन । आज भने मेरो लागी भगवान भेटीए।अब म तिमीहरु संगै बस्छु , हुदैन नभन ल ! मैले जे जे गरे मलाई माफ़ गर ।

मैले केही जबाफ दिन सकीन

भोली बिहानै उठेर ड्याडीलाई हॉस्पिटल लगे । डाक्टरको सल्लाह अनुसार एक हप्ता हस्पिटल नै राख्नु पर्ने भयो । एक हप्ता सम्म हस्पीटलमा गर्नु पर्ने हेरबिचार म आफैले गरे । हप्ता बित्न बेरै लागेन , डिस्चार्ज हुने दिन आयो । अब म ठुलो धर्मसंकट मा परे अब डिस्चार्ज गरेर मेरो ड्याडीलाई कहाँ लैजाउ ?घरमा लैजाउ भने आमा घरबाट निस्कीनु हुन्छ त्यो म गर्नै सक्दीन फेरी बिरामी बाउ काहां लगेर छोडु ? निकै बेर सोचेर संन्दीपलाई फोन गरी बोलाए । संन्दिपको सल्लाह अनुसार ड्याडीलाई बृद्ध आश्रममा राख्ने निर्णय गरीयो । सबै ब्यबस्था मिलाएर हस्पिटल बाटै सिधै बृद्दआश्रम गयौ ड्याडी सहीत । त्यहा पुगेपछी पनी एकोहोरो म तिमी संगै बस्ने भन्दै हुनुहुन्थ्यो ड्याडी तर मैले अब केही दिन यही बस्दै गर्नुहोस म बेला बेलामा भेट्न आउछु भन्दा भन्दै ड्याडीको आखाबाट तपतप आँसु झर्न थाल्यो म चुपचाप हात हल्लाएर बिदा भए ।

– सरला अर्याल, गुल्मी

(स्रोत : नारीदर्पण डट कम)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *