कथा : फेरिएको साइनो

~सुरेश राउत~

नभेटूँ भन्छुु, नदेखूँ भन्छुु तर पनि त्यहीँ पुुग्छुु सधैँ । के गर्नु समयको खेला हो । समयले मसँग खेल्यो । मेरो परिवारसँग खेल्यो । के हो त्यो, को हो त्यो मलाई थाहा छैन । थाहा पाउन पनि चाहँदिन, जसबाट मेरो परिवार बिछोडियो । एकै झड्कामा को कहाँ को कहाँ सबै तितरबितर भयो । बस् म यहाँ भएँ मेरो बाबा सम्हालिनुुभयो । अहिले म बाबाको साथमा छुु, तर पनि त्यो अभाव सधैँ खट्किरहनेछ । त्यो छायाले सधैँ पछ्याइरहेछ, बाटोभर अरुको आमाछोरा, आमाछोरी हिँडेको देख्छुु, बोलेको देख्छुु । मुुटुु पोल्छ । मेरी आमा हाम्रो साथमा भइदिएको भए ……..!

यो त्यही चोक हो, जसले मलाई प्रत्येकपल्ट १० वर्षअगाडि धकेलिदिन्छ, १० वर्षअघिको पीडा सम्झाइदिन्छ, अनायासै आँखाबाट आँशु बग्छ । आमाको मन कति नरम हुुन्छ, कति फराकिलो हुन्छ भन्थे । पछि के होला मलाई थाहा छैन तर आजसम्मको घटना हेर्दा मलाई लाग्यो त्यो इतिहासमा मात्र हुुने रहेछ । मेरो हकमा त्यो भएन, अरु केहीको हकमा पनि त्यो नभएको हुुनसक्छ । तर कसैलाई पनि यस्तो नहोस्, जुुन मेरो परिवारमा भयो ।

होमवर्क गरेन भने कक्षामा सर र मिसले पिट्थे, राति ढिलासम्म होमवर्क गरेँ । सधैं ५ बजे उठ्थेँ ।  त्यो दिन म अलि ढिलो उठें । सानै थिएँ । अन्दाजी १० वर्षजतिको ।

‘यति बेलासम्म उठ्नुुपर्दैन ? ६ बजिसक्यो !’ ओछ्यानबाटै ममीको कर्कश आवाज सुनेँ, “…………………. तेरो बाउलाई हाम्रो मतलब छैन, विदेशमा…………….सँग मस्ती गरेर बसिरहेको होला ! मलाई भने सधैँको यो टेन्सन ! छिटो उठ् ! स्कुुल जान ढिला हुुनलागिसक्यो ! तयार हो छिटो, म खाना पस्किन्छुु ।”

एका बिहानै ममीको त्यो गाली सुनेर आँखा टिल्पिलायो । मन भारी भयो । मन थाम्न सकिनँ । घोप्टो परेर रोएँ । सोचेँ भर्खर ६ नै त बजेको थियो । स्कुुलको गाडी ८ बजे आउँछ, फेरि त्यो चोकमा पुुग्न, पाँच मिनेट त लाग्छ । यहाँबाट, स्कुुल जाने पढ्ने त म हो नि तर सधैँ ममीलाई किन हतार हुुन्छ ? यस्तै सोच्दै मुुख धोएँ । कपडा लगाएर खाना खाएँ । ७ बजे नै गाडी आउने चोकमा पुुग्यौँ । चोकमा पुुग्दा मेरो कक्षाको साथी पनि उसको बाबासँग त्यहीँ आइपुुगेको रहेछ ।

‘सुुबुु कति छिटो आएको ?’, उसले सोध्यो ।

‘गाडी ८ बजे आउँछ, हेर न मलाई भन्दा मेरो ममीलाई हतार हुुन्छ, मलाई यहाँ पुर्‍याउन’, मैले रुन्चे स्वरमा भनेँ ।

‘मेरो पनि त्यही हो, मलाईभन्दा मेरो ड्याडीलाई हतार हुुन्छ, त्यही भएर त तिमीभन्दा पहिला म यहाँ आइपुुगेको नि !’, उसले भन्यो ।

स्कुुलको गाडी आउन झण्डै एक घण्टा बाँकी थियो । हामी बस ट्र्याकमा राखिएको कुुर्सीमा बसेर किताब हेरिरह्यौँ । देखेँ, अघि मलाई गाली गर्ने मेरो ममीको मुुहारमा हाँसो आएको । सानै थिएँ । त्यसको मतलब नबुुझ्ने पक्कै थिइनँ । मेरो ममी मेरो त्यही साथीको ड्याडीसँग हँसिमजाक गरिरहनुुभएको थियो । यो मैले मात्र देखेको थिइनँ, उसले पनि देखेको थियो ।

ममीसँगै साथीको ड्याडी पनि निकै नै खुसीसाथ कुरा गरिरहनुुभएको थियो । नजिकबाट यो दृश्यको साक्षी हामी थियौँ । गाडी आयो, दुुवै स्कुुल बसमा चढ्यौँ । बाई बाई गर्न मेरो हात नै उठेन । तैपनि पीडा लुकाएर भनेँ, ‘बाई मम्मी !’ बिहानको गाली सम्झेँ, विदेशमा रहनुुभएको बाबालाई सम्झेँ । आँखा फेरि टिल्पिलायो । मनमनै भनेँ, ‘मिस युु ड्याडी आई मिस युु सो मच, आई एम अलवेज विथ यु ।’ गाडीले त्यो चोक पार गरिसकेको थियो । त्यसपछि मेरो ममी र साथीको ड्याडी त्यहीँ कुरा गरेर बस्नुुभयो या अन्यत्र जानुुभयो, थाहा भएन मलाई ।

स्कुुलमा पुुगेर पढ्नथालेँ । दिनभर मम्मीको गाली सम्झेँ, त्यो कर्कश रुखो बोली सम्झेँ । अनि फेरि सम्झंँे त्यो साथीको डयडीसँगको ममीको हँसिमजाक, त्यो मीठो बोली ।

मनमा पीडा भयो । त्यही मीठो बोली ममीले परेदशमा रहेको ड्याडीसँग बोलिदिएको भए ! मसँग बोलिदिएको भए मात्रै पनि हामी कति खुुसी हुने थियौ । लाग्यो, त्यो खुुसी हाम्रो भाग्यमा लेखेको नै रहनेछ । दिन बितिरह्यो, जसरी हिजोको दिन बितेको त्यो चोक । त्यो ममीको कर्कश गाली । अनि साथीको ड्याडीसँगको ममीको त्यो क्षण ! समय खासै परिवर्तन भएन, सधैँ उस्तै । खैर पढ्दै गएँ । जीवनमा गुुनासाहरु धेरै छन् तर कति गुुनासाहरु गर्ने, कोसँग गर्ने, मेरोजस्तो उसको पनि गुुनासा होलान्, पीडा होलान्, ढोका थुुनेर रुन्थेँ । पीडाले यति धेरै मुुटुु दुख्थो, त्यही दुुःखाइले विरक्तिँदा कैयौँ रात भोकै सुतेँ ।

तर जीवन हो, उतारचढाव धेरै हुुन्छन् नै । मैले जीवनमा कर्म गर्न कहिले छाडिनँ । त्यो कर्म अर्थात् पढाइकै कारण त्यति धेरै पीडाका बाबजुुद पनि संघर्ष गर्र्दै गएँ । सानो भए पनि समयले मलाई पाको बनाउँदै लग्यो । पढाइ राम्रै थियो । कहिलेकाहीँ धेरै विरक्त लाग्दा ड्याडीसँग कुरा गर्थेँ, तर विरक्तिएर होइन, खुसी छुु जस्तै गरी । मैले यहाँबाट निराश भएर कुरा गरे परेदशमा ड्याडीलाई कस्तो होला ? यही सोच्थेँ । ड्याडीलाई कति पनि पीडा देखाइन ।

म नौ कक्षा पढ्दै थिएँ । बहानामै भनौँ मलाई चोकसम्म पुर्याउन जाने मम्मीको दिनचर्या रोकिएको थिएन । त्यो दिन पनि ममी मलाई पु¥याउन आउनुभयो । म गाडीमा बसें । ममीले बाई बाई गर्नुभयो । धेरै पछि । किन बाई बाई गर्नुुभयो । तत्काल मैले बुुझ्न सकिनँ । मैले टाढै बाट भए पनि ममीको अनुहारमा हेरेँ । केही निराशा देखेँ । किन किन मम्मी उदास देखिनुहुन्थ्यो ।

स्कुुल छुट्टी भयो । घरमा आएँ । ममी हुुनुुहुन्नथ्यो । सोचेँ कतै जानुुभएको होला, आउनुुहोला ।’ तर म कुरेर बसेँ । निक्कै अबेर भइसकेको थियो, मम्मी आउनुुभएन । कुुर्दा कुुर्दा रात बित्यो तर ममी आउनुुभएन । रातभरि नसुुतेर आँखा रातो भएको थियो । बिहान हुँदासाथ यताउता, बस्ने अंकल, आन्टीहरुलाई ममीको बारेमा सोधेँ तर कसैबाट पनि उत्तर पाइनँ ।

बिहानको ८ बज्नलागेको थियो । स्कुुल जाने नजाने, कसरी जाने केही निर्णय लिन सकिनँ । चोकमा गएँ तर त्यो चोकमा स्कुुल जानको लागि न मेरो त्यो साथी आयो, न उसको ड्याडी नै । म सरासर उसको घरमा पुुगेँ । उसको घरको अवस्था पनि मेरो जस्तै रहेछ । साथी भन्दै थियो, ‘हिजोदेखि ड्याडी घर आउनुुभएको छैन । ममीले एकदम पिर गर्नुुभएको छ । कहाँ जानुुभयो होला !’ उनीहरुको कुरा सुन्नेबित्तिकै मैले ‘आन्टी ! मेरो ममी पनि हिजोदेखि आउनुुभएको छैन । ड्याडी परदेशमा हुुनुुहुन्छ । रातभरी ममीलाई कुरेर बसेँ तर आउनुुभएन । हजुुरहरुलाई केही थाहा छ कि भनेर सोध्न आएको !’ भनेँ । सायद साथीको ममीले अब अनुमान लगाइसक्नुभएको थियो ।

फोन सबै अफ थियो । सम्पर्क कहीँ कतैबाट पनि भएन । कतैबाट ममीको पत्तो लागेन । एक हप्तासम्म ममीको खोजीमा यताउता हिँडेँ । बाटोमा भेटिएका जतिलाई ममीको फोटो देखाउँदै सोधेँ तर कसैले पनि देखेको संकेत दिएनन् । ममी फर्किने आशा आशामै सीमित भयो । अनि मैले बुुझेँ, त्यो दिन किन ममीले मलाई बाई बाई गर्नुुभएको रहेछ । त्यसपछि मैले ममीलाई खोज्न छाँडेँ तर आश गर्न छाडिनँ । निराश भएर ड्याडीलाई फोन गरेर भनेँ, ‘ड्याडी मम्मी घर नआउनुुभएको एक हप्ता भयो, म एक्लै छुु, मोबाइल अफ छ, खोज्नेजति सबै ठाउँ खोजेँ तर कहीँ भेटिनँ ।’ ड्याडी मेरो कुरा सुुन्नेबित्तिकै डाँको छोडेर रुनुुभएको फोनबाटै सुनेँ । मेरो मन पनि थामिएन । डया्डीसँगै रोएँ, म धेरै रोएँ ।

ड्याडीले मलीन स्वरमा मलाई सम्झाउनुभयो । मलाई पीर नगर्न भन्दै मम्मीले एक दिन गल्ती महसुस गरी फर्किने झिनो आशा राखिदिनुभयो । मैले आफूलाई सम्झाउने प्रयास गरेँ । ड्याडीले छिट्टै घर फर्किने बताउनुभयो ।

त्यसपछि ड्याडीले दिनहुँजसो फोन गर्नुहुन्थ्यो । मैले खाना खाएको नखाएको, सबै कुरा सोध्नुुहुुन्थ्यो । मेरो काम बढेको थियो । सबै काम गरेर, कोठामा चावी लगाएर म स्कुुल जानथालेँ । प्रत्येक महिना ड्याडीले पैसा पठाउनुुहुन्थ्यो । त्यो पैसा मेरो स्कुुल फि, कोठा भाडा, खाना खाजा सबै पुुग्थ्यो मलाई कुुनैपनि कुराको कमी हुुन दिनुुभएन ड्याडीले । यसै गरी बानी पर्नथालिसकेको थियो ।

एक दिन अकस्मात् साथीले भन्यो, ‘सुवु मेरो ड्याडी र तिम्रो ममी आज घरमा आउनुुभयो ।’ राति उसको कुरा सुुनेर म छाँगाबाट खसेजस्तै भएँ । ‘रातभरि दुुई जना मिलेर मेरो ममीसँग झगडा गर्नुुभयो । ममी धेरै रुनुुभयो सुबु । आज म र ममी भान्छा कोठामा सुुतेको !’, उसले रुँदै भन्यो, ‘अहिले म स्कुुल आएँ, घरमा ममी एक्लै हुुनुुहुन्छ, अहिले पनि मेरो ममीसँग उनीहरु झगडा गरिरहेका होलान् ! मैले उसलाई अँगालो हालेँ, पीडा सबैको एउटै हो, सबैलाई दुुख्छ, उसको आँखा टिल्पिलाए । आँशुु पुछिदिएँ ।

भोलिपल्ट पनि हामी स्कुुल गयौँ । उसले भन्यो, ‘सुवुु, हिजो दिउँसो ड्याडीले ममीलाई पिट्नुुभएछ, अनि तिम्रो ममीसँग घरमा भएको सुन, सबै पैसा लिएर जानुुभएछ !’ मैले उसलाई सम्झाएँ । उसको घरमा गएँ । ममीलाई सम्झाएँ । हिजोका दिनको जस्तो उनीहरुको आर्थिक अवस्था थिएन । मैले ड्याडीले मेरो लागि पठाउनुुभएको पैसा बचाएर साथीलाई सहयोग गर्थेँ । साथीको ममीले मलाई धेरै मायाँ गर्नुहुन्थ्यो । उहाँबाट मैले निरन्तर आमाको मायाँ पाइरहें । दिन बितिरह्यो । हामी दुवै जनाले राम्रो अंक ल्याएर एसएलसी पास गर्यौँ ।  सोपश्चात् पढाइसँगै काम गर्नथाल्यौँ । हामी दुुवै जना एउटै अफिसमा काम गर्नथाल्यौँ ।

ड्याडी पनि विदेशबाट फर्किसक्नुुभएको छ । अहिले हाम्रो सानो घर छ । ड्याडीले नेपालमै एउटा सानो बिजनेस सुरु गर्नुुभएको छ । साथीको पनि घरगाडी सबै छ । साथीको ड्याडी हुुनुुहुन्न । सबथोक मम्मी हुुनुुहुुन्छ । मेरो ममी हुनुहुन्न । सबथोक ड्याडी हुुनुुहुन्छ । सबै काम हामीले मिलेर गर्छौँ । म सधैँ यही चोक भएर अफिस जान्छुु, गाडी रोकेर विगत सम्झिन्छुु मनभपरि पीडा हुन्छ तर पनि यो चोकमा पुगेपछि यताउति हेर्न छाडेको छैन । कतै मम्मी आइहाल्नु पो हुन्छ कि …..!

समाप्त

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *