स्रष्टा परिचय : रूप-रसिक कवि कटुवाल

~अविनाश श्रेष्ठ~

कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान व्यथितको पहलमा कवि कटुवाललाई त्यसै सम्मेलनमा विशिष्ट कवितापाठका निम्ति ‘स्वर्णपदक’ दिइयो । स्वर्णपदक पाएर हस्केका हरभिक्तले तिनताक राजा महेन्द्रका विश्वासपात्र व्यथितसित आफू नेपालमा आई साहित्यसेवा गर्न इच्छुक रहेको खुलासा गर्दै बिन्ती बिसाएपछि ‘एक वर्षपछि आउनू, म केही गरौँला’ भन्ने आश्वासन पाए । नभन्दै एक वर्षपछि नै हरभिक्त कटुवाल टुप्लुक्क काठमाडौँ आइपुगे । तर, उनी एक्लै थिएनन्, उनले आफूसँग लिएर आएका थिए एउटी भर्खरकी कलकलाउँदी युवती- उदीयमान गायिका, नर्तकी, अभिनेत्री । कवि हरभिक्त कटुवालको व्यवहारमा रहेको विचित्रता यसै घटनाबाट अनुमान लगाउन सकिन्छ, उनले असमको जागिर सधैँका लागि छोडी, काठमाडौँ बसाइँ सरेर आउँदा आफ्नी जीवनसङ्गिनी र चार-चार जना लालाबालालाई साथमा नल्याई अरू नै कसैलाई लिएर आएका थिए ।

काठमाडौँले कटुवाललाई जागिर दियो, मान दियो, चाहिनेभन्दा बढ्ता सम्मान दियो । तर, कवि कटुवाल थिए विचित्रका जीव । उनले आफ्ना विचित्र-विचित्रका सडकलीला काठमाडौँमा एकपछि अर्को गर्दै देखाउँदै गए अनि यहाँका साहित्यकार, कलाकार, पत्रकार, प्रशासक, राजनीतिज्ञ एवम् सर्वसाधारणलाई विस्मित, चकि

त र थकित पारे ।

हरभिक्त कटुवालको जिन्दगीलाई राम्ररी नियालेर हेर्दा उनको जीवन-बँचाइमा रमाइला-रमाइला विचित्रता र विचलन केटाकेटी छँदैदेखि रहेको जान्न-सुन्न पाइन्छ । कुरा हो, कटुवाल कक्ष्ाा ८ मा पढ्दाताकाको । उनी पढिरहेको डिब्रुगढ सहरमा तिनताका एउटा चर्चित सर्कस कम्पनीको कार्यक्रम धुमधामसँग चलिरहेको थियो । हरभिक्त जिन्दगीमा पहिलोपटक स्कुले साथीहरूसित सर्कस हेर्न गएछन् । सर्कसका खेलहरूले हरभिक्तको किशोर मन-मस्तिष्कमा कति गहिरो प्रभाव पारेछ भने जुक्ति भिडाएर उनले सर्कसमा काम गर्ने माउते, सइस, जोकर, पहलमान र अन्यसँग सम्पर्क स्थापित गर्दै गएछन् र आफू पनि सर्कसमा काम गर्न इच्छुक रहेको जानकारी दिँदै उनीहरूसँगै पछि लाग्न मरहित्ते गरेछन् । त्यसपछि एकदिन स्कुल जान हिँडेका हरभिक्त घर फर्केनन् ।

हरभिक्त हराएको थाहा पाएर बाबु वीरबहादुर कटुवाल बोगीबिल गाउँबाट डिब्रुगढ आए । त्यहाँ आएपछि वीरबहादुरलाई छोरा हरभिक्तबारे छरछिमेकले भनेछन्, “तिम्रो जेठो छोरो लफङ्गा हो, त्यसलाई अब नखोज ।” सुनेर साह्रै नै मर्माहत भएछन् वीरबहादुर कटुवाल । तर, छोराको माया मार्न नसकी चारैतिर खोज्न थालेछन् । धेरै दिनपछि पानीतोला भन्ने ठाउँबाट हरभिक्त सर्कसपार्टीमा काम गररिहेको देखियो भन्ने खबर पाएर वीरबहादुर छोरालाई भेट्न त्यहाँ पुग्दा थाहा पाएर हरभिक्त त्यहाँबाट पनि चम्पत भएछन् ।

जेठो छोरो त्यसरी झल्ला भई हिँडेकाले वीरबहादुरलाई हुनसम्मको चोट पर्‍यो । एकदिन एकाबिहानै कसैले ‘तिम्रो छोराको पत्तो लाग्यो वीरबहादुर, ऊ यहीँ पानीतोलामा छ’ भनी खबर गरेछ । वीरबहादुर छोरालाई समात्न भनी उसले काम गररिहेको एउटी मोटी आइमाईको होटलमा सुइँको नदिई पुगेछन् । त्यहाँ पुग्दा होटलअगाडि दनदनी आगो दन्किरहेको चुलोमा कराही बसाली मस्तसँग पुरी र जुलेबी पकाइरहेका हरभिक्तलाई वीरबहादुरले फेला पारेछन् र समातेर घर लगेछन् । हरभिक्तका यस्ता विचित्र लीला अनगिन्ती छन्, यी दुई घटना त नमुना मात्र हुन् ।

दुई कुराका लागि हरभिक्त कटुवाल साह्रै बदनाम भए ः पहिलो रक्सी र दोस्राे ठिटी । उनलाई नजिकब्ााट चिन्नेजान्नेहरूका कुरा पत्याउने हो भने असम छँदा सन् १९६६ सम्म अर्थात् नेपाल नआउञ्जेलसम्म उनी रक्सीको कुलतमा परेका थिएनन् । हरभिक्तका कान्छा भाइ उपेन क्ष्ाेत्री -हाल एसपी, असम पुलिस) सित मित्र दिलीप सिंह र मैले लिएको एउटा अन्तर्वार्तामा ‘हरभिक्तले रक्सी किन खान थाले होलान् ?’ भनी सोधिएको प्रश्नमा उनले प्रस्टसँग भनेका थिए, “जहाँसम्म मलाई थाहा छ, दाज्यु एकपटक १९६७ सालतिर एउटी युवतीलाई लिएर काठमाडाँै गएको थियो । त्यहाँबाट आएपछि ऊ रक्सी खान थाल्यो । त्यो युवतीले चाहिँ उसलाई बिट्रे गरी, दाज्युसित उसको बोलचाल बन्द भयो ।”

“हरभिक्त कटुवालका कवितामा उल्लेख गरएिका ‘सुनागाभा’ र ‘अनुराधा’ नाम काल्पनिक हुन् कि वास्तविक ?” भनी सोधिएको अर्को प्रश्नको जवाफमा उपेन क्षेत्रीले भनेका थिए, “यी दुवै नाम काल्पनिक होइनन्, ‘सुनगाभा’ चाहिँ उसले पक्कै पनि त्यो उसको साथ पहिलोपटक काठमाडौँ जाने युवतीलाई बनाएको हो तर ‘अनुराधा’ कसलाई बनाएको हो, मलाई थाहा छैन ।”

असमको उदालगुडीमा भएको अखिल भारतीय नेपाली भाषा समितिको समापनपछि छुट्टनिे बेलामा २ जनवरी १९७५ का दिन हरभिक्त कटुवालले भावुक हुँदै मसित भनेका थिए, “सुनगाभा उसको असल नाम होइन भाइ । उसले अझसम्म कुन्नि किन हो बिहेचाहिँ नगरी बसेकी छे । उसलाई मैले अथाह माया गरेँ । उसमा सफल गायिका र नर्तकी हुने लक्षण म देख्थेँ । तर, आफूमा केही कला भएको आत्मविश्वास उब्जनासाथ उसले मलाई आफूबाट पन्छाई ।” यी सबै कुरालाई जोडेर हेर्दा, विवाहित र चारचार जना सन्तानका पिता बनिसकेका हरभिक्त कटुवाल ती युवतीको गहिरो आकर्षणपाशमा फसेको र आफ्नो र ती युवतीसमेतको जिन्दगी भताभुङ्ग पार्न कुनै कसर बाँकी नराखेको निष्कर्ष निकाल्न सकिन्छ ।

हामीले उपेन क्षेत्रीलाई “तपाईंका दाज्यु हरभिक्तको स्वास्नीमान्छेप्रति अति आकर्षण थियो भन्ने सुनिन्छ नि ?” भनी सोधेको प्रश्नमा उपेन क्षेत्रीले अप्रत्यासित ढङ्गबाटै एउटा डरलाग्दो यथार्थको खुलासा गर्दै भनेका थिए, “नारीप्रति उसको आकर्षण मात्र होइन, दुर्बलता पनि थियो । एकचोटि मामाका घर एउटी आइमाईमान्छे आएकी थिइन् । राती दाज्यु रक्सी खाएर मातेर पुगेछ । तिनै आइमाईले पछिल्लो दिन जानेबेला ‘हरभिक्त राती रक्सी खाएर म एक्लै सुतेको ठाउँमा आएर मसित दुव्र्यवहार गर्न खोज्यो’ भनेर अभियोग गरनि् ।” माथि उल्लेख भएका प्रसङ्गहरूबाट हरभिक्त कटुवालको विपरीत लिङ्गीहरूप्रति रहेको दुर्बलताबारे बुझ्न सहयोग मिल्छ ।

सन् १९७३ अपि्रल महिनामा पाटगाऊँ, ग्वालपाडामा सम्पन्न भएको असम गोर्खार् सम्मेलनको महाधिवेशनका बेला पनि कटुवाल एक साताअघि नै त्यहाँ पुगेका थिए । त्यहाँ पनि उनी १९-२० वर्षकी जान्हवी नेवार -परविर्तित नाम) नाम गरेकी एउटी स्थानीय केटीसित दिनरात बरालिएर हिँडिरहेका देखिन्थे । कटुवालको बाहिरी व्यक्तित्व त्यति आकर्षक नभए पनि उनमा अद्भुत वाक्पटुता थियो । आफूमा निहित रहेको वाक्पटुताको शक्तिको दुरुपयोग अक्सर उनी युवतीहरूमाथि गर्दथे । पाटगाउँकी जान्हवीलाई पनि उनले बिहे गरेर आफूसितै काठमाडाँै लैजाने आश्वासन दिएका छन् भनी तिनताक त्यहाँ गाइँगुइँ चलेको थियो ।

सन् १९७६-७७ तिर युवती सन्दर्भमा कवि हरभिक्त कटुवालको जीवनकै सबैभन्दा निकृष्ट समाचार सुनियो । गुवाहाटीसम्म पनि समाचारपत्रका कटिङ्स र पम्पेल्ट-पर्चाहरू आइपुगेकाले मलगायत गुवाहाटीका अन्य साहित्यकारहरू स्तब्ध भएका थियौँ । समाचार थियो, सिलिगडीको ब्रोडवे होटलमा कुनै युवतीलाई बलात्कारपछि गरएिको हत्याबारे । त्यस काण्डमा कवि हरभिक्त कटुवालको नामसँगै अन्य केही साहित्यकारहरूको नाम मुछेर समाचार तथा पर्चाहरू निकै छापिएका थिए । त्यो काण्ड के थियो ? बलात्कारपछि मारनिे ती युवती को थिइन् ? त्यस काण्डमा हरभिक्त कटुवालको नाम कसरी मुछियो ? र, पछि हरभिक्त र अन्य साहित्यकारहरू त्यस आरोपबाट कसरी उम्कन सफल भए ? अहिले यी सबै यक्ष प्रश्नहरू विस्मृतिका गर्भमा विलीन हुन थालेका छन् । तर, यो काण्डमा हरभिक्त कटुवाल दोषी थिए/थिएनन् ? यो सोधीखोजीको रहस्यमय प्रकरण भने अवश्य हो ।

आजको आधुनिक समयको मानिसले जीवनमा एक-दुईपटक प्रेम अवश्य गर्छ, कि त ऊ सफल हुन्छ कि त विफल । जे परण्िााम भए पनि औसत मान्छे त्यसपछि व्यवहारमा होमिन्छ र जीवनको मूल बाटोमा हिँड्न थाल्छ । तर, कवि हरभिक्त कटुवाल औसत मानिस थिएनन् । उनले प्रेम गरेर नै जयकुमारी शाहीलाई आफ्नो जीवनमा भित्र्याई श्रीमती जयकुमारी कटुवाल बनाएका थिए । जयकुमारीजस्ती अत्यन्त मायालु, व्यावहारकि र आदर्श पत्नी पाएपछि कवि कटुवालको प्रेमको खोजीमा पूर्णविराम लाग्नुपथ्र्यो । सामान्य व्यावहारकि मान्छेबाट यस्तै अपेक्षा गर्छ समाजले । तर, कटुवाल थिए भावुक हृदय भएका, रूप र सौन्दर्यका उपासक कवि । उनीभित्र थियो, रूपका निम्ति मरमिेट्ने तिर्सना, सौन्दर्यका निम्ति हृदयभर िहाहाकार र अनन्त पिपासा । यिनै तिर्सना, हाहाकार र पिपासाले कवि-गीतकार कटुवालबाट केही अमर गीत र कविताहरू सिर्जना गराएको छ भने व्यावहारकि बाटोमा हिँड्ने संयम र धैर्यको अभावमा कवि कटुवालबाट पाइलैपिच्छे अनगिन्ती भूल र भ्रान्तिपूर्ण कृत्यहरू पनि हुन गएका छन् । यसका निम्ति कवि हरभिक्त कटुवाल दोषी मानिन्छन् भने संसारका प्रायः प्रख्यात स्रष्टाहरूलाई पनि दोषी मान्नुपर्ने देखिन आउँछ । यहाँ यस सन्दर्भमा २७ वर्षअघि सन् १९८१ तिर कवि हरिभक्त कटुवाल ः स्मृतिग्रन्थ मा आफूले सम्पादकका हैसियतले लेखेका हरफहरू सान्दर्भिक लागेकाले यस स्मृति-आलेखमा जस्ताको तस्तै सार्दैछु ः

“जिन्दगीभर िसत्य र प्रेमको खोजीमा भौँतारएिका रुसोले आफ्नो कृति द कन्फेसन मा आफ्नी आमासमानकी मादाम-द-वारेन्जसित आफ्नो अनैतिक सम्बन्धको कुरा स्वीकारेका छन् । जर्मनीका महाकवि गोयथेले आफ्ना परम मित्र केस्टनरकी पत्नी चार्लोटलाई एकदिन एक्लै फेला पारेको बखतमा बलात्कार गर्न तम्सेको कथा पढेको थिएँ । अङ्ग्रेजीका कवि बायरनले आफ्नी बहिनी पर्ने अगस्टासित वासनाको साइनोसमेत गाँसिसकेका थिए रे भन्ने किम्वदन्ती छ । लौ, महान् चित्रकार भिसेन्त भेनगगले त एउटी रन्डीको प्रेममा बौलाएर उसले खेलाची गरेर माग्दा साँच्चै भनी पत्याएर आफ्नो कानै काटेर हातमा राखिदिएका थिए रे ! प्रायः सबै नै महान् र संसारलाई केही दिएर गएका व्यक्तिहरूका नाममा यस्तै केही न केही सत्य होस् वा असत्य जोडिएकै हामी पाउँछौँ । मान्छे मात्रमा दुर्गुण हुनु स्वाभाविक हो, कतैकतै त हामी बिनासित्ती रायोलाई पर्वत बनाई आनन्द लुटिरहेका हुन्छाँै । हाम्रो यस्तै प्रवृत्तिले स्रष्टाहरू व्यर्थै बदनाम पनि छन् । यहाँ कवि हरभिक्त कटुवालको वकालत गर्न वा उनीजस्तै बन्ने आदर्श सिकाउन मैले कत्ति चाहेको छैन । तर, यतिचाहिँ अनुरोध म विज्ञजनहरूसित अवश्य गर्छु- कवि स्रष्टा कटुवाल र व्यक्ति कटुवाल दुइटा बेग्लाबेग्लै अस्तित्व नभए तापनि बेग्लैबेग्लै स्थिति चाहिँ निश्चय हुन्, यो फरकलाई बुझ्ने प्रचेस्टा गरनिुपर्छ ।”

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क २६४)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *