गीत : चन्द्रमा तिमी बनिरहू

~बच्चु कैलाश~

चन्द्रमा तिमी बनिरहू
जिन्दगीभर म जून बनूँला
हृदयमा मेरो तिमी रहे
ढुकढकी भई म धड्किरहूँला ।

पर्दैन जन्जीर नाताको
हाँसो वा आँशु केही पनि
रुप तिमी बनिरहे छायाँ भई म सँगै रहूँला ।

पर्दैन कलकल नदीको
सन्ध्याको सुखमय याम पनि
मौन यी आँखापिच्छै
तिमीलाई टाँसी टाँसिरहूँला ।।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *