कविता : नारी महिमा

~सोम खनाल~som-khanal

थामेर श्रृष्टी जगतै चलाइ
बांडेर शान्ति सबको भलाइ
सोच्ने कोही ब्यक्ति छ आज्ञाकारी
भने तिनै हुन् शील-योग्य नारी ।

कस्तै कहरमा पनि हार नमानी
कर्तब्यमा टिक्नु छ भन्ने ठानी
लुकाइ पीडाहरू पन्ध्र भारी
बाड्छिन खुसीका पल भद्र नारी ।

जस्को कुनै संकिर्ण स्वार्थ छैन
जस्का अघि दम्भको अर्थ छैन
सदा- सहिष्णु पर-उपकारी
समाजकी चेतन-चक्षु नारी ।

जस्को असरले जग पूण्य हुन्छ
जस्ले नबोल्दा भव शुण्य हुन्छ
देवी तीनै हुन् घरकी बुहारी
नैतिकतामा अनुबन्ध नारी ।

सधै उनी सीर्जनशील हुन्छिन्
कृतज्ञ भै दैवीय दील छुन्छिन्
स्तुत्य माता सतकि पुजारी
अच्युत ज्ञानी जनपूज्य नारी ।

दिएर माया कहिल्यै नथाक्ने
अाठै प्रहर चिन्तन जारी राख्ने
वात्सल्यले सज्जित धैर्यधारी
मातृत्वकी मन्दिर भब्य नारी ।

त्यागेर तृष्णा प्रेमले पुकारी
बिर्षेर इर्श्या दील शुद्द पारी
देख्न सकेमा हृदयै उघारी
संसारकै सुन्दर श्रृष्टी नारी ।

अन्तराष्ट्रिय नारी दिवस, नोभेम्बर २८-२०१६, ब्याबकक हल, म्याडिसन वीस्कनसीन ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.