गीत : माया मैले

~बच्चु कैलाश~

माया मैले बोलाउनु हुन्छ कि हुँदैन
तिमीलाई मैले केहि भन्न हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झिनु हुन्छ कि हुँदैन
कल्पना गरी कल्पिनु हुन्छ कि हुँदैन ।

बादल पारि संसार छ रे मैले त भेटिनँ
फुलेको यौवन वइलि नझर्ने ठाउँ नै देखिनँ
संसार यही बसाउनु हुन्छ कि हुँदैन ।

एउटा सानो फूलको थुङ्गा हातमा लिऊँला
तिमीले माने त्यो फूलकोक थुङ्गा तिमीलाई दिऊँला
केही बिन्ति सुनाउनु हुन्छ कि हुँदैन ।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.